झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ चैत । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैँचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौँमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए । उनका अनुसार ती स्थानमा एक लाख चार…

Read More

झापा, २३ चैत । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ९१ हजार ४सय रुपैयाँमा कारोबार भैरहेको छ । हिजो सुनको भाउ शुक्रबारको जस्तै तोलाको २ लाख ९४ हजार रुपैयाँ थियो । हिजोको तुलनामा आज सुनको भाउ तोलाको २ हजार ६ सय रुपैयाँले घटेको हो । सुनको भाउ लगातार तीन कारोबार दिन स्थिर रहेकोमा आज घटेको हो । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ८ सय ३० रुपैयाँ रहेकोमा आज ४ हजार ७ सय ८० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Read More

बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)लाई म्याद थपको लागि आइतबार सरकारी वकिल कार्यालय काठमाडौँ लगिएको छ । उनलाई अमेरिकामा बस्दै आएकी युवतीले सामाजिक सञ्जाल फेसबुकमार्फत बलात्कारको आरोप लगाएकी थिइन् । सोही आरोपको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Read More

प्रदीपकुमार चौधरी ‘पिके डन’ को डेब्यू निर्देशकीय फिल्म ‘तरंग’को पहिलो झलक सार्वजनिक गरिएको छ । निर्माण कम्पनी देवदत क्रियसनले आइतबार पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ । फिल्ममा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको फिल्ममा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको…

Read More

काठमाडौं, २२ चैत । आइतबार सेयर बजार भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा १०५.५० अंक (३.७९ प्रतिशत) घटेको हो । सो कमीसँगै नेप्से परिसूचक २६७६ अंकमा कायम भएको छ । गत बिहीबार नेप्से ५.८२ अंक नेप्से बढेको थियो । समग्रमा नयाँ सरकार गठन भएपछि सेयर बजार २८४ अंक घटेको छ । सरकार गठन हुनुअघि २९६० अंकमा पुगेको थियो । नयाँ सरकार गठन भएपछि व्यवसायीमाथि धरपकड सुरु भएसँगै बजार बढी त्रसित देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष नरेन्द्र सिँजापति बताउँछन् । ‘बजारको ठूलो सेयर ठूला व्यवसायीले नै होल्ड गर्छन्, जब धरपकड हुन थाल्यो, त्यसले…

Read More

काठमाडौँ, २२ चैत । सरकारले यही चैत्र २३ गतेदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरूमा शनिवार र आइतबार गरी दुई दिन बिदा दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न असहजताका कारण यही चैत्र २३ गतेदेखि लागु हुने गरी सरकारी कार्यालय तथा शैक्षिक सस्थाहरु शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिनुहुँदै सरकारका प्रवक्ता पोखरेलले सरकारी कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने पनि…

Read More

काठमाडौँ, २२ चैत । ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो । नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही…

Read More

शनिश्चरे, २१ चैत । अर्जुनधारा प्रेस क्लबको अध्यक्षमा पुनः रमेश समदर्शी राई चयन भएका छन् । आज भएको दोस्रो अधिवेशनले समदर्शीसहितको कार्यसमितिलाई तीन वर्षका लागि सर्वसम्मत चयन गरेको हो । क्लबको उपाध्यक्षमा प्रेम आचार्य पुनः चयन भए भने सचिवमा केशव भण्डारी, सहसचिवमा होम अधिकारी र कोषाध्यक्षमा लिला राई चयन भएका छन् । यसैगरी, विष्णु श्रेष्ठ, नन्दलाल खतिवडा, रन्जिता खड्का, चर्तुभुज काफ्ले, योगेश दाहाल र विमला प्रधान सदस्यमा चयन भएका छन् । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सल्लाहकारद्वय दिपिन राई, कुमार भट्टराई, जग्गादाता कृष्ण बरालले शुभकामना व्यक्त गरेका थिए ।…

Read More

झापा, २१ चैत । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि कोशी प्रदेशका तीन जिल्लामा झण्डै ८५ हजार कुखुरा नष्ट गरिएको छ । पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा. गङ्गाराम यादवका अनुसार बर्ड फ्लू (एच ५एन १) को सङ्क्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ । वरिष्ठ पशु विकास अधिकृत डा. यादवका अनुसार मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लूको सङ्क्रमण देखिएको हो । सत्तरी हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार…

Read More

इनरुवा, २१ चैत । सुनसरीमा लागुऔषध नियन्त्रणका लागि तीन महिने अभियान सुरु गरिएको छ। बढ्दो लागुऔषध कारोबार तथा सेवनलाई ध्यानमा राख्दै जिल्लाका सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय बैठक गरी अभियान थालिएको हो। सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको सुरक्षा निकाय तथा सरोकारवाला निकायको समन्वय बैठकले लागुऔषध नियन्त्रणसम्बन्धी तीनमहिने अभियान सफल बनाउन जिल्लास्थित विद्यालय, शैक्षिक संस्था, कलेज तथा पुनस्र्थापना केन्द्रहरूले सक्रिय सहभागिता जनाउने निर्णय गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार बैठकले लागुऔषध ओसारपसार तथा सेवन नियन्त्रण गर्न गठित दुव्र्यसनविरुद्धको अभियान फ्यान क्लबसँग समन्वय गरी आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ। साथै, लागुऔषध प्रयोग तथा…

Read More