झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिराटनगर, १ साउन । मोरङको सुन्दरहरैचा नगरपालिका(५ जनता गृल उद्योगका कामदार भोजपुर देउरालीका २० बर्षीय प्रकाश कार्कीको करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार अपरान्ह साढे ५ बजेको समयमा गृल उद्योग नजिकै रहेको लक्ष्मी सरस्वती खाजा घरको होडिङ्बोर्ड बिग्री मर्मतको लागी गएकोमा मर्मत गर्ने क्रममा करेन्ट लागी घाइते भई उपचारको लागि बिराटनर्सीङ अस्पताल बिराटनगर पठाईएकोमा उपचारकै क्रममा बेलुका ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यसैगरी सुनसरीको ईनरुवा नगरपालिका(८ का १९ बर्षीय अजय मेहेताको पनी करेन्ट लागेर मृत्यु भएको छ । मंगलवार साँझ साँढे ७ बजे आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर घाईते भएका…

Read More

सुनसरी, १ असार । इटहरीमा श्रीमान श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईकोे मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको आफन्तले बताएका छन। श्रीमान श्रीमतीको एकै दिन दुई जनाको मृत्यु भएपछि स्थानीयले ‘मृत्यु राम्रो’ भएको भन्दै शवलाई नगरपरिक्रमा समेत गराएका छन्। स्थानीयले खनारदेखि नगर परिक्रममा गराउँदै इटहरी–४ स्थित बुढीखोलाको दाहसंकार स्थलसम्म दुवै शवलाई एकै चितामा दाहसंस्कार गरेको छन् ।

Read More

झापा, १ साउन । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित तामाङले प्रदेश कानून बन्नुभन्दा अघि मासिक भत्तावापत लिएको रु ६५ हजार फिर्ता गर्नुभएको छ । नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष तामाङले मङ्गलबार नगरपालिकामा आएर सो रकम फिर्ता गर्नुभएको नगरपालिकाका सूचना अधिकारी पदमबहादुर कार्कीले जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनपछि विसं २०७४ पुस २७ गते मेचीनगर नगरपालिकाको पहिलो नगरसभाले जनप्रतिनिधिको सेवासुविधा तोक्ने क्रममा वडाध्यक्षलाई मासिक भत्ता रु २३ हजार ५०० दिने निर्णय गरेको थियो । तर, २०७५ जेठ १३ गते प्रदेश नं १ ले नगर तथा गाउँपालिकाका जनप्रतिनिधिको सेवासुविधा सम्बन्धमा पारित गरेको कानूनमा नगरपालिकाका वडाध्यक्षको मासिक भत्ता रु २० हजार मात्र हुने…

Read More

बनियानी, ३१ असार । झापामा बम आतंक मच्चाउने चार जनालाई सोमबार जेल चलान गरिएको छ भने एक जना धरौटी तिरेर तारेखमा रिहा भएका छन् । विप्लव माओवादीले ‘नेपाल बन्द’को आह्वान गरेको दिन गत बैशाख २९ गते झापाको कनकाई नगरपालिका–४ स्थित कनकाई पुलमा रहेको डिभाइडरमा शंकास्पद वस्तु (प्रेसर कुकर) फेला परेको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले झापा र सुनसरीको विभिन्न स्थानबाट दमक–१ का ४२ वर्षीय संजय खरेल भन्ने खगेन्द्र खरेल, संखुवासभा खादबारी–८ हिंगुवा घर भई मोरङ सुन्दरहरैचा–७ दुलारीमा बस्दै आएका २१ वर्षीय कमल कोइराला भन्ने लालमणि कर्णखर कोइराला र उर्लाबारी–१ का १९ वर्षीय मनिष माझी, शिवसताक्षी–१० सैनिकबस्तीका ६४…

Read More

सप्तरी, ३१ असार । केही दिनदेखि परेको अविरल वर्षाका कारण हजारौँ जनता विस्थापित भएका बेला बेवास्ता गरेको भन्दै सप्तरी जिल्लाका बाढी पीडितले समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका पुत्ला जलाएका छन् । सप्तरीको सबभन्दा प्रभावित क्षेत्र तिलाठीमा मन्त्री यादवको पुतला जलाएको हो । बाढीका कारण दर्जनौ वेपत्ता भएका छन् भने कतिपयको ज्यान पनि गएको छ तर मन्त्री यादव हालसम्म सप्तरी पुगेको छैनन् । मन्त्री यादवले सप्तरीबाट चुनाव जितेका हुन् । पीडितहरुले डुवान परेको बेला राहत तथा उद्धारका लागि आफ्नो क्षेत्रमा आउनुको साटो मन्त्री यादव विदेश घुम्न जाने गरेको आरोप लगाएका छन् ।

Read More

काठमाडौं, ३१ असार । काठमाडौं महानगरपालिकाका एक नायव सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख सात हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ । महानगरको समाजिक विकास विभागका नायव सुब्बा (पाँचौ तह) कृष्णप्रसाद सोतीलाई अख्तियारको टोलीले सोमबार उक्त परिमाणको घुससहित नियन्त्रणमा लिएको हो । सोती कांग्रेसनिकट स्थानीय तह कर्मचारी युनियन नेपालका काठमाडौं महानगरपालिकाका अध्यक्ष रहेको पनि खुलेको छ । सोतीले सेवाग्राहीसँग सामाजिक विकास विभागमार्फत आएको रकमको कार्य सम्पादन गरी रकम भुक्तानी गरे वापत घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियारको टंगालस्थित टोलीले पक्राउ गरेको हो ।

Read More

काठमाडौं, ३१ असार । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । गत आइतबार भक्तपुर र काभ्रेको सीमानजिकको एक होटेलमा भएको यो छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको सरकारी टोलीको भनाइ छ । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गरेका थिए । छलफलमा विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । उनको नाम गोप्य राखिएको छ । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ पाण्डेले भने । सरकारले गत २८ फागुनमा विप्लव…

Read More

झापा, ३१ असार । देशका विभिन्न स्थानमा अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म ६७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विपद्मा परी काठमाडौँमा तीन, मकवानपुरमा छ, ललितपुर, रौतहट र भोजपुरमा पाँच÷पाँच, ओखलढुङ्गा, सिरहा र सिन्धुलीमा चार÷चार, झापा, खोटाङ, धनुषा र काभ्रेपलाञ्चोकमा तीन÷तीन, उदयपुर, पर्सा, बारा, महोत्तरी, धादिङ र डोल्पामा दुई÷दुई तथा इलाम, पाँचथर, मोरङ, सुनसरी, रामेछाप, चितवन, पाल्पा र दाङमा एकरएक गरी ६७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये २६ महिला र ४१ पुरुष छन् । बाढी तथा पहिरोमा परी ३२ जना बेपत्ता भएका छन् । बेपत्ता भएका १४ महिला र १८…

Read More

भद्रपुर, ३० असार । जिल्लाका महिला लघु उद्यमीहरुले उत्पादन गरेका घरेलु सामग्रीको बजारीकरण गर्ने उद्देश्यले झापाको सदरमुकाम भद्रपुरमा कोसेली घर सञ्चालनमा आएको छ । भद्रपुर नगरपालिकाको १ लाख ५० हजार आर्थिक सहयोगमा नगर लघु उद्यमी संघ भद्रपुरले सोमबारदेखि भद्रपुरको चन्द्रगढी बजारमा कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली बिक्री केन्द्र नाम दिइएको सो कोसेली घरबाट मुख्यरुपमा लघु उद्यमी महिलाले उत्पादन गरेका सजावटका सामग्री, खाद्यसामग्रीलगायत घरायसी प्रयोजनकालागि आवश्यक सामग्री बिक्री–वितरण गरिने संघकी अध्यक्ष सविता श्रेष्ठले जानकारी दिनु भयो । स्थानीय तहलगायत विभिन्न संघ–संस्थाले प्रदान गरेको तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्दै विभिन्न सामग्री उत्पादन गरेका महिला उद्यमीको उत्पादनका लागि बजारको अभाव हुन…

Read More

भद्रपुर, ३० असार । भानुभक्त कुभिण्डेलीको तेस्रो कृति नेता प्रकाम्य छन्दबद्ध कविता संग्रहको विमोचन गरिएको छ । १०६ औं भानु जयन्तिको अवसर पारेर कुभिण्डेलीको तेस्रो कृतिको विमोचन नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरेका हुन् । विमोचित कृतिका बारेमा स्रष्टा विरही अधिकारीले समीक्षा गरेको कार्यक्रममा कृष्णप्रसाद उप्रेती र मेदिनीप्रसाद खरेलका निबनध संग्रहको पनि विमोचन गरिएको थियो ।

Read More