
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, ४ असोज । २०६० सालमा स्थापना भएको युनाइटेड युथ क्लब पुनः सकृय हुन थालेको छ । संविधान दिवसको दिन पारेर भिन्न प्रकारको सांगीतिक कार्यक्रम गर्दै क्लबले बिधिवत रूपमा आफुलार्इ क्रियाशील बनाउ लागेको हो । शनिबार गौरादह बजारमा आयोजित कार्यक्रममा क्लबले प्रतियोतात्मक गायन प्रतियोगिता सहित विभिन्न मनोरञ्जनात्मक सामुहिक नृत्यहरु प्रस्तुत गरेको थियो । गायन प्रतियोगितामा स्थानीय सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुले गायन कला प्रस्तुत गरेका थिए । प्रतियोगितात्मक गायन कार्यक्रममा बिजयी हुने छात्र छात्रालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि तथा क्लबका संस्थापक अध्यक्ष हेमन्त कार्कीले विविध कारणबाट निष्क्रिय रहन पुगेको युनाइटेड युथ क्लब…
बिर्तामोड, ३ असोज । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले झापा स्पोर्टस् अवार्ड’ तेस्रो संस्करणको मनोनयनमा पर्न सफल खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । ‘झापा स्पोर्टस् अवार्ड २०७५’ का लागि विभिन्न चार विधामा प्रत्येक विधाबाट तीनतीनजना प्रतिभा शुक्रबार बिर्तामोडमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । जसअनुसार ‘झापा स्पोर्टस् अवार्ड २०७५’ को मनोनयनमा पर्न सफल प्रतिभाहरु वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा उमेश राई (शारीरिक सुगठन), राम दाहाल (शारीरिक सुगठन), नवयुग श्रेष्ठ (फुटबल) छन् । त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) मा एस्तर राई (कराते), अन्जिला तुम्बापो सुब्बा (फुटबल), बिनिता बुढाथोकी (भलिबल) छन् । वर्ष उत्कृष्ट खेलाडी (युवा)…
दीपक चापागाईं क्रान्तिमा बलिदान दिएको मेरो छोराले सपनामा सधैँ मलाई सोध्ने गर्छ बा मेरो बलिदानी आलो रगतले लेखिएका परिवर्तनका आवाजहरु शोषित पीडितहरुको आवाज बुलन्द पार्न अन्याय र अत्याचार गर्नेहरुलाई खरानी पार्न । भ्रष्ट, विचौलिया दलालहरुलाई कुल्चदै राष्ट्रघाति र देशद्रोहीहरुलाई उठ्नै नदिन शासन व्यक्तिको होइन, विधिको बनाउन समुन्नत नयाँ नेपाल निर्माणको निम्ति मेरो बलिदानी रगतका थोपाहरु यो देशको माटोमा सिञ्चित गरेको हुँ । आज मेरो आत्मा पीडामा छटपटाइरहेको छ मेरो रगतलाई बागमतीमा मिसिएको ढल सम्झिएर बेवास्था गरिरहने हो भने मेरो चिहानबाट शान्ति, समृद्धिको विगु्ल फुक्दै सबै खाले विकृति र विसंगतिको अन्त्य गर्न नेपाली जनताको चाहनालाई पूरा गर्न । फेरि पनि म…
सान नेपाल गौरादह, ३ असोज । संविधान दिवसको अवसर पारेर गौरादह नगरपालिकाको आयोजनामा नगर सरसफाइ कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा बिहान सबेरै देखि स्थानीयहरु नगर सरसफाइ कार्यक्रममा जुटेका थिए । सरसफाइ कार्यक्रम नवनिर्मित गौरादह बजार परिसरबाट सुरु गरिएको थियो । सरसफाइमा स्थानीय संघ संस्थाहरुको तर्फबाट शुभलक्ष्मी सहकारी संस्था र गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समिति ब्यानर सहित उपस्थिती जनाएका थिए । संविधान दिवसको दिन पारेर गरिएको बजार सरसफाइमा उच्चमात्रामा फोहोर संकलन गरिएको पाइएको छ । नगरपालिका द्वारा आयोजना गरिएको भनिएको सरसफाइ कार्यक्रममा नगर कर्मचारी तथा जनप्रतिनिधिहरुको भने नगन्य रुपमा उपस्थिति रहेकोे थियो । सरसफाइ कार्यक्रममा नगरपालिकाको तर्फ बाट नगरप्रमुख…
ताप्लेजुङ, ३ असोज । पुराना कपडा पेलेर रुवा बनाउँदै हिँड्ने भारत बिहारका ३० बर्षीय युनुष मियाको रुवा पेल्ने मेशीन पड्केर मृत्यु भएको छ । बिहीवार बेलुका ६ बजेको समयमा कपडा पेलेर रुवा बनाउन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका–१ मा पुगेका मिया सोही स्थानमा रुवा बनाउने क्रममा अचानक मेशिन पड्केर छर्राले लाग्दा निजको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
झापा, ३ असोज । झापाको मेचीनगर नगरपालिका पछिल्लो समय तस्करीको अड्डा जस्तै बन्दै गएको छ । मेचीनगर क्षेत्रबाट कहिले मरिच, कहिले खाद्यान्न, मेसिनरी पाटपुर्जा, लत्ताकपडा लगायतका सामानको अवैध आयात–निर्यात हुने गरेको छ । प्रहरीले दिनहुँ जसो अवैध सामान बरामद गर्ने गरे पनि त्यसमा संलग्न प्रायसः पक्राउ पर्दैनन् । किन सामान मात्र बरामद हुन्छ ? यो पेचिलो प्रश्न हो । सोही कारण पनि अवैध धन्धा बन्द नभएको जानकारहरु बताउँछन् । अवैध मालसामान तस्करीले लाखौँको राजश्व गुमिरहेको छ भने स्वदेशी उत्पादन समेत मर्कामा पर्ने गरेको छ । नेपालमा उत्पादिन सामग्री भारतको भन्दा लागत मूल्य बढी हुने भएकाले महँगो पर्छ । त्यसमाथि तस्करी…
लक्ष्मीपुर, ३ असोज । संविधान दिवसको अवसरमा सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लक्ष्मीपुर सेवा केन्द्र तथा कनकाई नगरपालिका वडा नं. ८ को संयुक्त आयोजनामा सरसफाई तथा खुत्रुके वितरण कार्यक्रम भएको छ । कनपा–८ का विभिन्न सामाजिक संघ÷संगठनको सहभागितामा शुक्रवार लक्ष्मीपुर चोकमा सरसफाई साथै सहारा नेपालका बचतकर्ताहरुका वालबालिकालाई खुत्रुके वितरण कार्यक्रम सम्मपन्न भएको हो । कार्यक्रममा सुन्दर लक्ष्मीपुर विकास समिति, हिमाली मावि, लक्ष्मीपुर बजार व्यवस्थापन, जेष्ठ नागरिक नगर समिति, लक्ष्मीनरायण मन्दिर समिति, नवदुर्गा मन्दिर समिति, शिव पञ्चायन मन्दिर समिति, गणेश्वर मन्दिर समिति, मोरल एजुकेशन फाउण्डेशन, छहारी कृषि सहकारी, सूर्योदय महिला बालबालिका सेवा समाज, शुभलाभ महिला बचत तथा समुह, लक्ष्मीपुर…
बिर्तामोड, ३ असोज । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि बिर्तामोड–१ निवासी मोहन ढकालसहित ढकाल परिवारले एक लाख ५१ हजार एक सय एक रुपैयाँ प्रदान गरेका छन् । आफ्नी नातिनी तथा छोरी मानुषी ढकालको चौथो जन्मोत्सवको अवसर पारी मोहन र शीला तथा मनश्वी र चेतना ढकालले बिहीबार आफ्नै निवासमा कोषका संयोजक तथा पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । मोहन ढकाल कल्पतरु केरियरका सञ्चालक एवं ढुवानी व्यवसायी हुन् । आफ्नो कमाईको केही अंश समाजसेवा र परोपकारी काममा खर्च गर्ने सोचका साथ पत्रकार उपचार कोषलाई सहयोग गरिएको ढकालले बताए । पत्रकारको…
बिर्तामोड, ३ असोज । संविधान दिवसको सन्दर्भ पारेर बिर्तामोड नगरपालिकाले आफूले बनाएका कानुनको कार्यान्वयन र त्यसको प्रावधान सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । संविधान दिवस मूल समारोह समितिको आयोजनामा भएको कार्यक्रममा नगरपालिकाले हालसम्म निर्माण गरेका कानुन, कार्यबिधि र निर्देशिकाहरुको अबस्था र त्यसको कार्यान्वयनका बिषयमा चर्चा गरिएको थियो । बिर्तामोड नगरपालिकाले हालसम्म २१ बटा कानुन आँफै निर्माण गरेर कार्यान्वयनमा ल्याएको छ । यसरी कार्यान्वयनमा ल्याइएका कानुन, नियमबारे पहिले जनप्रतिनिधि र कर्मचारीहरुलाई प्रष्ट पानुपर्ने भएका कारण पहिलो पटक यो कार्यक्रमको आयोजना गरिएको नगर प्रमुख ध्रुबकुमार शिबाकोटीले बताउनुभयो । सो अन्तरक्रियात्मक कार्यक्रममा बरिष्ठ अधिबक्ता टंक उप्रेती, अधिबक्ताहरु कमला उप्रेती, खगेन्द्र खरेल र…
दुधे, ३ असोज । झापाको शिवसताक्षीमा पहिलो पटक जिल्लास्तरिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । दश,ै तिहार र छठपर्वको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक शिवसताक्षी वुद्धिचाल संघले जानकारी दिएको छ । दुधेमा वुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले दुधेलाई खेलकुदको माध्यमबाट परिचित गराउन वुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रतियोगिता ७ देखि ९ कार्तिकसम्म दुधेमा हुने आयोजक संघका अध्यक्ष लाहानसिंह तुम्वापोले जानकारी दिए । शिवसताक्षीमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा ७४ हजारको नगदै पुरस्कार राशी राखिएको छ । करिव २ लाख खर्चको अनुमान राखेको अयोजकले सवै खर्च खेलाडीको सहयोगमा जुट्ने वताएको छ ।…