
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ भदौ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेवित्तीकै अर्का अध्यक्ष पुष्पकमल दाहाल उनलाई भेट्न बालवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्षर्ला दिए । विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्तरुपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे । अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ रु नेपकपाका धेरै नेताहरु प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्ण नियालिरहेका छन् ।…
लीला बराल नेपालले अहिले अंगीकार गरेको राजनीतिक प्रणाली त्रुटिपूर्ण छ या राज्य सञ्चालनको व्यवस्थापकीय कमजोरीले मुलुकले परिवर्तनको गति लिन नसकेको हो भन्ने प्रश्न अहिले गाउँदेखि सहरसम्म आ–आफ्नै किसिमले मुखरित हुन थालेको छ । जनताको अभूतपूर्व क्रान्ति चेतनाको भरमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवम् नयाँ संविधान निर्माण भई कार्यान्वयनको तहमा गई सक्दा समेत आमूल परिवर्तनको गति यति सुस्त र निराशाजनक हुनुका कारण खोजिनु अब कुनै दृष्टिले पनि अस्वाभाविक हुँदैन । Lila Baral पुग नपुग सात दशकयताको राजनीतिक परिवर्तनको जनचाहनालाई २०६२÷६३ को महान आन्दोलनले बिसर्जन दिएको हो । मूलधारको राजनीतिक शक्तिले त्यसलाई नेतृत्व दिएर एक तहको जिम्मेवारी पूरा गरेको कुरामा कुनै विमति छैन । कयाँै न्यायोचित…
काठमाडौं, २० भदौ । प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् । सिंगापुरमा उपचार गरेर प्रधानमन्त्री ओली शुक्रबार थाई एअरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किएछन् । विमानस्थलमा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले स्वागत गरेका थिए। विमानस्थलमा उनलाई कुरेर बसेका सञ्चारकर्मीलाई भने उनले कुनै प्रतिक्रिया जनाएनन्। प्रधानमन्त्री ओली विमानस्थलबाट सिँधै बालुवाटार लागेका छन्। उनी भदौ पाँच गते उपचारका लागि सिंगापुर गएका थिए।
सान नेपाल गौरादह, २० भदौ । झापाका अधिकांश निजी विद्यालयहरुले कार्यरत शिक्षकलाइ उचित सेवा सुबिधा दिन चाहदैनन् भन्ने तथ्य हिजो आज निकै चर्चामा रहने गरेको छ । अधिकांश बिधालयहरु न्युनतम श्रम ऐनको समेत पालना गर्दैनन् भन्ने आरोप दशकौंदेखि लाग्दै आएको छ । संस्थागत शिक्षक युनियन (इस्टु)ले आफ्ना शिक्षकहरूको हकहितको लागि र विशेषगरी योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम यथाशीघ्र लागू गराउनको लागि नेपाल सरकार संग समेत प्रत्यक्ष वार्तामा बस्ने गरेको पाइन्छ । सामाजिक सुरक्षा कार्यक्रमको बारेमा बुझ्नै नचाहने अधिकांश बिधालय सञ्चालकहरु रहेता पनि केही बिधालयमा उक्त बिधेयक संसदमा आउनु पुर्वनै शिक्षकहरु लाई दिइने सुबिधाको लागि सकारात्मक रहेको पाइन्छ । झापाको दमक-10…
भद्रपुर, २० भदौ । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले आजबाट दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द गर्ने भएको छ । विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म ९१५ दिन० का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने भएको हो । एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो । प्रमुख चुँडालका अनुसार जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो । गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि…
काठमाडौं, २० भदौ । उपचार साकाएर प्रधानमन्त्री केपी शर्मा ओली सिङ्गापुरबाट आज स्वदेश फर्कंदैछन् । प्रधानमन्त्री ओली सिङ्गापुरबाट थाइल्याण्ड हुँदै अपराह्न थाई एयरवेजबाट स्वदेश फर्कने उनका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिए । मिर्गौलासम्बन्धी एण्टिबडीको उपचारका लागि उनी गत भदौ ५ गते त्यसतर्फ गएका थिए । उनको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा प्रधानमन्त्रीले दुई पटक टेलिप्रिजेन्स प्रविधिमार्फत मन्त्रिपरिषद्का सदस्यसँग सरकारका कामको बारेमा छलफल गरेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्कनेछन् । प्रधानमन्त्रीका साथमा उनका धर्मपत्नी राधिका शाक्य, स्वकीय…
खोटाङ, २० भदौ । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ साकेला थान की ३६ वर्षीया देविका राईको श्रीमानको धारिलो हतियार प्रहारबाट मृत्यु भएको छ । बिहिवार राती साँढे ७ बजे घरायशी बिबादका कारण मृतककै श्रीमान ३५ बर्षीय सिताराम राईले धारिलो हतियार खुकुरीले टाउकोमा प्रहार गर्दा गम्भीर घाईते भएकी राईको उपचारको क्रममा जिल्ला अस्पताल दिक्तेलमा राती साँढे ८ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले अभियुक्तलाई पक्राउ गरेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २० भदौ । झापाको अर्जुनधारा नगरपालिका–६ महानन्द चोकमा रहेको प्रदिप गिरीको फर्निचरमा काम गर्ने भारतिय नागरिक २३ बर्षीय बिश्वनाथ बरमनले आफ्नै शरिरमा आगो लगाई आत्महत्या गरेका छन् । बिहिवार दिउँसो साँढे ४ बजेको समयमा फर्निचरमा प्रयोग हुने तारपिनको तेल र स्प्रिट खन्याई उक्त फर्निचरमा रहेको ट्वाईलेटमा पसी ढोका बन्द गरी आफ्नो शरिरमा आगो लगाएको भन्ने खबर प्राप्त भएसंगै तत्काल खटिएको इलाका प्रहरी कार्यालय अनारमनीको प्रहरी टोलीले बरमनलाई मृत अवस्थामा फेला पारेको थियो । आगो लगाउनु कारण खुल्न नसकेको तथा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
झापा, २० भदौ । सरकारको स्वीकृतिमा दुग्ध विकास संस्थानको दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिहीबार दूधको मूल्य वृद्धि गर्ने निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता प्रदिपचन्द्र भट्टराईले जानकारी दिए । ‘हामीले मन्त्रालयमा निर्णय गरी दुग्ध विकास संस्थानलाई स्वीकृति दिएका छौँ’ भट्टराईले भने, ‘अब त्यसलाई संस्थानले कार्यान्वयन गर्छ ।’ उत्पादन लागतका आधारमा उचित मूल्य नपाएको भन्दै मूल्य नबढाए आन्दोलन गर्ने किसानले चेतावनी दिएपछि सरकारले स्वीकृति दिएको हो । ७० रुपैयाँ लिटरमा बिक्री हुँदै आएको दूधको उपभोक्ता मूल्य ७६ रुपैयाँ पुग्नेछ । दुधको मूल्य बढे पनि झापाका डेरीले किसानलाई ‘मुर्गा’ बनाउने क्रम रोकिएको छैन । फ्याट,…
झापा, २० भदौ । ‘जहाँ औषधि त्यहाँ फर्मासिष्ट’ भन्ने विश्वमा मान्यता भए पनि नेपालको हकमा यो लागू भएको छैन । ५० प्रतिशतभन्दा बढी फार्मेसीमा दर्ता गरिएका र तालिमप्राप्त जनशक्तिभन्दा उनीहरुका आफन्त औषधि बेचिरहेका भेटिन्छन् । यसको प्रमुख कारण हो–फर्मास्टि जनशक्ति उत्पादनमा सरकारको उदासिनता । औषधि पसल र बिक्रेताको संख्या हेर्दा देशमा एक फार्मेसीमा बस्न एउटै पनि फार्मासिष्ट पुगेको देखिँदैन । एक फार्मेसीका एक फर्मासिष्ट नहुँदा अदक्ष जनशक्तिबाट औषधी विक्री भइरहेको छ । औषधि व्यवस्था विभागमा करिब २२ हजार फार्मेसी दर्ता छन् । फार्मेसी परिषद्मा करिब १२ हजार फर्मासिष्ट दर्ता छन् । हाल फार्मेसी ३० हजार पुगेको र २० प्रतिशत फर्मासिष्ट…