झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १३ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ ९एसएलसीई० को नतिजा आज (सोमबार) प्रकाशन गर्ने भएको छ। बोर्डले सबै विषयको नतिजा आजै प्रकाशन गर्ने तयारी गरेको हो। माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा, कक्षा १२ (एसएलसिई) को नतिजा साँझसम्म आइसक्ने परीक्षा बोर्डले जनाएको छ। नतिजा प्रकाशनका लागि सोमबार साँझ पाँच बजे बोर्ड बैठक बोलाइएको छ। प्राविधिकसहितको उपस्थितिमा आइतबार नतिजाको सुद्धता परीक्षण गरिएको थियो। परीक्षणमा गल्ती नभेटिएकाले आज नतिजा प्रकाशन गर्ने तयारी गरिएको बोर्डका एक अधिकारीले जानकारी दिए। परीक्षामा ४ लाख २८ हजार ५२ जना विद्यार्थी सहभागी भएका छन्। विगतमा विज्ञान विषयको नतिजा सुरुमा प्रकाशन गर्ने गरिएको थियो। तर, यस वर्ष सबै…

Read More

(कविता)लक्ष्मीप्रसाद कोइराला हामीहरु बास्दा बास्दै धेरै धेरै बास्यौँ भाले भएर नि बास्यौँ पोथी भएर नि बास्यौँ दिनमा पनि बास्यौँ रातमा पनि बास्यौँ अहो! बास्दा बास्दै हामीहरु यति धेरै बासी सक्यौँ कि मानौँ वर्तमानका कानहरु टट्टाएर भविष्यलाई झर्को लागि सक्यो। तथापि हामी बास्दा बास्दै बास्न छोड्दैनौँ बासी रहन्छौँ घरको धुरी चुहुने छ त्यहीँ चढीचढी बास्छौँ गल्ली गल्लीमा फोहर कुचेला छ सफा गर्दैनौँ त्यहीँ कुदीकुदी उफ्रिउफ्री बास्छौँ। आफ्नै देशमै अथाह छ उल्टै विदेश पुगीपुगी हामीले बास्दा बास्दै धेरै धेरै बास्यौँ मात्रै, बास्यौँ यहाँ, उहाँ, जहाँ, त्यहाँ खुब बास्यौँ भाले भएर बास्यौं अनि पोथी भएर बास्यौँ । हुँदाहुँदा अब त साँच्चै मान्छे नै…

Read More

काठमाडौँ, १२ साउन । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य परीक्षण गरिएको छ । शिक्षण अस्पतालमा कुनै कोठा खाली नभएपछि उनलाई सैनिक अस्पताल लगिएको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्राडा दिब्यासिंह शाहले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूको नियमित स्वास्थ्य परीक्षण मात्रै गरिएको हो’ उनले भनिन्, ‘उहाँको रगत, दिसापिसावलगायत पेटको अल्ट्रासाउन्ड गरिएको छ ।’ उनको अब एउटा रिपोर्ट आउन बाँकी रहेको र बाँकी रिपोर्टमा स्वास्थ्य अवस्थामा सामान्य पाइएको उनको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १२ साउन । काठमाडौं–राष्ट्रगान, राष्ट्रिय झण्डा र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन तथा प्रशारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको विज्ञापन नियमन गर्नेसम्बन्धी विधेयकमा स्वदेश उत्पादनलगायत राष्ट्रिय महत्वका विषयमा विदेशमा विज्ञापन गर्दा झण्डा, चिन्ह, राष्ट्रलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, १२ साउन । केही दिनपहिलेको वर्षाले क्षति पु¥याएको बहानामा व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि उपभोक्तालाई भान्सा चलाउनै कठिन हुँदै गएको छ । दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकायले बजारमा हस्तक्षेप गरेको छैन । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ । गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका…

Read More

भद्रपुर, १२ साउन । झापामा लामो समयदेखि गोरु तस्करी हुँदै आएको छ । विभिन्न समयमा प्रहरीले गोरुसहित मानिस समाते पनि त्यो प्रभावकारी हुन सकेको छैन । झापामा नयाँ–नयाँ प्रहरी प्रमुख आए लगत्तै शान्ति सुरक्षा मजबुद बनाउने प्रतिबद्धतासँगै सबै प्रकारका चोरी–तस्करी नियन्त्रण गर्ने कुरा सुनिन्छ । सँगै केही दिन तस्करले आफ्नो क्रियाकलाप न्यून पनि पार्छन् । तर, समय क्रमसँगै उनीहरुको सक्रियता बढ्ने गरेको छ । यो आँखो देखा कुरा हो । यो सत्य हो– ‘कस्मेटिक’ कुरा होइन । एकाएक चुपचाप भएको तस्करले कसरी आफ्नो क्रियाकलाप तीव्र बनाउन शक्ति आर्जन गर्छ । त्यो सबैको चासोको विषय हो । प्रहरी, प्रशासन, राजनीति दल…

Read More

बिर्तामोड, १२ असार । प्रदेश स्तरीय मुख्य मन्त्री कप फुटबल प्रतियोगिताको च्यम्पियन झापाको सैनिक फुटबल क्लबलाई बिर्तामोड नगरपालिकाले सम्मान गरेको छ । महेन्द्र रत्न मा वि को सभाकक्ष मा आयोजित कार्यक्रम का विच सैनिक फुटबल क्लव सम्वद्ध खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । नगर खेलकुद विकाश समिती का अध्यक्ष टिका सङ्ग्रौलाको सभापतित्व र उपमेयर पवित्रा महतरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम मा बोल्दै झापा गोल्ड कप का सम्रक्षक जल कुमार गुरुङ ले प्रभावकारी योजनाले मात्र खेलकुद को विकाश हुने धारणा राख्नु भयो । केशब भण्डारिले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रममा वोल्दै वार्ड अध्यक्ष हरु दुर्योधन गुरुङ , राजेन्द्र लिङ्देन र…

Read More

बिर्तामोड, १२ साउन । वी.पी. कोइरालाले प्रतिपादन गर्नुभएको समाजवादका व्याख्याता स्व. सि.के. प्रसाईको स्मृतिमा स्थापित सि.के. चिन्तन प्रतिष्ठानको अध्यक्षमा टीका प्रसाई निर्वाचित हुनुभएको छ । बिर्तामोडस्थित प्रतिष्ठान कार्यालयमा शनिबार सम्पन्न साधारणसभाले प्रसाईको अध्यक्षतामा १३ सदस्यीय समिति निर्विरोध निर्वाचित गरेको हो । प्रसाईं यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो । यसैगरी समितिका उपाध्यक्षमा कुमार भट्टराई, महासचिवमा लक्ष्मी आचार्य, सचिवमा इन्दु पूर्वेली र कोषाध्यक्षमा डिल्लीप्रसाद प्रसाईं रहनुभएको छ । समितिका सदस्यहरुमा लीलाबहादुर बस्नेत, मुक्ति सिटौला, लक्ष्मी कोइराला (खनाल), चित्रकला ओली, लीला मैनाली, भीम राजवंशी, खगेन्द्रविक्रम नेम्बाङ र भगवान टुडु रहनुभएको छ । १५ सदस्यीय समितिका लागि समावेशी सहभागितासहित २ सदस्य समितिको पहिलो वैठकले चयन गर्नेछ…

Read More

बिर्तामोड, १२ साउन । २०२८ सालमा सञ्चालित नक्सलवादी आन्दोलनका क्रममा कम्युनिष्टहरुले सञ्चालन गरेको वर्गशत्रु खतम अभियान अन्तर्गत हत्या गरिएका प्रजातान्त्रिक योद्धा इश्वरी चुडालकी श्रीमती पुष्पमाया चुडालसहित विर्तामोड नगरपालिका–४ का अग्रज कांग्रेस कार्यकर्तालाई शनिबार सम्मान गरिएको छ । २०२८ सालमा हत्या गरिएका ईश्वरी चुडाल नेपाली कांग्रेस ताप्लेजुङ जिल्ला समितिका तत्कालीन सचिव रहनुभएको थियो । उहाँसहित ७ जना प्रजातान्त्रिक योद्धाहरुको घरघरमै पुगेर नेपाली कांग्रेस विर्तामोड नगर अन्तर्गत ४ नं वडा समितिले आज सम्मान गरेको ने.वि.संघ नेतृ उमा शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार ३८ औं वी.पी स्मृति दिवसको अवसर पारेर काँशी चौधरीकी श्रीमती झप्पा चौधरी, शिव सिटौला, केदार बुढाथोकी, याम खरेल, विष्णुमाया…

Read More

भद्रपुर, १२ साउन । ३७ औं वी पी स्मृति दिवसको अवसर पारेर नेपाल विद्यार्थी संघ कचनकवल गाउँ पालिकाले नेपालकै होचो स्थान केचनाकवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाली काँग्रेसका महासमिति सदस्य भूमिप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा संघका जिल्ला सभापति राजेन्द्र उप्रेती, काँग्रेस जिल्ला सदस्य कालेन्द्रप्रसाद राजवंशी, संघका सजिल्ला सचिव नारायण नेपालले सम्युक्त रूपमा रक्तदान गरेको कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए । संघका कचनकवल अध्यक्ष सागर राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीपीको समाजवाद बारे चर्चासमेत गरिएको थियो ।

Read More