
काठमाडौँ, १४ कात्तिक । रेलमा आगालागीका कारण पाकिस्तानमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ। लियाक्तपुर सहरनजिकै बिहीबार भएको उक्त घटनामा ३० भन्दा बढी घाइते भएको पाकिस्तानी समाचार अनलाइन डनले जनाएको छ।
तर उक्त जिल्ला सरकारले भने मृतकको संख्या ६२ पुगेको जानकारी दिएको छ। घटनामा महिला र बालबालिका पनि रहेका छन्। मृतक र घाइतेलाई सोही सहरस्थित डीएचक्यु अस्पतालमा लगिएको छ। सिलिन्डर पड्किएर उक्त घटना भएको बताइएको छ। यात्रुहरु बिहानको खाजाको तयारी गरिरहँदा उक्त विस्फोट भएको हो।
उक्त रेल कराचीबाट रावलपिण्डी गइरहेको रेडियो पाकले जनाएको छ। घटना भएलगत्तै धेरै यात्रुले हामफालेर ज्यान जोगाएका थिए। क्षति पुगेको रेल दुई घण्टाभित्रै सञ्चालनमा ल्याउने रेलवे मन्त्री शेख रशिदले बताएको डनले जनाएको छ।
हाल उद्धारको काम भइरहेको बताइएको छ। पाकिस्तानी सेनाले घटनाको उद्धारका लागि हेलिकोप्टर परिचालन गरेको छ। एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

