झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, २३ कात्तिक । विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटनाबाट डाक्टरहरु नै छक्क परेका छन्। स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ। ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो। मड्रिडकी जनस्वास्थ्य अधिकारी जिमिनेजले सो कुराको पुष्टि गरेकी हुन्। उनीहरुको शुक्राणु परीक्षण गर्दा डेंगु सेप्टेम्बरमा पुष्टि भएको थियो। जिमिनेज भन्छिन् ‘साउथ कोरियामा पनि एक महिला र एक पुरुषबिच यौनसम्पर्कबाट डेंगु संक्रमण भएको हुन सक्ने भन्ने कुरा एक लेखमा लेखिएको थियो।’ डेंगु के हो ? डेंगु एक प्रकारको…

Read More

भद्रपुर, २३ कात्तिक । पूर्वको पशुपतिनाथको रुपमा सुप्रसिद्ध झापाको अर्जुनधारा जलेश्वरधाममा बालाचतुर्दशीको अवसर पारेर ३७ औँ वार्षिक अनुष्ठान हुने भएको छ । अनुष्ठानको उद्घाटन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्नुहुने भएको छ । मङ्सिर २ देखि ९ गतेसम्म हुने धार्मिक अनुष्ठानमा यसपटक बामन पुराण, रुद्राभिषेक महायज्ञ, सद्विजारोपण, कृत्रिम अङ्ग प्रत्यारोपण, आँखा शिविरलगायतका कार्यक्रम गरिने भएको छ । हरेक वर्ष धाममा वार्षिक अनुष्ठान हुने गर्दछ । पहिलोपटक किराँत धर्मका गुरु लिङ्देनलाई अनुष्ठानको प्रमुख अतिथि बनाउने निर्णय गरिएको अर्जुनधारा जलेश्वरधाम समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिनुभयो । किराँत धर्म तथा साहित्य उत्थान सङ्घका अध्यक्ष डकेन्द्र सुब्बाले विश्वशान्ति र मानव जातिबीचको एकताका लागि अर्जुनधारा…

Read More

गौरादह, २३ कात्तिक । झापाको गौरादह नगरपालिकाले नगरसभाले पास गरेको चालु आर्थिक बर्षको बजेटसहितको नीति तथा कार्यक्रम शुक्रवार सार्वजनिक गरेको छ । नगरपालिकाले गौरादह १ स्थित वडा कार्यालयमा एक कार्यक्रम गर्दै बजेट पुस्तक समेत सार्वजनिक गरिएको हो । नगरपालिकाको नीति तथा कार्यक्रममा नगरको चक्रपथ निर्माण कार्यलाई निरन्तरता दिने, नगरभित्र व्यवस्थित वसपार्क, रंगशाला लगायतका संरचनाहरु बनाउने, गौरादहलाई व्यापारिक तथा पर्यटकीय नगरिका रुपमा बिकास गरिने लगायतको बिषयहरु समेटिएको नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए । नगर सभाले चालु आर्थिक बर्षको लागी चालु तर्पm रु ४४ करोड ५७ लाख ३१ हजार ६ सय ९ र पूंजिगत तर्पm रु ४ करोड २२ लाख…

Read More

भद्रपुर, २३ कात्तिक । नेपाल विद्यार्थी संघ झापा जिल्ला समिति र नेविसंघ मेची क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा शुक्रवार जिल्लास्थित सदरमुकाम चन्द्रगढीमा विरोध प्रद्रर्शन गरेको छ । भारतले हालै जारी गरेको आफनो राजनीतिक नक्सामा नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरालाई पनि समाबेश गरेको बिरोध जनाउदै प्रर्दशन गरिएको हो । सरकारले कुटनीतिक पहल गरि आफनो भूमि रक्षा गर्न दबाबमूलक विरोध प्रर्दशन गरिएको संघका पूर्व जिल्ला सभापति नारायण गिरीले बताए । मेची क्याम्पसबाट शुरु भएको ¥याली क्याम्पस मोड, एसपी मोड, जिल्ला प्रशासन कार्यालय ,लेखनाथ चोक हुदै चन्द्रगढीको ट्रेड युनियन चोकमा पुगेर कोणसभा गर्दै समापन गरिएको थियो । संघका जिल्ला सचिव तथा दमक क्याम्पस स्ववियु…

Read More

दमक, २३ कात्तिक । समाजवादी पार्टी नेपाल प्रदेश नं. १ ले छिमेकी मुलुक भारतले भर्खरै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सालाई लिएर नेपालको कालापानी क्षेत्रलाई समेत समावेश गरिएका घटना गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले दुई देशबीच सुल्झाउन बाँकी रहेका सीमा सम्बन्धी विषयमा एक पक्षीय ढङ्गले भारतीय पक्षले गरेको मनोमानी र प्रस्तुत गरेको मिचाहा प्रवृत्ति खेदजनक भएको भन्दै आपत्ति जनाउने निर्णय भएको प्रदेश अध्यक्ष प्रविण चाम्लिङले जानकारी दिए । यसैगरि कोशी उच्च बाँध नेपाल र नेपाली जनताको हितमा नभएकाले सो सम्बन्धी सम्झौता तत्काल खारेजी हुनुपर्ने , झापाको कमल गाँउपालिकास्थित आदिवासी रङ्गशालालाई मदन भण्डारी रंगशाला बनाउने सरकारको दुस्प्रयासप्रति समेत खेद प्रकट…

Read More

झापा, २३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका कर्मचारी प्राविधिक तालिमको नामा विदेश घुमघाममा मस्त रहेको पाइएको छ । मास स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिमको नाममा सम्बन्धित फाँटभन्दा फरक र मन्त्रालयका उच्च तहका कर्मचारी नै विदेश भ्रमणको चाजो मिलाएर घुमघामा व्यस्त रहेको पाइएको हो । लाइसेन्स प्रिन्ट गर्ने मेसिन चलाउने तालिममा प्राविधिक जानुपर्नेमा मन्त्रीका पिए, मन्त्रालयका असम्बन्धित फाँटका उच्च तहका कर्मचारी आफै गएका हुन् । स्रोतका अनुसार मन्त्रालयका प्रवक्तासमेत रहेका प्रशासन महाशाखाका सहसचिव राजेश्वर ज्ञवाली र यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाललगायतका उच्च अधिकारी विदेश भ्रमणमा रहेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

धनगढी, २३ कात्तिक । मानव बेचबिखनमा संलग्नताको आरोपमा एक महिला पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले शुक्रबार साँझ पक्राउ गरेको हो । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका २ बस्ने सपना प्रजापती छिन् । रोजगारीको लोभ लालच देखाई चार जना युवतीलाई भारतको नयाँदिल्ली लैजाँदै गरेको अवस्थामा भारतीय एसएसबीको सहयोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ९डिएसपी० दक्षकुमार बस्नेतले बताए । ‘चारजना युवतीलाई घरमासमेत सम्पर्क गर्न नदिई काठमाडौंको कंलकीबाट धनगढी हुँदै सिमावर्ती भारतीय शहर पलिया पुराएको सूचना पाएपछि भारतीय एसएसबीको सहयोगमा चारै जनाको उद्धार गरी प्रजापतीलाई पक्राउ गरिएको हो,’ डीएसपी बस्नेतले भने । उद्धार गरिएका…

Read More

झापा, २३ कात्तिक । दसैँदेखि बन्द भएको विद्यालय छठपछि सञ्चालन हुने भएपछि छोराछोरी र श्रीमतीसहित काठमाडौँ फर्कँदै गरेका दोलखा शैलुङ गाउँपालिका–३ जितबहादुर खड्काको साथमा अहिले छोरी मात्रै छन् । टाउकोमा गम्भीर चोट लागेका खड्का भन्छन्, ‘काखमा छोरो खेलिरहेको थियो ,श्रीमती अँगालोमा लोलाइरहेकी थिइन् ।’ एक्कासी गड्ङग आवाज आयो । सुकुटेभन्दा केही किलोमिटर अघि सपरिवार रमाइलोसँग खाना आएर अघि बढेको ५ मिनेटमा नै खड्काले श्रीमती र छोरालाई सधैँका लागि गुमाउनुपर्यो । आजको राजधानी दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २३ कात्तिक । बम विस्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री आफताव आलमलाई थुनामुक्त गरिए घटनासँग सम्बन्धित सबुद प्रमाण नष्ट हुने प्रबल सम्भावना व्यक्त गर्दै थुनामै राखी मुद्दाको पुर्पक्ष गर्न माग गरिएको छ । रौतहट जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा शुक्रबार दोस्रो दिन नेपाल सरकार र पीडित जाहेरवालाका तर्फबाट बहसमा उपस्थित सरकारी वकिल तथा कानुन व्यवसायीहरूले यस्तो माग गरेका हुन् । उनीहरूले घटनासँग सम्बन्धित सबुद प्रमाण र साक्षीहरूको रक्षाका लागि आलमलाई थुनामुक्त नगर्न इजलाससमक्ष आग्रह गरे । पूर्वमहान्यायाधिवक्ता डा। युवराज सङ्ग्रौलाले तत्काल प्राप्त प्रमाणहरू प्रतिवादी आलमविरुद्ध रहेकाले मुद्दा पुर्पक्षका सिलसिलामा थुनामै राख्न अनुरोध…

Read More

झापा, २३ कात्तिक । देशभरका २६ विभिन्न अस्पताल र उद्योग प्रतिष्ठान वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका छन् । वातावरण विभागले ती अस्पताल र उद्योग प्रतिष्ठानलाई कारबाही गरेको हो । रोग नियन्त्रण गर्ने निकाय नै वातावरण प्रदूषण गर्न सक्रिय रहेको वातावरण विभागको तथ्याङ्कले देखाउँछ । २६ मध्ये १२ वटा अस्पताल वातावरण प्रदूषण गरेबापत कारबाहीमा परेका हुन् । सरकारले तोकेको मापदण्डविपरीत धुलो, धुवाँ र अन्य प्रदूषण उत्पादन गरेबापत ती उद्योग प्रतिष्ठान कारबाहीमा परेको वातावरण निरीक्षक गोविन्द लामिछानेले जानकारी दिए । कारबाहीमा परेकामध्ये पनि काठमाडौँमै रहेका अस्पताल धेरै छन् । त्यस्तै दुईवटा क्रसर उद्योग कारबाहीमा परेका छन् । अस्पतालहरूले मानव स्वास्थ्यलाई हानि पु¥याउने…

Read More