
बिर्तामोड, २० कात्तिक । बिर्तामोडको डोमालाल रंगशालामा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपमा आज त्रिभुवन आर्मी क्लब र भारत असामको मोलवे एफसीबीच प्रतिस्पर्धा हुने भएको छ ।
जायोन स्पोर्टस क्लबद्वारा आयोजित प्रतियोगितामा १० वटा टिम सहभागी छन् । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ । विधातग रुपमा समेत खेलाडी पुरस्कृत हुने छन् भने खेल अवधिभरका उत्कृष्ट एक जना खेलाडीले मोटरसाइकल पुरस्कार पाउने छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

