
राजबाबु शंकर
तेरे जुल्फों के साये में बसेरा हो गया,
नींद मुझे ऐसी आई की सबेरा हो गया ।

– कुनै शायरका पंक्ति हुन् यी । यी पंक्तिले तरुण उमेरवयजन्य रुमानी प्रेमको भावसंवेग बोकेको छ, शायद । ‘शायद’ यसकारण कि, म साहित्यकार होइन । तर, म यहाँ न प्रेमका कुरा गर्न लागिरहेछु, न साहित्यका । बरु यी हरफका भावलाई नेपाली राजनीतिक चरित्रहरूमा रोपण गर्दा कस्तो हुँदोरहेछ भनेर प्रयोगधर्मी हुन खोजिरहेको छु ।
– हाम्रा नेतागणमा सत्तामोह अगाध पाइन्छ । सत्ताप्राप्तिका खातिर जोसुकैसित जोडिन र जुनसुकैबाट आफू फोडिन हरदम तयार हुने चरित्र हाम्रा नेताहरूमा नशा र रगतजस्तै सँगसँगै छ । कुनै बेला यदि सत्तासुन्दरीसित लहसिन पुगे भने बस्… तिनको ध्याउन्न हुन्छ– अब म आजीवन यही पदमा रहेर स्वगेर्न्द्रिय सुखभोग गरिरहुँ । सोच्दा हुन्– आफ्नो जुनी नै धन्य भएको छ । तर, त्यसो भइदिंदैन । विरोधी दल वा आफ्नै दलका असन्तुष्टहरू एक वर्ष बित्दा नबित्दा खेमा बनाएर विकल्प सत्ताको खोजीमा लाग्ने क्रममा कतिपय अवस्थामा त्यस्ता प्रयत्न सफल हुन पुग्दछ । आफूलाई सत्तामा पु¥याउने भूइँमान्छेप्रति गैरजिम्मेवार भएर सत्ताप्रेयसीसितको अभिसारमा हदै मगनमस्त हुनेहरू तब ठान्छन्– …अँध्यारो भयो ।
– उज्यालो र अँध्यारोको अनस्तित्व सम्भव छैन । एउटाको उदय अकोर्को अस्त त हो, तर त्यो अस्त्य समयचक्रअनुसार दुबैको हुन्छ; कहिल्यै क्रमभंग हुँदैन । हाम्रा राजनीतिक पात्रहरू ठान्छन् चैं के भने सत्तामा पुगेपछि अब मेरो–हाम्रो उदय नै मात्रै हो, अस्त छैन । आफ्नो देश र नागरिकप्रति गद्दार कस्ता–कस्ता क्रूर तानाशाहहरू सत्ताको चरमसुखमा पात्तिंदै गर्दा जनाक्रोशबाट गलहत्याइएका छन्, समयान्तरमा घोर दण्डित भएका अनेकानेक उदाहरण छन्, इतिहास बनेका छन् । सत्तामा पुग्दा राजनीतिक सफलताको उदय मात्र देख्नेहरू भ्रममा रहनु हुँदैन, किनभने उदयको अजम्बरी साइनो अस्तसँग छ ।
– लोकलाई शासन गनेर् पद्धति अक्सर सम्यक पाइन्छ । अस्ति ‘पञ्चायत’को शासकीय दस्तावेजमा नराम्रो भन्ने के थियो र ? हिजो सम्बैधानिक राजतन्त्र हुँदा झनै राम्रै–राम्रो मात्र थियो, अघोर प्रजातन्त्रवादीहरूले बनाएका थिए– संविधान । खोट लाउने क्वै भेटिन्थेन । तर, ख्वै… किन टिकेन ? किन विकल्पको खोजी गरिरहियो एकपछि अकोर् गदैर् ? पछिल्लो खेप त राजा नै धेर भयो भनियो, राजा घाँडो भए भनेर उत्पात मच्चाउँदै राजतन्त्रकै जरो उखेलियो । गणतन्त्र बहाली भएपछि त चमत्कार हुन्छ, देश विकास भएन भनेर सुर्ताउनुपनेर् दिन सकिन्छ, रोग–भोकबाट जनता मुक्त हुन्छन् र जनता अलल्य समृद्ध बन्नेछन् भनेर झ्याली पिटियो । तर, १२ वर्ष बित्दा पनि भनिएजसरी के भयो, भइरहेछ र अब हुने छाँट छ ?
– शासकीय ढाँचामा न अस्ति, न हिजो कुनै खोट थियो, न आज नै छ । खोट छ त केवल ढरर्ामा छ । व्यक्ति उही, प्रवृत्ति पुरानै, सोच हिजोअस्तिकै दुरुस्तै ! व्यक्ति फेरिए, प्रवृत्ति जस्ताकोतस्तै ! अनि जुनसुकै नामको शासन व्यवस्था भए पनि शासनको सिंहासनमा पुग्ने र तिनका आछापिछाका कारिन्दाहरूकै मात्र मोजैमोज, आम सर्वसाधारण जनतामा चैं जहिल्यै कसरी बाँच्ने भन्ने उपायको खोज ! ‘कागलाई बेल पाकेसरह’ भएको छ, नेपाली जनतालाई – शासन व्यवस्थामा पटक–पटक भएका परिवर्तनहरू …। शासन सञ्चालनको जिम्मा पाएका अधिकांश जहिल्यै मतिभ्रष्ट र गतिछाडा हुँदा दुर्दान्त कष्ट व्यहोरिरहनु परेको छ – नेपालीजनले ।
– नेपाली जनताको नियति खराब होइन, कहिल्यै थिएन । बरु शासकहरूका नियत चैं पक्कै खराब हुन् । त्यही दुर्नियतले आम जनताको नियतिमा खग्रास ग्रहण लगाएको हो, अद्यापि लगाइरहेकै छ । शासकहरू सत्ताको शीशमहलमा यतिविघ्न मगनमस्त भए कि शासितहरूको अपेक्षा, पीर–मर्काको सुध लिने तिनमा चेत आजपर्यन्त आएन । सत्ता नै तिनको आजीविका बन्यो, बसेरा अर्थात् घर नै सत्ता भयो । अब तिनमा सत्ताको नशाजन्य निंद्रा कहिले टुट्ने हो – यसै भन्न अब पनि सकिन्न । कहीं यस्तो नहोस् – जनताप्रति अगणित बेपर्वाह तिनको निंद्रा खुल्दा यो जग अँध्यारो भइसकेको होस् । माथि उल्लिखित शायरी प्यारोडी नहोस् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
