
दुधे, ३ असोज । झापाको शिवसताक्षीमा पहिलो पटक जिल्लास्तरिय खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता हुने भएको छ । दश,ै तिहार र छठपर्वको अवसर पारेर प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजक शिवसताक्षी वुद्धिचाल संघले जानकारी दिएको छ ।
दुधेमा वुधबार आयोजित पत्रकार भेटघाटमा आयोजकले दुधेलाई खेलकुदको माध्यमबाट परिचित गराउन वुद्धिचाल प्रतियोगिताको आयोजना गर्न लागिएको जानकारी दिएको छ । प्रतियोगिता ७ देखि ९ कार्तिकसम्म दुधेमा हुने आयोजक संघका अध्यक्ष लाहानसिंह तुम्वापोले जानकारी दिए ।
शिवसताक्षीमा पहिलो पटक हुन लागेको यो प्रतियोगितामा ७४ हजारको नगदै पुरस्कार राशी राखिएको छ । करिव २ लाख खर्चको अनुमान राखेको अयोजकले सवै खर्च खेलाडीको सहयोगमा जुट्ने वताएको छ । आयोजकले स्थानीय सरकार शिवसताक्षी नगरपालिकालाई खेलका अन्य विधा सरह चेसलाई पनि सहयोग गरिदिनु पर्ने माग गरेको छ ।
नेपालका पूर्व च्याम्पियन आर्विटर भुपेन्द्र निरौलाको नेतृत्वमा निर्णायक टोलीले प्रतियोगिता सञ्चालन गर्ने खेल संयोजक भिम थाम्सुहाङ्गले जानकारी दिए । प्रतियोगिताको उपाधि विजताले १५ हजार, उपविजेताले १० हजार तथा तेश्रो हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
यसैगरी, चौथो हुनेले ६ हजार ,पाँचौ हुनेले ५ हजार र छैटौ देखी १० आंै हुने बिजेताले जनही ३ हजार रुपैयाँ र प्रमाण पत्र पाउने आयोजक समितिले जनाएको छ । यस्तै वर्गाीकृत पुरस्कार तर्फ भेट्रान, वेष्ट महिला, उदयमान खेलाडी , शिवसताक्षी नगरतर्फको च्याम्पियन, उत्कृष्ठ दुधे र उत्कृष्ठ अन्डर १६का विजेताले जनही २ हजार र प्रमाणपत्र पाउने आयोजक समितिले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

