
भारत (एजेन्सी), २३ असार । भारतको उदलगुरीमा ३ बर्षको बालकलाई देवीको नाममा बली चढाउनै लागेको अवस्थामा प्रहरीले उद्दार गरेको छ
तिन जना मानिसले परिवारका साथमा मिलेर तान्त्रिक विधिद्वारा बच्चाको बली दिन लागेको अवस्थामा स्थानीयको सहयोगमा प्रहरीले बच्चाको उद्दार गरेको हो । बच्चालाई बली दिन लागिएको खबर स्थानीयले थाहा पाएपछि अन्तत उनीहरुले पुलिसमा खबर गरेका थिए । पुलिसले उक्त बच्चालाई बलीको नाममा मृत्यु हुनबाट बचाएर महान कार्य गरेका छन् ।
यस घटनामा संलग्न ३ व्यक्ति र एक तान्त्रिक बाबा भनिनेलाई प्रहरीले हिरासतमा लिएको छ । स्थानीयका अनुसार एक हाई स्कुलका प्राध्यापकका घरमा गत केही समयदेखि घरमा पुजा पाठको कार्य चलिरहेको थियो । अबोध बालकको बली दिनु भन्दा अगाडी उनले आफ्नो घर र बाईकमा समेत आगो लगाएका थिए जसबाट स्थानीयले यो घरमा अब केहि हुदैछ भन्ने अनुमान लगाएका थिए ।
रिपोर्टका अनुसार प्रहरी घटनास्थलमा पुग्दा पुजामा संलग्न तिन व्यक्ति ३ बर्षिय अबोध बालकको बलि दिनका लागि तयारी अवस्थामा रहेका थिए । जसको बिरोधका लागि उत्रिएका पुलिसले माहोल अन्योलग्रस्त भएपछी फायरिंग गरेको थियो ।
जुन घटनामा परि परिवारका ३ सदस्य सख्त घाइते भएका छन भने बच्चालाई प्रहरी र स्थानीयले शकुशल रुपमा उद्धार गरेका छन ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

