
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ११ कात्तिक । मोरङको पथरी(शनिश्चरे नगरपालिका–५ कोठेबारीमा आईतवार राती स्थानीय युवराज गिरीको घरमा आगलागी हुँदा आगोमा जलेर एक बालकको मृत्यु भएको छ । गिरीको घरमा साँझ दिपावली गर्न बालेको दियोबाट राती साढे १० बजे अचानक घरमा आगो सल्किदा घर भित्र सुतिरहेका गिरीको ४ बर्षीय छोरा युसन गिरीको आगोमा जलेर घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । आगलागीबाट गिरीको एक तले घर सहित ३र ३ तोला सुन र चाँदीको गहना, अन्दाजी नगद रु। ९५ हजार सहित घर भित्र रहेको सम्पूर्ण सर(सामान जलेर नष्ट हुँदा अन्दाजी १२ लाख मूल्य बराबरको क्षति भएको छ । घटनास्थलमा इलाका प्रहरी…
झापा, ११ कात्तिक । प्रदेश नं. १ अन्तरगतका तीन जिल्लामा दिपावली गर्ने क्रममा आगलागी भएको छ । मोरङ, ताप्लेजुङ र सोलुखुम्बूमा आगलागी भएको प्रदेश नं. १ प्रहरी कार्यालयले जनाएको छ । मोरङको केरावारी गाउँपालिका–८ आमजुङे बस्ने उमेश बस्नेतको घरमा राती ९ बजे घरमा बालेको मैनबत्तीबाट आगलागी हुँदा २ तले घर सहित साढे ४ तोला सुनका गहना, नगद रु। ४५ हजार र ग्वाली समेत जल्दा अन्दाजी २१ लाख मूल्य बराबरको क्षति भएको हो । उक्त आगलागी दमकल, इलाका प्रहरी कार्यालय बेलबारी, केरावारी र स्थानीयवासीको राती साढे ९ बजे नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय केरावारीले जनाएको छ । यस्तै, ताप्लेजुङको सिरिजंगा गाउँपालिका(२…
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाउनुभएको छ । असंलग्न आन्दोलन(नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औंँ शिखर सम्मेलनमा नेपाली प्रमण्डलको नेतृत्व गरी हिजो स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा अध्यक्ष दाहालसँग दूरी बढेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “उहाँ काठमाडौँमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकी दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केही पनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन…
हल्दिबारी, १० कात्तिक । ‘फेरि पनि घुम्न जाउ, हल्दिबारी गाउँ’ भन्ने मुल नाराका साथ हल्दिबारी गाउँपालिकाको आयोजनामा भेलागुढी शहीद स्मृति पार्कमा ‘प्रथम हल्दिबारी महोत्सव–२०७६’ शुरु भएको छ । पर्यटन वर्ष सन् २०२० लाई सफल पार्न र स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवको झापा क्षेत्र नं. ३ का सांसद राजेन्द्र लिङ्देनले शनिबार उद्घाटन गर्नु भएको छ । महोत्सव उद्घाटन गर्दै सांसद लिङ्देनले स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार एवम् प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । ‘पटर्यनको माध्यमबाट मुलुकलाई समृद्ध बनाउन सकिन्छ’, उहाँले भन्नुभयो, ‘सरकारले पनि सोही अनुरुप पर्यटन वर्ष सन् २०२० को आयोजना गरिरहेको छ । हल्दिवारी गाउँपालिकालाई…
झापा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पूर्वाधार विकासमा लक्ष्यभन्दा बढी नै काम भएको दाबी गरेका छन् । सञ्चार माध्यमहरमा सडकमा खासै प्रगति नभएको खबरहरु आएपनि एक वर्षमा हजार किलोमिटर त सडक मात्र बनेको उनले बताए । शनिबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री महासेठले पूर्वाधार विकास र त्यसमा पनि सडकको काम भइरहेको उनले बताए । सामाजिक सञ्जालमा काठमाडौं उपत्यकाको सडक भनेर कहिलेकाहीँ भारतको बिहार र बंगलादेशका भत्किएका सडकहरुको तस्वीर समेत सार्वजनिक गर्ने गरिएको उनको गुुनासो छ । यद्यपि आफूहरुले त्यसलाई पनि नकारत्मक रुपमा नलिएको भन्दै मन्त्री महासेठले भने, ‘यो देखेर हामी सतर्क हुन्छौं ।’ हुलाकी, मध्य पहाडी लगायतका राजमार्गहरु समयभन्दा…
नकुल काजीमहाकवि देवकोटाको एउटा सुन्दा हलुका लागे पनि गहिरिंदा गम्भीर अर्थबोध हुने सूक्ति छ –‘बानीले रानी हुन्छ, बानी बिग्रे खरानी’ हुन्छ । यो सूक्ति यो नितान्त वर्तमानमा संघीय संसद्का पूर्व सभामुख कृष्णबहादुर महरामा चरितार्थ भइराखेको छ । आफ्नै कर्मचारी महिलालाई उनै महिलाको घरमा गई बलात्कार गर्न जबरजस्ती गरेको आरोप लागेका महरा अहिले सो पाखण्डपूर्ण घटनाको अनुसन्धानार्थ प्रहरी हिरासतमा छन् । राज्य सञ्चालनका तीन प्रमुख अंगहरूमध्ये मर्यादाव्रmममा दोस्रो संघीय संसद् (व्यवस्थापिका)–का प्रमुख जस्ता व्यक्तिको यो चारित्रिक हविगतले राष्ट्र र सम्पूर्ण राष्ट्रबासीलाई नै लज्जित मात्र तुल्याएको छैन, अन्तरर्ाष्ट्रिय जगतमै नेपालको शिर झुक्ने स्थिति खडा गरेको छ । यौन दुव्र्यवहार, व्यक्ति हत्या र क्षेत्रीय दादागिरी जस्ता घटनाहरूमा…
भद्रपुर, १ कात्तिक । गाईको संरक्षण–सम्बद्र्धनमा जुटेका गौशालालाई सहयोग गदैर् गौरक्षा गनेर् उद्देश्यले नेपाल गौ संरक्षण समिति झापाको तदर्थ समिति गठन भएको छ । सदरमुकाम चन्द्रगढीमा सम्पन्न भेलाले समाजसेवी तथा युवा व्यवसायी दुर्गाप्रसाद पाठकको संयोजकत्वमा तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा राजु पाठक, सचिवमा देवेन्द्रबहादुर बस्नेत, कोषाध्यक्ष रविन श्रेष्ठ छन् । समितिको सदस्यमा डा. टंक बाह्रकोटी, भीम चेम्जोङ, डिल्ली दुलाल, लालबहादुर चाहार, गणेशप्रसाद पौडेल, कमला दाहाल पाठक, सचिनान्द साह, कमलप्रसाद घिमिरे र हिमाल ओली छन् । भेलाले चेतनाथ घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । नव गठित समितिले विधान बनाएर छ महिनाभित्रमा संस्था दर्ता गरी झापाका सबै स्थानीय तहमा…
द्रोण अधिकारीभद्रपुर, १ कात्तिक । जंगली हात्ती घरगाउँमा प्रवेश गरेर दुःख दिने क्रम बढेपछि हात्ती लखेट्न नयाँ प्रविधिको आविष्कार गरिएको छ । जङ्गली हात्तीले दुःख दिन थालेपछि भद्रपुरका युवा वैज्ञानिक अनिल प्रधानले हात्ती धपाउन प्रयोग गर्न सकिने ड्रोन साइरन बनाएका हुन् । भद्रपुर नगरपालिका १ पृथ्वीनगर घर भएका युवा वैज्ञानिक प्रधानले ड्रोन साइरन बनाएका हुन् । उनले भद्रपुर १ र २ नम्बर वडामा जङ्गली हात्ती निस्एिर दुःख दिन थालेपछि स्थानीयको पीडा कमगर्न नयाँ प्रविधि बनाएको जनाएका छन् । अनिलले बनाएको ड्रोन साइरनको बारेमा जानकारी पाइएपछि डिभिजन वन कार्यालयले हात्ती उपद्रो स्थलमा हात्ती लखेट्न परिक्षण प्रयोग गरेको जनाइएको छ । डिभिजन…
मोरङ, १ कात्तिक । मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषधसहित १ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यलय रानीबाट खटिएको प्रहरी टोलिले भारतीय बजार जोगवनीबाट नेपालतर्फ आउँदै गरेका सोलुखुम्बु नेले घर भई इटहरी उपमहानगरपालिका–४ का २६ वर्षीय अमन मुखियालाई चेकजाँच गर्ने क्रममा मुखियाको साथबाट डाईजेल्याव ९ एम्पुल, लुपिजेसिक( ९ एम्पुल, एभिल ९ एम्पुल र फेनारागन ९ एम्पुल बरामद भएको थियो । लागुऔषध सहित पक्राउ परेका मुखियालाई इलाका प्रहरी रानीमा राखि थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।