
तित्रा
हैन एइ केटा ! हाम्रो देशको प्रधानमन्त्री खाने कुरा त निकै सारोगारो अप्ठ्यारो पो रैछ त । प्रधानमन्त्रीलाई कसैले टेदोर् रैनछ । चङ्खे चतुरे सिल्ली स्वार्थीहरूले घेरेर वास्तविक कुरा बुझ्नै नदिदा रैछन् । प्रधानमन्त्री खानु भनेको ‘रातको निन्द्रा न दिनको भोक’ भनेजस्तै पो रैछ त । काम खासै केही नगनेर्, भविष्य नसोच्ने, आफ्नै शाखा सन्तानलाई रुपैयाँ–पैसा जम्मा गनेर्, अवसरहरू प्रदान गनेर् किसिमका मन्त्री–प्रधानमन्त्रीहरूलाई बरु केही अप्ठ्यारो नहोला; तर केही गर्न खोज्ने, देश र जनताका पक्षमा काम गनेर्हरूलाई घेराबन्दी गरेर पाता फर्काउने मात्र होइन, किलकिलेमै अठ्याउन खोज्दा राँन् त ! एक–दुई वर्ष पहिले हाम्रै जिल्लाको कुनै एउटा अड्डामा घुस नखाने र अरुलाई पनि खान नदिने हाकिम आएका थिए । तिनलाई घरकी श्रीमतीले त बहिष्कार गरिन् नै; अरु कर्मचारी, तस्कर, माफिया, पार्टीका कन्दने, झोले, सन्ड–मुसन्डहरू जम्मै मिलेर नराम्रोसँग धपाएरै छाडे । प्रधानमन्त्री भनेका पनि देशकै हाकिम न हुन्, तिनको पनि यस देशमा अब त्यस्तै हबिगत दुर्दशा बनाउने रैछन् । यस देशमा मान्छे यति सारो बिग्रेका छन् भन्ने त मैले सोचेकै रैनछु’ भन्दै माइला बा आएर गफ जोत्न थाले । आफू प्रधानमन्त्री खान नसक्ने आशय उनले व्यक्त गरे ।

यी बुढा जहिले पनि कैंटे बाउँठा कुरा लिएर आउँछन् । आज चाहिँ यिनलाई अलिक बिच्काइदिनु प¥यो भनेर मैले भनें– ‘तपाईंलाई कसले प्रधानमन्त्री दिन्छ ? उनीहरूको समस्यामा तपाईंको टाउको किन दुखेको ? प्रधानमन्त्रीको ठाउँमा पुग्न त्यसै छ ? तपाईंको पाखो बारी, माइलेमाका माखामुन्द्रा, टाट्नाका बोका–पाठा सबै बेच्ता पनि तपाईंले एउटा सांसदको टिकट किन्न सक्नु हुन्न । टिकट किने पनि आफ्ना क्षेत्रभरि पैसाको बिस्कुन लाउन भोट किन्न सक्नु हुन्छ ? के का पैसाले गुण्डा पाल्नु हुन्छ ? भोट मागिदिने कार्यकर्तालाई ऐंठनपानी अचाउन, साँप्रा चपाउन कहाँबाट पैसा ल्याउनु हुन्छ ? तपार्इंले प्रधानमन्त्री खानु प¥या छैन, अरु सात जुनीसम्म भेट्नु पनि हुन्न । प्रधानमन्त्री खान कत्ति देशी– विदेशीहरूलाई सोध्नुपर्छ, फर्सी जत्रो टाउको निहुराउनु पर्छ । ‘नचाहिँदो चाँजो, कट्कटी खाँदो’ भनेको यही हो । तपाईंले म चाहिँ प्रधानमन्त्री खान नसक्ने रैछु भन्दै हिँड्न सुहाउँछ ? छोड्नुहोस् यस्ता कुरा, अरु नै गफ निकाल्नुहोस् ।’
मेरा कुराले बुढाका अनुहारमा अलिक रगत चढ्यो । यी बुढा पनि जेमदग्नीकै सन्तान हुन् । साँच्चै जङ चल्यो, सिरि चढ्यो भने उपद्रो उठाउँछन् । ताल प¥यो भने खोर्सानीकै खाजा खान्छन् । बुढाले थोरै आक्रोशित मुद्रामा भने– ‘तँ अलिकति पढे–लेखेको मान्छे, काम लाग्ने नै होलास् भन्ने ठानेको थिएँ । तर, तेरा कुरा सुन्दा तँ भन्दा पटमूर्ख यो दु्नियाँमा अरु कोही छैनजस्तो लाग्यो । पन्ध्र– सोह्र कक्षा पढेको भन्छस् । कुराको अर्थ आशय अभिप्राय नबुझ्ने तँ स्वाँठ ल्वाँठ लद्दूले कसरी पढिस् हँ…? परीक्षा नियन्त्रण कार्यालयले ६ अंक ल्याउनेलाई पछाडि नौ अंक थपेर ६९ बनाएर गोल्ड मेडल दियो भन्ने सुन्या थिएँ । कतै तँ पनि त्यस्तै गोल्ड मेडलिस्ट त होइनस् ? हिजोआज त सर्टिफिकेटधारी, पीएचडीधारी नाना ओलीका मान्छे छन् है ! नामका अगाडि डा. लेख्छन्, त्यो डा. खोजेर ल्याएको हो कि किनेर मागेर हो कि, छुट्याउन गाह्रो छ । उता, यूरोपतिर राम्रा–राम्रा चिजबिज बाटामा राखेको हुन्छ अरे, त्यतिकै उठाएर लैजान पाइन्छ अरे । त्यो डा. पनि त्यसरी नै उठाएर ल्याएको हो कि ? हाम्रो देशमा त्यो प्रा.डा. भन्ने चिज र नगरपालिका सारै सस्तो भएको छ । यति सस्तो त नेताहरूको चरित्र पनि छैन । बाँदर पनि नअडिने तारेभिर नगरपालिका भएका छन् । बज्रस्वाँठका नामका अगाडि पनि प्रा.डा. झुण्डिएको छ । त्यो डा. भनेको के हो ? डाक बढाबढ हो ? कि ठूलो डाकोले बोल्ने मान्छे भनेको ? अथवा काम नलाग्ने डाँक्ले, अँरिङ्गाले झिगो डाँस, अरुलाई दुःख दिने डाइनी ठेट्नु डाइनु, झाँक्री विद्याको डाङ्ग्रे, अर्काको उन्नति–प्रगति देख्न नसक्ने ढाडे, हेर्दाको डाल भनेझैं डाले… आदि के हो– त्यो डा. भनेको ? यी डा.हरूले आफ्नो सुख–सुविधा स्वार्थदेखि बाहेक देश दुनियाँका लागि के कुरा पत्तो लगाए ? कुन बिषयमा चिन्तन तपस्या गरेर पारङ्गत भए ? तँलाई देख्यो कि देशभरिका पढे–लेखेका भनिने मान्छेलाई सम्झेर मलाई रनाहा चल्छ । मेरो सुक्तै गएको रगत पनि उम्लिन खोज्छ ।’
मैले भनें– ‘लु भइगो नि त माइलाबा ! पढे–लेखेका मान्छे काम नलाग्ने अल्छी, कप्टी, दुष्ट, स्वार्थी, भ्रष्ट…… जे जे भन्नुछ भन्नुहोस् । तर, प्रधानमन्त्री चाहिँ पाए पनि खान नसक्ने कुरा कताबाट आयो ? के सारो गाह्रो अप्ठ्यारो देख्नुभयो ? औंठाछापे, चारपासे, एस.एल.सी.फेलहरूले स्कूल, कलेज, अस्पतालका मालिक भएर पढेका मास्टर डाक्टरहरूलाई जागिर दिएर चाबुक लगाउँदै जोतिराखेका छन् । कान समाई उठबस गराइराखेका छन् । प्राइभेट अस्पतालका डाक्टरले सोझै औषधि लेखे भने तिनको जागिर जान्छ । कुनै रोगी सामान्य ज्वरो आएर गयो भने त्यसको राल सिँगान कत्ला भुत्ला कानेगुजी कचेरा चायाँ रगत पसिना दिसा पिसाब वीर्यदेखि लिएर भित्री अंग मुटु कलेजो फोक्सो किड्नी आन्द्रा भुँडी सबैको फोटो खिचेर एक खायल खेतबारी समाप्त हुने गरी परीक्षण गरेर मात्रै ज्वरोको ओखती सिटामोल लेख्छन् । त्यति नगरे मालिक ख्वामितले तिनलाई जागिरबाट निकाल्दिन्छन् । प्राइभेट बोर्डिङ कलेजमा पनि बिहानभरि जोतेको गोरुलाई चार वटा सुख्खा ढोँड खोस्टा दिएझैं मास्टरको हुर्मत लिन्छन् र मालिकहरू मोटाउँछन् । प्रधानमन्त्रीले पनि त्यसै गरे भई गो त । जान्ने सुन्ने पढे लेखेका मान्छे बोलाएर–जुवामा नार्नु, चाबुक लगाएर जोत्नु । लम्कीझम्की गरेर खान खोजे भने गोरुलाई झैं मोहोला लगाइदिनु । तपाईं चैं पाए पनि खान सक्तिन भन्नु हुन्छ, म त पाएँ भने पड्काइदिन्थे प्रधानमन्त्री ।
‘अब मेरा कुरा ध्यान दिएर सुन्’ भन्दै बुढाले भन्न थाले– ‘बालीनाली नष्ट गनेर् बाँदर खेद्दै जाँदा अलिक पर पुगेपछि बाँदरका बुलाहाहरू एकीकृत भएर अटेर्याइँ गर्न थाल्छन् । ढुङ्गामुडा गर्यो भने ङिच्च दाँत देखाउँदै ङयारर्ङुरर् गर्छन् । भात खाँदै गरेको खिच्चोले भाग खोस्न आउने अकोर् खिच्चोलाई नाक बजाएझैं बाली खान नपाएको बाँदरले नटेनेर् मात्रै होइन, हेप्ने समेत गर्छन् र मान्छेसँगै आइलागेर दानेर् चिथोर्ने कोपनेर् गर्छन् । प्रधानमन्त्रीलाई विभिन्न क्षेत्रका मान्छेले त्यसै गदैर्छन् । सिण्डिकेट अभियान, ठेकेदार अभियान, भ्रष्टाचारी अभियान, बिचौलिया विरुद्धको अभियान, बिषादि परीक्षण अभियान, सुन तस्कर विरुद्धको अभियान, जमाखोर कालोबजारी नाफाखोरी विरुद्धको अभियानहरू सबै बाँदर खेदाइ मात्रै भइरहेका छन् । प्रधानमन्त्रीलाई त कसैले नटेर्दा रहेछन् । अनि त्यस्तो प्राधानमन्त्री खाने कसरी आँट गर्नु ! प्रधानमन्त्री भएपछि त विसंगति विकृतिका विरुद्ध पटाहा लाउन सकियोस्, लिंढुल्को लाउन सकियोस्; तब पो मज्जा आउँछ, जनताले पनि स्याबासी दिन्छन् । आफैं बिचरो भएर त के प्रधानमन्त्री खानु हौ केटा ! म प्रधानमन्त्री नहुने त पक्कापक्की नै छ, तर कुनै दिन तालुमा आलु फलेर चिठ्ठा नै प¥यो भने पनि त्यस्तो प्रधानमन्त्री बरु शत्रुले खाओस्, म चाहिँ भाग बस्तिन । तँ के गर्छस्, त्यो तेरो कुरा हो ! जस्ले धम्क्याउने, जस्ले गाली गनेर्, सबका सबले रिस गनेर् भएपछि प्रधानमन्त्री हुनुको के मज्जा ?’
मैले बुढालाई भने– ‘जिम्मेवारी अन्भरेपछि सहनुपर्छ कति कुरा । गृह मन्त्रालयको एउटा सामान्य अधिकृत आएर जिल्लाको सिडिओलाई थर्काउँछन् । जिल्ला शिक्षा कार्यालयको पियनले गाउँका हेडसरलाई हप्काउँछन् । लोकसेवाबाट भ्रष्टाचारको लाइसन पाएको सानै तहको कर्मचारीले पनि संस्थानका जीएमहरूको दोहोलो काड्छन् ।
शैक्षिक कार्यक्रमको सम्बन्धन बाँड्न जिल्ला पसेका विश्वविद्यालयका प्रा.डा.हरूको एयरपोर्टमा झोला बोकिदिन गएन भने, धनुष्टंकार नमस्कार गरेर निहुरिएन भने, झापा आएका बेलामा दार्जीलिङ र महाकाली पुगेका बेलामा नैनीताल घुमाइदिएन भने, सुखसुविधाका लज र मनमोजी होटलको वन्दोबस्तमा कमी कमजोरी भयो भने र हिँड्ने बेलामा मोटो खाम थमाएन भने सम्बन्धन पाइन्छ भनेर नचिताए हुन्छ । त्यति मात्रै होइन, तिनका स्वास्नी छोरा छोरीका आवश्यक सामान किनिदिएन भने र आरती उतारेन भने कामै बन्दैन । त्यस्तै हो प्रधानमन्त्रीलाई पनि शिक्षा कार्यालयको पियनले हेडसरलाई हप्काएजस्तै विदेशी सामान्य कर्मचारीले दप्काउँछ । चलन नै त्यस्तो भएपछि के गर्नु ? सहनु पर्छ । जति नै सहनु परे पनि म चाहिँ प्रधानमन्त्री भेट्टाएँ भने खान्छु ।’
‘लु केटा टाट्नाका बाख्रा भोकाए होला ! बुढीले माछेर्, भोलि गफ गरौंला । तँ प्रधानमन्त्री खाँदै गर्, म चाहिँ हिँडे’ भन्दै बुढा बाटा लागेपछि मेरा पनि कान न्याना भए । मेची खबर साप्ताहिकबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
