
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २० साउन । के तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् रु यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ । मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा। प्रवास अधिकारीको भनाइ छ । उनले भने, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरू पारिवारिक र सामाजिक…
बिर्तामोड, २० साउन । । बिर्तामोडमा रगत अभाव भइरहेको बेला इनरवील क्लव बिर्तामोड मिडटाउनले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । जीवन रक्षा पोलिक्लिकि प्राविधिक सेन्टरको संयोजन र नेपाल रेडक्रस बिर्तामोडको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । इनरविल क्लव बिर्तामोड मिडटाउनकी अध्यक्ष भूमिका पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दिपेन्द्र पोखरेल, बिर्तामोड रेडक्रसका सभापति सजेश शिवाकोटी, जगत शर्मा, जीपी पाण्डे, चेम्वर अफ कमर्श झापाका अध्यक्ष सन्तोष अग्रवाल, पोलिक्लिनिकका डाइरेक्टर आयुष थापा लगायतको उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा रोट्याक क्लव आफ बिर्तामोड मिडटाउन कञ्चनजंघा हेल्ड नर्सिङ कलेजको सहभागिता रहेको थियो । उक्त रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका थिए भने धेरैजसो महिला…
बिर्तामोड, २० साउन । एकीकृत सम्पत्ति करका नाममा बृद्धि गरिएको कर फिर्ता लिन माग गर्दै अर्जुनधारा नगरपालिका अन्तरगत नेपाली कांग्रेसका ११ वटै वडासमितिले नगरपालिका प्रत्येक वडा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । नेपाली कांग्रेसका वडा सभापतिहरुको नेतृत्वमा अर्जुनधारा नगरपालिकाका–११ वटै वडाका वडाध्यक्षलाई ज्ञापनपत्र बुझाइएको नेपाली कांग्रेस अर्जुनधारा नगर सभापति हेमराज खरेलले जानकारी दिनुभयो । नेपाली कांग्रेसका अर्जुनधारा नगर सभापति हेमराज खरेल, अर्जुनधारा न।पा। ५ नं वडाका वडासभापतिद्वय देवीनाथ खतिवडा र तारानाथ बरालको नेतृत्वमा रहेको कांग्रेस कार्यकर्ताको टोलीले ५ नं वडाध्यक्ष ध्यानवहादुर भारतीलाई ज्ञापन पत्र बुझाएको थियो । अन्य १० वटै वडामा पार्टीका वडासभापतिको नेतृत्वमा वडा कार्यालयमा पुगेको कांग्रेस कार्यकर्ताको टोलीले…
भद्रपुर, २० साउन । रोटरी क्लब अफ भद्रपुरको पाचौं वर्षको पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरिएको छ । क्लबका वर्ष १८ का अध्यक्ष भेषराज ढकाललले वर्ष १९ का नव निर्वाचित अध्यक्ष टीकाराज ढकाललाई लकेट लगाएर पद हस्तान्तरण गरिएको हो । भद्रपुरमा भएको कार्यक्रममा असिष्टिेण्ड गर्भरमेन्ट रोटरियन कुमार गिरीले सम्बोधन गरेका थिए । कार्यक्रमको प्रमुख आतिथ्यता गर्दै प्रदेश संसद ओमप्रकाश सरावगीले रोटरी क्लब संसारको उत्कृष्ट सामाजिक संस्था भएको उल्लेख गरे । सवै वर्ग एकै ठाउमा बसेर आपत विपत्मा परेका देखि लिएर समाजमा खड्किएको आवश्यक्तालाई काँधमा काँध मिलाएर अघि बढ्नेमा विश्वस्त दिलाएका थिए । मानवीय सेवामा समर्पित रहि आएको क्लबलाइ…
भद्रपुर, २० साउन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिकाको प्रथम भेलाले घनश्याम अर्यालको अध्यक्षमा ११ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ । ३ वर्षे कार्यकाका लागि गठित समितिको उपाध्यक्षमा मानप्रसाद राजवंशी, सचिव चक्रबन्धु अर्याल, सहसचिव इन्द्रकला राई र कोषाध्यक्षमा घनेन्द्रप्रसाद रिजाल सर्वसम्मत चयन भएका हुन् । यसैगरी समितिका सदस्यहरूमा क्रमशः धनमाया अधिकारी, सविना तिम्सेना, विनिता फुयाल, प्रेम चौहान, सविता बोहोरा र मुना राजवंशी रहेका छन् । इस्टुका प्रदेश नम्बर १ का अध्यक्ष यादव अधिकारीको प्रमुख आतिथ्य तथा जिल्ला अध्यक्ष होमराज खतिवडाको विशेष आतिथ्यमा सम्पन्न भेलामा प्रदेश सहसचिव सीताराम सुवेदी, जिल्ला उपाध्यक्ष युवराज दाहाल लगायतको उपस्थिति रहेको थियो ।
कविता लक्ष्मीप्रसाद कोइराला सरकार ! म पढ्दै छु शैक्षिकसत्रको प्रारम्भिक दिनदेखि नै डोको नाम्लो र चिरपटका किताबहरु म पढ्दै छु १ चिप्लेटी ढुङ्गाका डेक्सबेन्चमा ठिङ्ग उभिएर आफ्नै भूगोलका जीवनगति र पाठ्यक्रमहरु म पढ्दै छु खलियाघरको पाठशालासम्म पुगेर जीवनका प्रत्येक पानालाई पल्टाइ पल्टाइ म पढ्दै छु! २ घाँस दाउरा र गोठालाका कथाहरु दिदीबहिनीहरुले पढेका ढिकीजातो र पधेरोका पाठहरु म पढ्दै छु! दाजुभाइहरुले दार्जीलिङ र सिक्किमतिर कान्छा,कपतान र नाम्ले भएर भोगेका हेयका पाठहरु म पढ्दै छु! ३ म नजन्मीकनै मेरा बाउ र काकाहरुले अरुले सुट्केस बोकेको देखेर आफू विदेशिएपछि आज जेलबाटै लेखेका दुखका चिठीहरु म पढ्दै छु! ४ जुन मैले पढ्दा पढ्दै…
नयाँदिल्ली । भारतको उत्तर प्रदेशस्थित एक गाउँमा रक्सीले मातेका एक पुरुषले जुवा हारेपछि आफ्नै पत्नीलाई बलात्कारको लागि साथीहरूलाई सुम्पिएको घटना सार्वजनिक भएको छ । रक्सीले मातेका ती पुरुषले साथीहरूसँग पहिले नै गोप्य रुपमा आफ्नी पत्नीलाई ‘सेक्स’का लागि सुम्पिने बाचा गरेका थिए । जुवामा हारेपछि भने उनकी पत्नीलाई सामूहिक रुपमा बलात्कार भएको हो । उत्तर प्रदेशको जउनपुर जिल्लाको यो घटना हालै सार्वजनिक भएको छ । घटनापछि ती महिला अदालत पुगेकी छिन् । प्रहरीले कुनै कारवाही अघि बढाउन नचाहेको ती महिलाको आरोप छ । महिलाका अनुसार उनका पति जँड्याहा हुन् । पछिल्लो पटक उनले साथीहरूसँग हारेपछि पत्नीलाई नै प्रयोग गरेका छन् ।…
शुक्रबारबाट दोस्रो हप्तामा प्रदर्शनरत फिल्म ‘सुपर ३०’ को सफलतापछि बलिउड सुपरस्टार ऋतिक रोशन फिल्म ‘रामायण’ मा रामको भूमिकामा देखिने भएका छन् । यो फिल्मका लागि सीताको भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई अप्रोच गरिएको छ । तर, उनले निर्माण टीमलाई फिल्म गर्ने वा नगर्ने भन्ने जानकारी दिएकी छैनन् । ऋतिक भने केही दिन अगाडि थ्रीडीमा निर्माण हुने फिल्म ुरामायणु मा अनुबन्ध भएको जानकारी प्राप्त छ । तर, निर्माण टीमले भने यसको खुलासा गरेको छैन । दीपिका पनि फिल्म गर्न राजी भएको खण्डमा पहिलो पटक ऋतिक र दीपिका सिल्भर स्क्रिनमा देखिनेछन् । हालै दीपिकाले फिल्म ‘छपाक’को छायांकन सकेकी छन् । नितेश तिवारी र…
झापा, १८ साउन । सरकारले झापाको दमकमा ‘औद्योगिक पार्क’ निर्माणका लागि अनुमति पाएको चीनको ल्हासास्थित एक कम्पनीलाई विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने अनुमति दिएको छ। शुक्रबार सिंहदरबारमा बसेको लगानी बोर्ड बैठकले सो औद्योगिक पार्क निर्माणका लागि चीनको ल्हासास्थित एक कम्पनीलाई डीपीआर तयार पार्न अनुमति दिएको हो। ६४ अर्ब नेपाली रुपैयाँमा निर्माण गर्ने सो पार्कको डीपीआर तयार पार्ने स्वीकृति चीनको ल्हासा इकोनोमिक एण्ड टेक्नोलोजी डेभलपमेन्ट र जोन जिङपिङ क्रिएशन कन्स्ट्रक्सन कम्पनीलाई दिने निर्णय गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए। बोर्डले विराटनगरमा लजिष्टिक पार्क निर्माणका लागि अध्ययन गर्न सीजी ग्रुप र सराफ ग्रुपलाई दिने निर्णय पनि गरेको छ।…
झापा, १८ साउन । यस गोलाद्र्धकै आयतनले विशाल तथा जनसंख्या, अर्थतन्त्र र सामरिक बन्दोबस्तीका दृष्टिले समेत प्रायःसमृद्ध छिमेकको राष्ट्रले पूर्व, दक्षिण र पश्चिममा नेपाललाई अक्करिलो गरी घेरेको छ । ऊ आफूलाई दक्षिण–पूर्व एसियाकै सबभन्दा अब्बल लोकतान्त्रिक देश ठान्छ र सिद्धान्ततः शासकीय संरचना तथा विधि–प्रक्रियाहरू तद्नुकूल देखाइरहेको छ; तापनि सार्क राष्ट्रहरूको लस्करमा सूचीकृत आफ्ना साना छिमेकी नेपाल लगायत स्वतन्त्र राष्ट्रहरूका प्रति उसको व्यवहार–बर्ताव जहिल्यै नजानिंदो खलनायकीय शैलीमा प्रस्तुत हुने गरेको छ । उसका यस किसिमका छुस्के, पितुकेर् र हेपाहा व्यवहारका कारण विशालता, धनधान्य र शक्ति सम्पन्नता नै महानता होइन भन्ने विश्व राजनीतिक मान्यतालाई ऊ आफैंमा मूर्त तुल्याइरहेको छ । विशेषतः छिमेकका साना सार्वभौम राष्ट्रहरूमा…