
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १५ कात्तिक । झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी राजमार्गलाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको छ । हुलाकी राजमार्गले विरिङ खोलालाई पनि छुन्छ । बाँसकै पुल निजकै आयोजना अन्तर्गतको पुल निर्माण शुरु भएको ८ वर्ष बिते पनि अहिलेसम्म पुल नबन्दा स्थानीयले बाँसको पुल तरे वापत पैसा तिर्दै आएको राजवंशी बताउँछन् । झापाको बाह्रदर्शी गाउँपालिकाको राजगढलाई छोएर बग्ने बिरिङ खोला तर्दा दैनिक हजारौँ नागरिकले पैसा तिर्ने गरेका छन् । आजको कारोबार…
बनियानी, १५ कात्तिक । चोरी गरिएको ठूलो परिमाणको सुनचाँदीका गरगहनासहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिलिगुडीका ४३ वर्षीय रघुवरप्रसाद साह रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झापाको कमल गाउँपालिका–६ स्थाई घर भई हाल बिर्तामोड नगरपालिका–५ मा डेरा गरी बस्दै आएकी ३५ वर्षीया ललिता सापकोटा, गीता पौडेल र ३५ वर्षीया मधु गुप्ताको घरमा बुधबार दिउँसो कोही नभएको अवस्थामा चोरी भएको थियो । घटनालगत्तै खटिएको ईलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले घटनास्थल आसपासमा रहेको सीसी क्यामराको फुटेज हेर्दा चोरी गरेर निस्किँदै गरेको अवस्थामा देखिएपछि खोजतलासका…
बिर्तामोड, १५ असोज । दीपावलीको अवधिमा प्रदेश नं. १ को विभिन्न जिल्लामा भएको घटना–दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । आत्महत्याबाट ११ जना, विषादी सेवनबाट ३ जना, लडेर ४, झै–झगडा र मापसे सेवनबाट १÷१, आगलागीमा परी २ जना र सडक दुर्घटनामा परी ६ जनाले ज्यान गुमाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत तथा प्रहरी प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । त्यस्तै, सुनसरीको धरान क्षेत्रबाट घरेलु हात हतियारहरु देखाई धाक धम्की दिई लुटपाट गर्न खोज्ने÷ ज्यान मार्ने धम्की दिने पाँच जनालाई हतियार सहित पक्राउ गरिएको उहाँले बताउनुभयो । यस्तै, ठूलो रकमको बाजी राखी जुवा तास…
सुनसरी, १४ कात्तिक । पूर्वको सुनसरीदेखि उदयपुर र सिन्धुली हेटाँैडा हुँदै राजधानी काठमाडौँ जोड्ने मदनभण्डारी लोकमार्गअन्तर्गत सुनसरीको चतरादेखि सिन्धुलीको भिमानसम्मको पूर्वी खण्डमा ८० प्रतिशत सडक निर्माण भएको छ । चतरादेखि उदयपुर जिल्लाको रामपुर ठोक्सिला, गाईघाट, कटारी हुँदै सिन्धुलीको भिमानसम्मको १४३ किलोमिटर सडक खण्डमा हालसम्ममा ८० प्रतिशतकार्य सम्पन्न भएको पूर्वी सडक डिभिजन प्रमुख इञ्जिनीयर ललितजंग खनालले बताउनुभयो । एकसय त्रिचालिस किलोमिटर सडकमध्ये ५० किलोमिटर सडक पूर्णरुपमा कालोपत्र भइसकेको र ८० किलोमिटर सडकमा कालोपत्र गर्ने कार्य अन्तिमचरणमा पुगेको र बाँकीको पनि कालोपत्र हुन लागेको उहाँको भनाइ थियो । उक्त सडक खण्डको ४३ पक्की पुलमध्ये ३३ पक्की पुल निर्माण भइसकेको र बाँकी १०…
सुनसरी, १४ कात्तिक । सुनसरी धरान–१५ स्थित खोरियाबस्ती बस्ने २३ बर्षीया जिना राईलाई उनकै श्रीमानले कुटपिट गर्दा उनको मृत्यु भएको छ। हिजो राती पउने ९ बजे घरमा झगडा भएपछी जिना घरबाट निस्केर बाहिर जादै गरेको अवस्थामा उनकै श्रीमान ३१ बर्षीय अर्जुन राईले उनलाई पछ्याउदै ढुंगाले टाँउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ। श्रीमतीको हत्या गरी फरार रहेका राईलाई राती सवा ११ बजे उक्त कार्यालयले नियन्त्रणमा लिएको छ।
काठमाडौँ, १४ कात्तिक । रेलमा आगालागीका कारण पाकिस्तानमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ३० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ। तर उक्त जिल्ला सरकारले भने मृतकको संख्या ६२ पुगेको जानकारी दिएको छ। घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो। उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे…
झापा, १४ कात्तिक । आस्थाको महापर्व छठअन्तर्गत आज पहिलो दिन नहाय–खाय विधि गरिँदैछ । चार दिनसम्म मनाइने छठपर्वअन्तर्गत पहिलो दिनमा नहाय–खाय विधि गरिन्छ । आजको दिनलाई अरबा–अरबाइन पनि भनिन्छ । व्रतीले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग गरी आजकै दिनदेखि व्रत बस्ने परम्परा रहेको छ । छठपर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यसका लागि कात्तिक शुक्लपक्ष लाग्नेबित्तिकै व्रतीले सात्विक भोजनका साथै अपवित्र मानिने दाल, तरकारी र सागपात आदि खाने गरिँदैन । यस पर्वमा नैवेद्यका लागि आवश्यक गहुँ र गम्हरी ९धानको एक प्रकार, कालो रङको गर्भमै पाक्ने पवित्र अन्न० को व्यवस्था केही दिन पहिलेदेखि नै गरिएको हुन्छ…
वाशिङ्टन्, १३ कात्तिक । नग्न तस्वीर सार्वजनिक भएर हंगामा मच्चिएपछि एक अमेरिकी सांसदले पदबाट राजीनामा दिएकी छन् । अमेरिकाको क्यालिफोर्नियाबाट अमेरिकी संसदमा निर्वाचित २३ वर्षीया बाइसे क्सुअल सांसद केटी हिलले आफ्नो नग्न तस्विर सार्वजनिक भएपछि पदबाट राजीनामा दिएकी हुन् । केटीले सामाजिक सञ्जाल ट्वीटरमा राजीनामा पत्र सार्वजनिकसमेत गरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार केटीमाथि एक सांसदसँग अन्तरंग सम्बन्ध राखेको तथा एक महिला स्टाफसँग पनि सेक्सुअल रिलेशन राखेको आरोप छ । उनीमाथि अमेरिकी संसदको इथिक्स कमिटिले छानविन गरिरहेको छ । समाचारअनुसार केटीले महिला स्टाफसँग सेक्सुअल रिलेशन बनाएको स्वीकार गरेकी छन् । २०१८ मा सांसद निर्वाचित केटी र उनका श्रीमानबीच सम्बन्धबिच्छेदको…
उमेरले ३४ लागिसकेकी काजल अग्रवाल तामिल र तेलुगु फिल्मकी अग्रपंक्तिकी अभिनेत्री हुन् । सन् २००४ मा बलिउड फिल्म ‘क्यूँ, हो गया ना’ बाट अभिनयमा ब्रेक पाए पनि काजल दक्षिण भारतीय फिल्ममा जमिन् । हालसम्मकै सर्वाधिक कमाइ गर्ने तामिल फिल्म ‘मगधीरा’ की नायिका काजल पछिल्लो पटक बलिउडमा ‘सिंघम’ र ‘स्पेसल २६’ मार्फत् देखिएकी थिइन् । सुन्दर अभिनेत्रीका रूपमा समेत चिनिने काजलले हालै आफू बिहेका लागि तयारीमा रहेको बताएकी छन् । एक कार्यक्रममा बोल्दै उनले बिहेको प्रस्ताव स्वीकार गरिसकेको र छिट्टै बिहे गर्ने योजनामा रहेको खुलासा गरेकी छन् । ‘हो, अब छिट्टै बिहे गर्नेछु,’ काजलको बिहे धारणा उनकै ‘बाहुबली’ को–स्टार प्रभासको बिहे…
झापा, १३ कात्तिक । पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँको तिहार सामग्री आयात भएको थियो । ती सामग्री भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतबाट आयात भएको विभागले जनाएको छ । सबैभन्दा बढी स्याउको आयात भएको छ । ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ…