
एजेन्सी, ३ भदौ । अफगानिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद शाहजादलाई एक वर्षको प्रतिबन्ध लागेको छ ।
शाहजादलाई अफगानिस्तान क्रिकेट बोर्डले नै प्रतिबन्ध लगाएको हो ।
केहि दिन अघि मात्र अनिश्चितकालका लागि निलम्बन गरेको बताएको बोर्डले आइतबार विज्ञप्ति निकाल्दै एक वर्षको लागि निलम्बन गरेको जनाएको हो ।
शाहजाद एक बर्षसम्म क्रिकेट सम्बन्धि कुनै पनि गतिबिधिमा समावेश हुन पाउने छैनन् । शाहजादले बाहिर जाँदा कुनै स्विकृति नलिएर बोर्डको आचार संहिता पालना नगरेको भन्दै बोर्डले उनलाई कारबाही स्वरुप निलम्बन गरेको हो ।
बोर्डले विज्ञप्तिमा भनेको छ ‘अफगानिस्तान क्रिकेट बोर्डले अफगानिस्तानमा नै आफ्ना खेलाडीहरुको अभ्यासका लागि सुविधा सम्पन्न र राम्रो प्रशिक्षणको व्यवस्था गरेको छ । कुनै पनि खेलाडीले अभ्यासका लागि भने विदेश जान पर्दैन । ‘
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

