झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १२ साउन ।  कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन् । जसमा तीन जनाको मृत्यु भएको उहाँले बताउनुभयो । पहाडी जिल्लामा डेङ्गु सङ्क्रमित अत्यन्त न्यून रहे पनि तराईका चार जिल्लामा बढी रहेको निर्देशनालयको तथ्याङ्कले देखाएको छ । हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुटा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई जनामा डेङ्गुको सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । उहाँले विगत ५० वर्षको अवधिमा…

Read More

झापा, १२ साउन । आइतबार साँझ झापा मेचिनगर–१२ सरेडाँगीस्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा मृत्यु भएका पुरुषको पहिचन खुलेको छ । मृतक झापाको शिवसताक्षी नगरपालिका–५ का ५९ वर्षीय महेश भन्ने महेश्वर दाहालको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलामबाट चारआलीतर्फ जाँदै गरेको मे. १ च ६१३१ नम्बरको स्कोर्पियोले पैदल यात्री दाहाललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीले स्कोर्पियो चालक हल्दिबारी गाउँपालिका–१ का ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई सवारीसहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

Read More

सरोज भट्टराईझापा, १२ साउन । पूर्वपश्चिम राजमार्गको झिलझिले बजारबाट साढे ४ किलोमिटर उत्तर चुरे पहाडको फेदीमा, एक अत्भुत धार्मिक स्थल रही आएको छ— सताक्षीधाम । कुनै दिन गुम्नाम जस्तै बनेको सताक्षीधाम स्थानीय सरकार आएपछि एकाएक नयाँ स्वरुपमा परिवर्तन आएको छ । जसमा केन्द्रिय सरकार, प्रदेश सरकार र शिवसताक्षी नगरपालिकाको महत्वपूर्ण भुमिका रहेको छ । वनजङ्गलको शान्त वातावरणमा लुकेको यो धाम अहिले लाखौं भक्तजन र पर्यटकको आस्था केन्द्र बनेको छ । पुराण अनुसार सतीदेवीले दक्ष प्रजापतिको यज्ञमा भगवान शिवको अपमान देखेपछि आफूलाई यज्ञकुण्डमा होम गरिन् । शिवजीले शोकमा सतीको शरीर काँधमा बोकी ब्रह्माण्डभर परिक्रमा गर्दा, भगवान विष्णुले सुदर्शन चक्रद्वारा सतीका अंग…

Read More

काठमाडौं, १२ साउन । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकै परिवारका १६ जना गाउँबाटै हराएपछि प्रहरीले खोजतलास सुरु गरेको छ । गोलन्जोर गाउँपालिका–६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार सोमबार बिहानदेखि हराएको भन्ने सूचना स्थानीयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा गरेका थिए । सोही सूचनाको आधारमा प्रहरी टोली हायुको घरमा पुगेर अनुसन्धान अघि बढाएको एसपी लालध्वज सुवेदीले जानकारी दिए । उनले भने, ‘घटनाबारे सूचना पाउने बित्तिकै प्रहरीको टोली हायुको घरमा पुगिसकेको छ । हायुको घरमा सामान्य क्षति देखिएको छ । हायु परिवारले पालेको कुखुरा, बाख्रा, भैंसी अलपत्र अवस्थामा रहेको पाइएको छ । तर…

Read More

काठमाडौँ, १२ साउन । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ मा अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् । उनलाई निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्धित गरेकी हुन् । सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित रहेको नीताले बताइन् । दिग्गज कलाकार आफ्नो फिल्ममा रहनु आफ्ना लागि सौभाग्य भएको उनको भनाई छ । फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका छन् । फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन । नीताले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको निर्माण व्यवस्थापनको जिम्मा…

Read More

झापा, १२ साउन । मेचीनगर–१५ ज्यामिरगढीस्थित निन्दा नदीमा रु चार करोड ३८ लाखको लागतमा झोलुङ्गे पुल निर्माण भएको छ । सहरी विकास मन्त्रालयले निर्माण गरेको उक्त पुल ३५० मिटर लामो र पाँच फिट चौडाइको छ । पुलले विचार्नी बजारलाई हेल्दुबारीसँग जोडेको छ । उक्त स्थानमा पुल नहुँदा वर्षौदेखि ज्यामिरगढीका बासिन्दा विचानी–हेल्दुबारी ओहोरदोहोर गर्न बर्खा याममा पाँच किलोमिटरभन्दा टाढा घुम्नुपर्ने बाध्यता थियो । पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालि काठमाडौँबीच विसं २०७९ असार २२ गते ठेक्का सम्झौता भएको थियो । रासस

Read More

झापा, १२ साउन । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोले देशभरका आठ प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि लगातार परेको वर्षाका कारण निम्न राजमार्गहरूमा आवागमन ठप्प भएको छ: – कोसी राजमार्ग — सङ्खुवासभाको भोटखोला गाउँपालिका – नेपाल–चीन नाका जोड्ने पुल — रसुवाको गोसाइँकुण्ड गाउँपालिका – पासाङ ल्हामु राजमार्ग — रसुवा – अरनिको राजमार्ग — सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका – मध्य पहाडी राजमार्ग — नुवाकोटको शिवपुरी गाउँपालिका – जाजरकोट–डोल्पा भेरी करिडोर सडक — रुकुम पश्चिमको आठबिसकोट नगरपालिका – कर्णाली करिडोर — हुम्लाको सिमकोट गाउँपालिका – मध्य पहाडी राजमार्ग — जाजरकोटको छेडगाड नगरपालिका…

Read More

झापा, १२ साउन । मेचीनगर नगरपालिकाका दुई महिलामा ‘जापानिज इन्सेफलाइटिस’ सङ्क्रमण पुष्टि भएको छ । मेचीनगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाका अनुसार वडा नं ३ की ३६ वर्षीया र वडा नं ५ की ५५ वर्षीया महिलामा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुबै जनाको बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा उपचार गरिएको छ । उपचारपछि भर्खरै घर फर्किएका दुबै जनाको स्वासथ्य अवस्था सामान्य रहेको शाखा प्रमुख सापकोटाले बताउनुभयो । जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने एक प्रकारको भाइरसजन्य रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुनसक्ने स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटी…

Read More

मोरङ, १२ साउन । मोरङको विराटनगर महानगरपालिका-६ स्थित धुधुवा खोलामा खेल्ने क्रममा डुबेर ४ बर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा दीपक पासवानको ४ बर्षीया छोरी आरुषी पासवान रहेकी छिन् । साउन ११ गते अपरान्ह ४ बजे घर नजिकै रहेको धुधुवा खोलामा खेल्ने क्रममा पानीमा डुबिरहेको अबस्थामा आफन्तले फेला पारी उपचारको लागि गोल्डेन अस्पताल लगिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको हो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान तथा कानूनी कारवाही भइरहेको छ ।

Read More

सुनसरी, १२ साउन । सुनसरी जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ११ गते बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरान-१५ का ३७ बर्षीय योजन राईले सञ्चालन गरेको ट्याटु हाउसबाट प्रतिवन्धित औषधी २ हजार ७३ चक्की र ब्राउन सुगर ६८० मिलिग्राम सहित २७ बर्षीय दिपेन मगर, २१ बर्षीय जगत मगर, ३३ बर्षीय कृष्ण राई, ३२ बर्षीय सुरज कार्की, २४ बर्षीय सोमत राई र १९ बर्षीय असिम राईलाई पक्राउ गरेको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका-४ स्थितबाट धनकुटा साँगुरीगढीका गाउँपालिका-२…

Read More