
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, ३ भदौ । मोरङको रंगेली नगरपालिका-६ स्थितमा रहेको श्री पब्लिक माध्यमिक बिधालयमा संचालन भई रहेको SEE पुरक परिक्षाबाट नक्कली प्रशीक्षार्थी पक्राउ परेका छन् । सिम्बल नम्बर ०८१३४३६(Z) को कुमोद प्रसाद गनगाईको अनिबार्य गणित बिषयको परिक्षा जिल्ला मोरङ सुनवर्सी नगरपालिका-८ बस्ने बर्ष २१ को मुन्ना मण्डलले परीक्षा दिईरहेको अवस्थामा सोहि केन्द्रमा खटिएका गार्डले बिहान पौने १२ बजेको समयमा फेला पारी उनलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए । नियन्त्रणमा लिईएका मण्डललाई ईलाका प्रहरी कार्यालय रंगेलीमा ल्याई राखीएको उक्त कार्यालयले जनाएको छ ।
बिर्तामोड, ३ भदौ । हम्मर प्रहारबाट गम्भीर घाइते भएका मेचीनगर–९ कृषि फारम बस्तीका ज्येष्ठ नागरिक ६५ वर्षीय प्रेम लकान्द्रीको मृत्यु भएको छ । गत साउन ३१ गते मादक पदार्थ सेवन गरेका सोही स्थानका तेजबहादुर लिम्बू लकान्द्रीको टाउकोमा हम्मर प्रहार गरेका थिए । हम्मर प्रहारबाट गम्भीर घाइते भएका लकान्द्रीको बिर्तामोडस्थित बीएण्डसी अस्पताल उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लकान्द्रीमाथि आक्रमण हुनुको कारण खुल्न नसकेको र तेजबहादुरलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुर, ३ भदौ । उदयपुरको बेलका नगरपालिका–५ का तिर्थ आले मगरले श्रीमतीलाई कुटपिट गर्दा बर्ष ३० कि मन्जु आले पुलामि मगर मृत्यु भएको छ । सोमबार राती १० बजेको समयमा घरायशी बादबिबादका कारण श्रीमतीलाई कुटपिट गर्दा गम्भीर घाईते भएकी मनजुको उपचारको क्रममा धरानको बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा रातको साढे ११ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । घटना पश्चात श्रीमानलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको समेत उक्त कार्यालयले जनाएको छ ।
सुरेन्द्र भण्डारीसुरुङ्गा, ३ भदौ । पूर्वोत्तर झापाका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । जङ्गली हात्तीकै कारण झापा बुद्धशान्ति गाउँपालिकाका सीताराम बाँस्तोलाले लामो समयसम्म सिजनमा लगाएको बाली भित्र्याउन पाउनु नै भएन । धानको सिजनमा धान, मकैको सिजनमा मकै थन्क््याउने बेलामा हात्तीसहित अन्य जङ्गली जनावरले खाएर सखाप बनाएका कारण उहाँले विकल्पको बाटो रबरखेती रोज्नुभयो । जङ्गलको नजिकै घर भएका सीतारामको खेतबारीमा लगाएको बाली वर्षेनी जङ्गली जनावर हात्ती, मृग, हरिण, बँदेलजस्ता जनावरले नष्ट गरिदिन थालेपछि बाँस्तोलाले…
झापा, ३ भदौ । आज (मंगलबार) पनि देशका विभिन्न ठाउँमा पानी पर्ने तथा केही ठाउँमा भारी वर्षासमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। उनका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्यसम्म मौसम बदली भएको छ भने थोरै स्थानमा वर्षा भइरहेको छ। अहिले बिस्तारै मौसम खुल्ने क्रममा रहेको उनले बताइन्। तर दिउँसो १२ बजेपछि मौसम बदली भई पुनः वर्षा सुरु हुने सम्भावना रहेको उनले जानकारी दिइन्। ‘मनसुन गतिविधि विशेषगरी राति र बिहानीपख हुने गर्छ,’ नेपालखबरसँग उनले भनिन्। मौसम महाशाखाकाम अनुसार आज दिउँसो मध्य र पश्चिमका केही स्थान र पूर्वका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित वर्षा हुने सम्भावना छ।…
काठमाडौं, ३ भदौ । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सर्वदलीय बैठक डाकेका छन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई बोलाइएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् । बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषय र आफ्नो आसन्न सिंगापुर भ्रमणबारे जानकारी गराउने बताइएको छ । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओली हालै सिंगापुरमा स्वास्थ्य परीक्षण गराएर फर्किएका थिए । चिकित्सकको सल्लाहअनुसार पुनःपरीक्षणका लागि उनी फेरि त्यसतर्फ जाँदै छन्…
सान नेपाल गौरादह, ३ भदौ । गौरादह न. पा. वार्ड नं. १ स्थित राधाकृष्ण मन्दिरको अगुवाईमा विगतका वर्षमा झैँ यस वर्ष पनि श्रीकृष्ण रथयात्रा आयोजना गरिने भएको छ । यही भाद्र ७ गते शनिबार आयोजना गरिने रथयात्राको लागि मन्दिर व्यवस्थापन समितिले युद्धस्तरमा कार्य अगाडि बढाएको छ । रथयात्रालाई भव्य रूपमा सप्पन्न गराउनको लागि जनजागरण अभियानलाई प्राथमिकता साथ संचालन गर्न लागिएको मन्दिर व्यवस्थापन समितिका सचिब सुभाष पाण्डे बताउँछन् । ‘रथयात्रा तैयारी स्वरुप श्रावण ३० गते बाट मन्दिर परिसरमा हरेक सांझ झुलाझुलन आयोजना गरिदै आएको छ । प्रत्येक दिन साझ ७ बजे देखि राती १० बजे सम्म आयोजना गरिने झुलाझुलन भाद्र १२…
एजेन्सी, ३ भदौ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजादलाई एक वर्षको प्रतिबन्ध लागेको छ । शाहजादलाई अफगानिस्तान क्रिकेट बोर्डले नै प्रतिबन्ध लगाएको हो । केहि दिन अघि मात्र अनिश्चितकालका लागि निलम्बन गरेको बताएको बोर्डले आइतबार विज्ञप्ति निकाल्दै एक वर्षको लागि निलम्बन गरेको जनाएको हो । शाहजाद एक बर्षसम्म क्रिकेट सम्बन्धि कुनै पनि गतिबिधिमा समावेश हुन पाउने छैनन् । शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै बोर्डले उनलाई कारबाही स्वरुप निलम्बन गरेको हो । बोर्डले विज्ञप्तिमा भनेको छ ‘अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानमा नै आफ्ना खेलाडीहरुको अभ्यासका लागि सुविधा सम्पन्न र राम्रो प्रशिक्षणको व्यवस्था गरेको छ ।…
काठमाडौं, ३ भदौ । दूधको उत्पादन दरअनुसार वर्षमा दुईथरी मूल्य निर्धारण गरिने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गठन गरेको कार्यदलले दूध बढी उत्पादन हुने सिजनमा र कम उत्पादन हुने सिजनमा फरकफरक मूल्य निर्धारण गर्न सिफारिस गरेको हो । नेपालमा असोजदेखि फागुनसम्म उत्पादन बढी हुने (फ्स सिजन) र चैतदेखि भदौसम्म कम उत्पादन (लिन) सिजन चल्ने गर्छ । हालको बजार मूल्यप्रतिलिटर ७० रुपैयाँलाई आधार मानेर फ्लस सिजनका लागि ८.२८ प्रतिशत र लिन सिजनका लागि १४.२९ प्रतिशत मूल्य बढाउन दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बाबुकाजी पन्तको संयोजकत्वको कार्यादलले सिफारिस गरेको हो । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं, ३ भदौ । देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’को प्रक्रिया अघि बढाएको छ । गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो । कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ, धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र केन्द्रीय तथ्याङ्क विभागका सुमनराज अर्याल रहेका छन् । आजको आर्थिक अभियानमा खबर छ ।