
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २० कात्तिक । बिर्तामोडको डोमालाल रंगशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा आज त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच प्रतिस्पर्धा हुने भएको छ । जायोन स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा १० वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ । विधातग रुपमा समेत खेलाडी पुरस्कृत हुने छन् भने खेल अवधिभरका उत्कृष्ट एक जना खेलाडीले मोटरसाइकल पुरस्कार पाउने छ ।
बेइजिङ, २० कात्तिक । आफूले उडाइरहेको विमानको ककपिटमा एक महिला यात्रु बसिरहेको एउटा तस्वीर भाइरल हुन पुगेपछि एकजना चिनियाँ पाइलटमाथि विमान उडाउन प्रतिबन्ध लगाइएको छ । चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले गत जनवरीमा गुइलिन शहरबाट एयर गुइलिन उडानमा याँगझोउ शहरतर्फ उड्ने क्रममा सो तस्वीर लिइएको खुलासा गरेको छ तर यसै सातामात्र उक्त तस्वीर सामाजिक सन्जालमार्फत भाइरल हुन थालेपछि एयरलाइन्स पाइलटलाई कारबाही गर्न बाध्य भएको बताइएको छ । तस्वीरमा ककपिटमा पोज दिएर बसेकी ती परिचय नखुलाइएकी महिलाको छेउमा खानपिनका सामानहरु राखिएको देखिन्छ । एयर गुइलिनले एक औपचारिक विज्ञप्तिमार्फत पाइलटले उडानका दौरान सुरक्षा नीति, नियम उल्लंघन गरेको तथ्य स्विकारेको छ । आफ्नो…
ओखलढुङगा, १९ कात्तिक । ओखलढुङगाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ बर्षीय लालमान तामाङको भरुवा बन्दुकले लागेर मृत्यु भएको छ । सोमवार दिउँसो २ बजेको समयमा स्थानीय थुम्की जंगलमा बादर लखेट्ने क्रममा चित्र बहादुर सुनुवारले बोकेको भरुवा बन्दुक पड्कदा तामाङ घाईते भएका थिए । घाईतेलाई उपचारको लागी काठमाण्डौ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटि गई घटनामा संग्लन्न रहेका सुनुवारलाई पक्राउ गरेको छ । उक्त घटनामा संग्लग्न अन्य ४ जना फरार रहेकोले खोजी कार्य भईरहेको छ भने घटनास्थलबाट १ थान लोड भएको अवस्थामा र १ थान पड्किएको अवस्थामा रहेको भरुवा…
झापा, १९ कात्तिक । गृहमन्त्री रामबहादुर थापाले हिं सात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नंं. ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उहाँले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो, “देशमा शान्ति सुव्यवस्था र आर्थिक प्रगतिको अवस्था सकारात्मक रुपमा अघि बढेको छ ।” पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीको संरचनालाई सङ्घीय…
झापा, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश प्रमुख परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएको बताउनुभएको छ ।प्रेस सङ्गठन बाँके शाखाले आज नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिनुपर्छ भन्नुभयो । “प्रदेश प्रमुख केन्द्रीय सरकारको प्रतिनिधि भएकाले सरकार परिवर्तन हुनासाथ फेर्ने प्रचलन सामान्य हो, सरकारले दुई वर्षपछि मात्र यो परिवर्तन गरेको छ”, उहाँले बताउनुुभयो,“यसलाई ठूलो ठान्नुपर्ने र के के न भयो भन्नुपर्ने केही छैन ।”नेपाली काङ्ग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई दुई वर्षसम्म परिवर्तन नगर्नु नै सरकारले उहाँहरुमाथिको सम्मान भएको जानकारी दिँदै अध्यक्ष दाहालले भन्नुभयो, “अन्य…
भद्रपुर, १९ कात्तिक । जिल्ला प्रशासन कार्यालय झापाको आयोजनामा कचनकवल गाउँपालिकामा कात्तिक २२ गते एकीकृत घुम्ती शिविर सञ्चालन गरिने भएको छ । शिविरमा नागरिकता वितरण, फोटोसहितको मतदाता नामावली संकलन, आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर वितरण, डिभिजन वन कार्यालयले फलफलूललगायतका विरुवा वितरण, जिल्ला प्रहरी कार्यालय झापाले लागूऔषध दुव्यर्सन सम्बन्धी सचेनामूलक कार्यक्रमलगायतका दर्जनौं सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय झापामा आइतबार बसेको कार्यालय प्रमुखहरुको बैठकले २० वटा सरकारी कार्यालयले कचनकवल –२ सुकुडाँगीस्थित लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयको प्राङ्गणबाट आगामी कात्तिक २२ गते सेवा प्रदान गरिने निर्णय गरेको छ । प्रजिअ रानाले सो गाउँपालिकाका बासिन्दाले प्रयोग…
कृष्णराज गौतमसाहित्यकार झमक घिमिरेको कृति ‘जीवन काँडा कि फूल’ मा आधारित चलचित्र यही कात्तिक २२ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ । उक्त कृतिमा आधारित रही चलचित्र निर्देशक विनोद विष्टले घिमिरेको जन्मदेखि मदन पुरस्कार प्राप्त गरेको समयसम्मलाई समेटिएको छ । विष्ट व्रदर फिल्म प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्रमा मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको छ भने झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । गीतमा जुनु गौतमको स्वर छ । उहाँ यो चलचित्रको सह निर्माता समेत हुनुहुन्छ । गत चैत २२ गते प्रदर्शनमा ल्याउने तयारी गरिएको चलचित्रलाई त्यस समय अष्ट्रेलियाको भियानामा प्रिमियर सो गर्नुपरेकाले प्रदर्शनमा ल्याउन सकिएको थिएन । साहित्यकार घिमिरेले अपाङ्गता भएकै…
बिर्तामोड, १९ कात्तिक । पूर्वी नेपालमा नेवारी कला संस्कृतिको संरक्षण र सम्र्वद्धन गर्ने उद्देश्यले झापामा पहिलो पटक नेवाः सांस्कृतिक कार्यक्रम गरिने भएको छ । नेवाः देय् दवू झापाको आयोजनामा आगामी शनिबार नेवाः सांस्कृतिक कार्यक्रमको हुन लागेको नेवाः देय् दवू झापाका अध्यक्ष दिनेश शाक्यले जानकारी दिए । विभिन्न कारणले नेवारी कला संस्कृति लोप हुँदै गएको र त्यसको संरक्षण र सम्र्वद्धन गर्न नेपालमै दोस्रोपटक तथा प्रदेश १ मा पहिलोपटक नेवाः सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको उनले बताए । कार्यक्रममा नेपाल सरकार युवा पुरस्कार २०७६ बाट पुरस्कृत तथा गोल्डमेडलिस्ट नृत्य गुरु स्वजन रघुबंशीद्वारा नेवार संस्कृतिको पौराणिक तथा ऐतिहासिक पृष्ठभूमि बोकेको कुमारी नृत्य, पञ्चमहाकाल नृत्य,…
बिर्तामोड, १९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार जनताको जीवन फेर्ने र विकास गर्ने अभियानमा जुटेको बताएका छन् । नेकपा झापाको प्रचार विभागले सोमबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता श्रेष्ठले त्यस्तो बताएका हुन् । ‘जनतासँग पार्टीले गरेको भाका र जनाकांक्षा पूरा गर्ने अभियानमा सरकार जुटेको छ’, उनले भने, ‘राजनीतिक क्रान्तिलाई समृद्धिसँग जोड्ने काम भइरहेको छ ।’ सरकार सञ्चालनको दुई वर्षमा धेरै काम भएको बताउँदै उनले केही कमीकमजोरी भए त्यसलाई सुधार्दै लगिने उल्लेख गरे । ‘नेकपा नेतृत्वको सरकार आएको धेरै भएको छैन’, उनले भने, ‘दुई वर्षको अवधिमा धेरै काम भएका छन्, अझ धेरै गर्न बाँकी…
उदयपुर, १९ कात्तिक । खोटाङको सावामझुवा गाउँपालिका(६ का ४० बर्षीय सुवास बिक त्रियुगा नदीले बगाउँदा डुबेर बेपत्ता भएका छन् । सोमवार बेलुका पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका(९ अजगढामा रहेको आफ्नो ससुराली घर जादै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर बिक बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ । उक्त स्थानमा प्रहरी टोली खटि गई स्थानीयवासीहरुको समेत सहयोगमा खोजतलास भईरहेको उक्त कार्यालयले जनाएको छ ।