
बिर्तामोड, १२ असार । प्रदेश स्तरीय मुख्य मन्त्री कप फुटबल प्रतियोगिताको च्यम्पियन झापाको सैनिक फुटबल क्लबलाई बिर्तामोड नगरपालिकाले सम्मान गरेको छ ।
महेन्द्र रत्न मा वि को सभाकक्ष मा आयोजित कार्यक्रम का विच सैनिक फुटबल क्लव सम्वद्ध खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको हो । नगर खेलकुद विकाश समिती का अध्यक्ष टिका सङ्ग्रौलाको सभापतित्व र उपमेयर पवित्रा महतरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रम मा बोल्दै झापा गोल्ड कप का सम्रक्षक जल कुमार गुरुङ ले प्रभावकारी योजनाले मात्र खेलकुद को विकाश हुने धारणा राख्नु भयो ।
केशब भण्डारिले स्वागत मन्तव्य राखेको सम्मान कार्यक्रममा वोल्दै वार्ड अध्यक्ष हरु दुर्योधन गुरुङ , राजेन्द्र लिङ्देन र भोज राज सिटौला ले खेलाडी को व्यवसायिक जीवन को सुरक्षा अनिवार्य हुनु पर्ने वताउनु भयो ।
वक्ताहरुले सिमित श्रोत का बावजुद सैनिक क्लव को उपलव्धी प्रती प्रसम्शा व्यक्त गरेका थिए । खेलकुद विकाश समिती का उपाध्यक्ष दुर्गा राज निरौला ले सन्चालन गरेको कार्यक्रम मा उपमेयर प्रसाइले खेल र खेलाडिको स्तर वृद्धिका लागी आवस्यक सहयोग प्रदान गर्ने आस्वाशन दिनु भएको थियो । यसअघि सैनिक युथ क्लव का खेलाडीलाई वार्ड न १० कार्यालयबाट स्वागत सम्मान गरिएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

