
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अच्युत सुबेदीझापा, १८ साउन । उत्पादक कम्पनीले आफ्नो उत्पादनको मूल्य आपैmँ तोक्छन् । तर, कृषि प्रधान देश नेपालमा किसानले आपूmले उत्पादन गरेको सामानको मूल्य आपूmले तोक्न पाउँदैनन् । वर्षभरि दुःख गरेर उत्पादन गरेको अन्न बालीको मूल्य तोक्न नपाएका किसान साग सब्जीमा पनि बिचौलियाको मारमा परेका छन् । साँझबिहान नभनी पसिना बगाएर उत्पादन गरेको सामग्रीको मूल्य आपूmहरुले तोक्न नपाउँदा आपूmहरु ठगिएको र बिचौलियाले मनग्गे आम्दानी गनेर् गरेको उनीहरुको गुनासो छ । झापा बिर्तामोड नगरपालिका–९ का चेतन पौड्यालले व्यावसायिक तरकारी खेति गरेको करिब १८ वर्ष भयो । यो अवधिमा उत्पादन गरेको तरकारीको मूल्य आपूmले तय गर्न नपाएको उनले बताए । ‘अरु व्यापार–व्यवसाय गनेर्ले मनग्गे आम्दानी गरे तर, हामी…
राजबाबु शंकर तेरे जुल्फों के साये में बसेरा हो गया,नींद मुझे ऐसी आई की सबेरा हो गया । – कुनै शायरका पंक्ति हुन् यी । यी पंक्तिले तरुण उमेरवयजन्य रुमानी प्रेमको भावसंवेग बोकेको छ, शायद । ‘शायद’ यसकारण कि, म साहित्यकार होइन । तर, म यहाँ न प्रेमका कुरा गर्न लागिरहेछु, न साहित्यका । बरु यी हरफका भावलाई नेपाली राजनीतिक चरित्रहरूमा रोपण गर्दा कस्तो हुँदोरहेछ भनेर प्रयोगधर्मी हुन खोजिरहेको छु । – हाम्रा नेतागणमा सत्तामोह अगाध पाइन्छ । सत्ताप्राप्तिका खातिर जोसुकैसित जोडिन र जुनसुकैबाट आफू फोडिन हरदम तयार हुने चरित्र हाम्रा नेताहरूमा नशा र रगतजस्तै सँगसँगै छ । कुनै बेला यदि सत्तासुन्दरीसित लहसिन पुगे भने बस्… तिनको ध्याउन्न…
सुनसरी, १८ साउन । सुनसरीमा दुई भिन्न घटनामा बालकसहित दुईजनाको मृत्यु भएको छ । सुनसरीको इटहरीमा दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने इनरुवामा अर्का एक बालकको डुबेर मृत्यु भएको छ । इटहरी उप–महानगरपालिका–२० पानिपिया स्थित कोशीराजमार्ग जंगलमा बुलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो १ बजेको समयमा धरानबाट इटहरीतर्फ आउदै गरेको को २९ प ४१९५ नम्बरको मोटरसाइकललाई धरानबाट इटहरीतर्फ आउँदै गरेको ना २ च ६६८९ नम्बरको बुलेरोले ठक्कर दिएको थियो । बुलेरोको ठक्करबाट लडेका मोटरसाइकल चालक सुनसरीको धरान–८ का करिब २३ वर्षीय संजु गुरुङलाई इटहरीबाट धरानतर्फ जादै गरेको मे.१ ख २०४५ नम्बरको बसले किच्दा घटनास्थलमै उनको…
काठमाडौँ, १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि लागू हुने गरी विशिष्ट पदाधिकारीको तलब वृद्धि गरेको हो । सरकारले जेठ १५ मा ल्याएको बजेटमा राष्ट्रसेवक (कर्मचारी)को तलब वृद्धि गरेको थियो । कार्यालय सहायकदेखि नायव सुब्बासम्मको २० र अधिकृतदेखि मुख्यसचिवसम्मको तलब १८ प्रतिशतले वृद्धि गरिएको थियो । त्यति बेला सरकारले विशिष्ट पदाधिकारीकारीको वृद्धि गरेको थिएन । पदाधिकारीको सेवा सुविधा छुट्टै ऐनका आधारमा तोकिने भएकाले बजेट भाषणका क्रममा तलब वृद्धि नगरिएको हो । स्रोतअनुसार राष्ट्रध्यक्षको तलब मासिक २७ हजार ८१ लाख…
विराटनगर, १८ साउन । सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा भएको छ । ३७ जना अभियुक्तमध्ये सुन व्यापारी महावीरप्रसाद गोल्यानको हकमा १० लाख रुपैयाँ धरौटी माग गरिएको र अन्य अभियुक्तका हकमा उच्च अदालत विराटनगर कै आदेश सदर गरिएपछि न्यायाधीशमाथिको कारवाहीका विषयमा पनि प्रश्न उठेको हो । उक्त मुद्दा उच्च अदालतमा चल्दाका बखत पदीय मर्यादाविपरीत काम गरेको भनी त्यहाँका न्यायाधीशलाई न्यायपरिषद्ले कारवाही गरेको थियो । कारवाही भोगेका मध्ये कतिपय न्यायाधीशले प्रचारका आधारमा आफूहरुलाई पीडित बनाएको आरोप पनि लगाएका छन् । ‘हाम्रो…
कञ्चनपुर, १८ साउन । कञ्चनपुर । वारि उल्टाम जाने कालोपत्र सडक । सडककै किनारमा पानी बगिरहने दुई फिट गहिरो नाला । नालाको दुवै किनारमा बाक्ला जामुनका बोट । पारिपट्टि गुज्जमुज्ज उखुबारी । उखुबारी करिब एक किलोमिटर वरपर सुनसान खेतबारी । हो, त्यही उखुबारीमा अघिल्लो साउन ११ गते बिहान उल्टाखामकी १३ वर्षीया निर्मला पन्तको शव भेटिएको थियो । निर्मलाको बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीको घारीभित्र शव भेटिएपछि त्रासले गर्दा महिला तथा छात्राहरु त्यो सडक भएर हिँड्न छाडिसकेका थिए । उखुबारी छेउ भएर उल्टाखाम आउजाउ गर्न सक्ने अवस्था नभएपछि स्थानीयको दबाबमा उखुबारी नष्ट गरेर धान खेती गर्न थालिएको आजको नागरिक दैनिकमा बखर…
काठमाडौँ, १८ साउन । दशैंको छेको पारेर नेपाल वायुसेवा निगमको वाइबडी विमानले नेपाली समुदाय अत्यधिक भएको जापानको राजधानी टोकियोलाई लक्षित गर्दै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा दुइटा चार्टर उडान गर्ने भएको छ । असोज ९ र १५ गते हुने दुइटा चार्टर उडान नेपाली ट्राभल कम्पनी सुमेघ टुर्स एन्ड ट्राभल्र्सले गर्न लागेको हो । यी नियमित उडान होइनन् । सुमेघले निगमको वाइड बढीको प्रतिघण्टाको भाडा दरमा लिई उडान गर्न लागेको हो । जापानको नारिता नेपला वायुसेवा निगमको पहिलो अवतरण हुनेछ । १२ वर्षअघि निगम चीनको सांघाईमा टेकेर काठमाडौँ–ओसाका–काठमाडौँ उडान गर्थ्यो । राजधानी टोकियोदेखि ओसाका कम्तिमा ६ सय किलोमिटर दुरीमा पर्छ । यी दुई…
झापा, १८ साउन । झापाको गौरीगंज गाउँपालिका–६ तिनटोलीया मामा घरमा बस्दै आएका भारतीय बालकको खोलामा डुबेर मृत्यु भएको छ । हिजो अपरान्ह साढे ४ बजेको समयमा देश भारत फुलबरीया घर भएका ६ वर्षीय आकाश महतोलाई सोही स्थानमा रहेको गेउरीया खोलामा डुबिरहेको अवस्थामा स्थानियबासीले देखेर तत्काल उपचारको लागि आफन्तले उनलाई लाईफ लाईन अस्पताल दमक लैजानासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाम, १७ साउन । भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो । एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो । एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन । नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ । एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,‘ एसएसबीले काम रोक्नु भन्यो अहिले घर…
तित्रा हैन एइ केटा ! हाम्रो देशको प्रधानमन्त्री खाने कुरा त निकै सारोगारो अप्ठ्यारो पो रैछ त । प्रधानमन्त्रीलाई कसैले टेदोर् रैनछ । चङ्खे चतुरे सिल्ली स्वार्थीहरूले घेरेर वास्तविक कुरा बुझ्नै नदिदा रैछन् । प्रधानमन्त्री खानु भनेको ‘रातको निन्द्रा न दिनको भोक’ भनेजस्तै पो रैछ त । काम खासै केही नगनेर्, भविष्य नसोच्ने, आफ्नै शाखा सन्तानलाई रुपैयाँ–पैसा जम्मा गनेर्, अवसरहरू प्रदान गनेर् किसिमका मन्त्री–प्रधानमन्त्रीहरूलाई बरु केही अप्ठ्यारो नहोला; तर केही गर्न खोज्ने, देश र जनताका पक्षमा काम गनेर्हरूलाई घेराबन्दी गरेर पाता फर्काउने मात्र होइन, किलकिलेमै अठ्याउन खोज्दा राँन् त ! एक–दुई वर्ष पहिले हाम्रै जिल्लाको कुनै एउटा अड्डामा घुस नखाने र अरुलाई पनि खान…