
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २५ असार । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको कार्यकर्ता र प्रहरी बीच मुडभेड हुदा भोजपुरमा दुईको मृत्यु भएको छ। प्रहरीका अनुसार भोजपुरको सदरमुकाम बजारमा ड्युटी गरिरहेका प्रहरी जवान संजिव राई माथि विप्लव नेतृत्वको नेकपा कार्यकर्ताद्वारा आक्रमण भएको थियो । गोली लागेपछि राईको मृत्यु भएको हो । त्यसै गरि प्रहरीको प्रतिकारमा विप्लव नेकपाको एक कार्यकर्ताको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्नमा आएको छ । प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको जानकारी दिएको छ।
हल्दीबारी, २५ असार । हल्दीबारी गाउँपालिका–२ नम्बर वडा कार्यालयले मंगलबार स्व. रामबहादुर राजवंशीकी श्रीमतीलाई २७ हजार रुपैयाँ बराबरको एम्बुलेन्स खर्च प्रदान गरेको छ । वडाको पहलमा गरिएको चिया मजदुरको बीमा कार्यक्रममार्फत उनको उपचार र एम्बुलेन्स खर्चबापत जुटेको रकम हस्तान्तरण गरिएको वडाध्यक्ष राजेन्द्रप्रसाद योङ्हाङले जानकारी दिए । स्व। राजवंशी चिया मजदुरका रुपमा कार्यरत थिए । केही महिना अघि अस्वस्थ्य भई उनलाई मेची अञ्चल अस्पताल भद्रपुर उपचारका लागि लगिएको थियो । उनको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि काठमाडौँ रेफर गरिएको र उपचारकै क्रममा मृत्यु भएको थियो । ‘हामी स्वास्थ्य रहौ, सबैलाई स्वास्थ्य बनाऔं’ भन्ने कार्यक्रम मार्फत स्वास्थ्य बीमा सञ्चालन गरी…
बिर्तामोड, २५ असार । बिर्तामोड नगरपालिकाको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाले १ अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरसभामा बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंले मंगलबार आर्थिक वर्ष २०६७/०७७ को बजेट, नीति तथा कार्यक्रम पेश गरेकी थिइन् । नीति तथा कार्यक्रमा नगरभित्रका अति विपन्न एक हजार परिवार छनोट गरी प्रति परिवार नगरपालिकाले २ हजार रुपैयाँ र सम्बन्धित परिवारको तर्फबाट १ हजार ५०० रुपैयाँको साझेदारीका स्वास्थ्य बीमा गराउने कार्य थाल्ने योजना छ । बिर्तामोड नगरपालिकाले स्थानीय संचार क्षेत्रको विकास र प्रवद्र्धन गर्न यो वर्षदेखि कार्यक्रम अघि सारेको छ । जस…
सान नेपाल १. करिब १५ वटा जति सानो साइज भएको पानीका बोतल भेला गर्नुहोस् । २. त्यतिनै मात्रामा बजार बाट राम्रो उमार शक्ति हुने खालको ठूलो ठूलो साइजको लसुनको सिंगो पोटी ल्याउनुहोस । ४. कपडा आइरन बक्स लाई हिट हुने गरि तताउनुहोस । ५. बोतलको घाँटी भन्दा माथीको भाग काट्नुहोस । ६. काटिएको भागको धार मेटाउन र साइज मिलाउनको लागि आइरन बक्समा रगेड्नुहोस । ५. बोतलमा पुरै नभरिने गरि पानी भर्नुहोस । ६. सिंगो लसुनको पोटी बोतल माथी राख्नुहोस । ७. भान्सा कोठाको एक पट्टि बोतलहरु सजाएर राख्नुहोस । हावा सरर चल्ने ठाउँ भए उपयुुक्त हुन्छ । ८. ५/६ दिनमा…
काठमाडौँ, २५ असार । पछिल्ला ११ महिनामा २ अर्ब ५९ करोड रुपैयाँको रासायनिक विषादि मुलुक भित्रिएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ७० लाख ८२ हजार किलो विषादी भित्रिएको हो । आयातीत विषादीमध्ये करिब ८५ प्रतिशत तरकारी तथा फलफूलमा प्रयोग गरिन्छ । जानकारका अनुसार जलवायु परिवर्तनसँगै खेती प्रणालीमा देखिएको समस्याले विषादीको आयात बढाएको छ । ‘पछिल्लो समय नयाँ÷नयाँ किरा देखिएका छन् । एकल खेतीमा रसायन हालेपछि रासायनिक विषादीको विकल्प छैन । माटोमा हुने जैविक विषादी मरिसक्यो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बाँके, २५ असार । नरैनापुर गाउँपालिका ४ को वडा कार्यालयको ढोकैमा मोहम्मद असफाकको काठको घुम्ती पसलमा फोटोकपी पसल छ । सौर्य ऊर्जाबाट चल्ने प्रिन्टरबाट गरिने एक प्रति फोटोकपीको दररेट छ, ‘पाँच रुपैयाँ ।’ भन्छन्, ‘रेट पाँच आईसी हो । नेपाली आठ रुपैयाँ दिए पनि चल्छ ।’ वडा कार्यालयका सेवाग्राही उनका ग्राहक हुन् । उनीहरू अधिकांश भारुमै कारोबार गर्छन् । छेवैको चिया पसल, बिरयानी सेन्टर होस् वा पान पसल, कारोबार भारुमै हुन्छ । नरैनापुरमा नेपाली नोट चल्न थालेको धेरै भएको छैन । स्थानीय तहमा जनप्रतिनिधि आएपछि अलि बढी प्रयोगमा आयो । ०७४ सालमा गाउँमै बैंक खुलेपछि धेरैलाई हाम्रो नोट नेपाली भन्ने…
बुधबारे, २५ असार । बुधबारे जेसीजका कोषाध्यक्ष जेसी कृष्ण ढकालले आप्mनो जन्मदिनको अवसरमा नमुना आधारभूत विद्यालय बुद्धशान्ति–१ का विपन्न जेहेन्दार २१ विद्यार्थीलाई विद्यालय पोशाक उपलब्ध गराएका छन् । सोमबार एक कार्यक्रमका बीच उनले सो लत्ताकपडा विद्यालय परिवारलाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बुधबारे जेसीजका अध्यक्ष जेसी हेमन्त बराल, निवर्तमान अध्यक्ष जेसी प्रकाश भण्डारी, कार्यकारिणी उपाध्यक्ष जेसी अनिल वाग्ले, जेसी दीपेन सिटौला, कानुनी सल्लाहकार जेसी चन्द्र कटवाल, उपाध्यक्षहरु जेसी बालकुमार राई, जेसी अर्जुन ढकाल, जेसी गजुहाङ योङहाङ, त्यस्तै जेसी नन्दु राई, जेसी सोमनाथ भट्टराई, जेसी विपुल भट्टराई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बीरेन्द्र घतानी, शिक्षक अभिभावक संघ अध्यक्ष गंगा आचार्य, प्रधानध्यापक ज्ञानेन्द्र…
मोरङ, २३ असार । मोरङ बुढीगंगा गाँउपालिका–४ स्थित कोशी राजमार्ग सडकखण्डमा मोटरसाईकलको ठक्करबाट साईकल यात्री भोजपुर नगरपालिका ३ घर भई बुढिगंगा ४ मा डेरा गरी बस्ने ३४ बर्षिय लोक बहादुर खड्कीको मृत्यु भएको छ । आज बिहान १० बजे उतरबाट दक्षिण तर्फ जादै गरेको को २८ प १९०७ नम्बरको मोटरसाईकलले खडकी लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा उनि गम्भिर घाईते भएका थिए । घाईते खड्कीको बिराट मेडिकल कलेज बिराटनगरमा उपचारको क्रममा ११५५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सुनसरी सोनापुर बस्ने बिष्णु चौधरी ईलाका प्रहरी कार्यालय निमुवाको नियन्त्रणमा रहेका छन…
सुरुङ्गा, २३ असार । नेपाल विद्युत् प्राधिकरणले कनकाई नगरपालिका क्षेत्रका गरीब तथा विपन्न १३५ परिवारलाई निःशुल्क विद्युत मिटर प्रदान गरेको छ । नगरपाकिला क्षेत्रभित्रका सबै वडाका (९ वटा वडा) गरीब घरपरिवारको पहिचान गरी निःशुल्क मिटर प्रदान गरिने लागेको हो । सोही अनुरुप आज पहिलो चरणमा नगरको वडानम्बर १ , २ र ३ का १३५ जनालाई निःशुल्क मिटर प्रदान गरिएको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । केही दिनभित्रै नगरपालिकालाई उज्यालो नगरको रुपमा समेत घोषणा गर्न लागिएको नगरप्रमुख पोखरेलले बताउनुभयो । कनकाई नगरपालिकालाई केही महिना पहिलेमात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशकै पहिलो विद्युत चुहावतमुक्त पालिका घोषणा गर्नुभएको थियो…
भारत (एजेन्सी), २३ असार । भारतको उदलगुरीमा ३ बर्षको बालकलाई देवीको नाममा बली चढाउनै लागेको अवस्थामा प्रहरीले उद्दार गरेको छ तिन जना मानिसले परिवारका साथमा मिलेर तान्त्रिक विधिद्वारा बच्चाको बली दिन लागेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले बच्चाको उद्दार गरेको हो । बच्चालाई बली दिन लागिएको खबर स्थानीयले थाहा पाएपछि अन्तत उनीहरुले पुलिसमा खबर गरेका थिए । पुलिसले उक्त बच्चालाई बलीको नाममा मृत्यु हुनबाट बचाएर महान कार्य गरेका छन् । यस घटनामा संलग्न ३ व्यक्ति र एक तान्त्रिक बाबा भनिनेलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीयका अनुसार एक हाई स्कुलका प्राध्यापकका घरमा गत केही समयदेखि घरमा पुजा पाठको कार्य चलिरहेको थियो…