
झापा, १५ चैत । झापाको दमक नगरपालिका वडा नं. ८ सेतुमारीमा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ ।
शनिबार दमक–८ सेतुमारी रोडका २८ को निरोज साहको करेन्ट लागेर मृत्यु भएको हो । साह आफ्नै किराना पसलबाट पुर्व पट्टी रहेको आफ्नै तीन तले घरका लागि सोही स्थानका मनोज साहको दुई तले घरको छत माथिबाट सीसी क्यामेराको तार तान्ने क्रममा उक्त तार विद्युतको हाइटेन्सन तारमा लागि विद्युत सर्ट भइ करेन्ट लागेर गम्भीर घाइते भएका थिए ।
घाइते उनलाई उपचारको लागि लाइफ लाइन अस्पताल दमकमा पु¥याइएकोमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


