झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

इलाम, ८ असार । कानुनी सहायता नेपाल काठमाडौंले पूर्वी नेपालको इलाममा कानुनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । मुलुकी फौजदारी (संहिता) ऐन २०७४ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा विद्यमान कानूनी व्यवस्थाका विषयमा जनप्रतिनिधि तथा सरोकारवालासँग अन्र्तरकृया गरेको हो । कार्यक्रममा अधिवत्ता लेखनाथ दहालले सहजिकरण गरेका थिए । कानुनी सहायता नेपालका विकास जङ्ग कार्कीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रोङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल रहेका थिए । रोङ १ को वडाकार्यालयको भवनमा भएको कार्यक्रममा विद्यमान कानुनका विषयमा सहजकर्ताले सहभागिलाई जानकारी गराएका थिए । सञ्चारकर्मी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको…

Read More

गौरादह, ८ असार । झापाको गौरादह नगरपालिका–८ मा शनिवार खाल्डोमा जमेको पानीमा डुबेर १ बालकको मृत्यु भएको छ । अपरान्ह ४ बजे सोही स्थान बस्ने तेज बहादुर बोहराको छोरा बर्ष १० को प्रशन्न बोहरा खेल्ने क्रममा सोही ठाउँमा रहेको टीएमटी ईटाभट्टाको खाल्डोमा डुबिरहेको अवस्थामा फेला परेका थिए । डुबेर गम्भीर बनेका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लैजाने क्रममा अपरान्ह साढे ५ बजे बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय गौरीगंजले जनाएको छ ।

Read More

बिर्तामोड, ८ असार । झापाको भद्रपुर नगरपालिका–१ शनिवार करेण्ट लागेर १ जनाको मृत्यु भएको छ । राती ११ बजे सोही ठाँउ बस्ने बेभरी गौतमको घरमा सप्ताह महापुराणमा आएका बिर्तामोड नगरपालिका–४ बस्ने वर्ष ४० को अमृत आचार्यलाई ट्यूवेलमा पानी चलाउने क्रममा विजुलीको तार सर्ट भई करेण्ट लागेको थियो । करेण्ट लागेर बेहोस भएका आचार्यलाई उपचारको लागि ओमसाई पाथिभरा अस्पतालमा चन्द्रगढी पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव मेची अंचल अस्पताल भद्रपुरमा राखिएको छ ।

Read More

बिर्तामोड, ८ असार । १ नम्बर प्रदेश अन्तर्गत झापा र मोरङ जिल्लामा शनिवार भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । झापा मेचीनगर नगरपालिका–१० नागरडुब्बा पुलमा दिउँसो २ बजे पूर्व(पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको को १ ख ७६६५ नम्बरको बसको ठक्करबाट पैदलयात्री मेचीनगर नगरपालिका–९ बस्ने बर्ष ६५ को घनश्याम गर्तौलाको घटनास्थलमा नै मृत्यु भएको थियो । घटनास्थलमा इलाका प्रहरी कार्यालय धुलावारी र काँकडभिट्टाबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरि शव पोष्टमार्टमको लागि मेची अंचल अस्पताल भद्रपुर पठाईएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।…

Read More

ओमन, ७ असार । गैर आवासीय नेपाली संघ (एनआरएनएन) आइसिसीको महाधिवेशन आगामी अक्टोवर १३ देखि १६ तारिखसम्म तोकिएको छ । सम्मेलनको घोषणा गरिएसँगै विभिन्न एनसिसीमा धमाधम अधिवेशन भइरहेको छ । त्यसै सिलसिलामा यही जुन २८ तारिखमा हुन लागिरहेको एनआरएनए ओमनको अधिवेशनको अवसर पारेर विश्वभरीका एनआरएनए अभियन्ता आउनुहुने भएको छ । मध्य पूर्वको सबैभन्दा महत्वपूर्ण एनिससी अर्थात आइसिसीमा सचिव पाएको ओमनको अधिवेशनमा विश्वभरीका केन्द्रीय नेताहरुको हुन लागेको आवागमनलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । हालका सचिव डिवी क्षेत्रीको बसोबास गर्ने देश भएका कारण र मध्य पूर्वले राम्रो नेतृत्व पाइरहहेको बखतमा ओमनको एनसिसी अधिवेशन क्षेत्रीय सम्मेलनको झझल्को दिने देखिन्छ । किनकी एनसिसी…

Read More

अनिल वाग्ले बुधबारे, ७ जेठ । झापाको बुद्धशान्तिमा पनि एक जना डेङ्गुका बिरामी भेटिएका छन् । विभिन्न ठाउँमा डेङ्गु संकमित भेटिइरहेका बेला झापाको बुद्धशान्ति वडा नम्बर ६ मा पनि डेङ्गुका विरामी भेटिएका हुन् । बुद्धशान्ति–६ स्थित ठुटेबर क्षेत्रका ३५ वर्षीय पुरुषलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि उपचारका लागि अस्पताल पु¥याउँदा डाक्टरले डेङ्गु भएको पुष्टि गरेको हो । ती विरामी यतिवेला झापाको विर्तामोडमा रहेको मनमोहन अस्पतालमा उपचाररत् छन् । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Read More

बिर्तामोड, ७ असार । बिर्तामोडस्थित आईआईएचटी झापा नेपालले शुक्रबार आफ्नो ८ औँ स्थापना दिवस मनाएको छ । २०६९ सालबाट सञ्चालनमा आएको आईआईएचटीले स्थापनाकालदेखि नै आईआईएचटी बेङ्लोर भारतको सम्बन्धन लिएर कम्प्युटर तथा मोबाइल सम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्दै आएको छ । स्थापना दिवसको विशेष कार्यक्रममा आईआईएचटीका सञ्चालक लक्ष्मीकान्त खनालले कम्प्युटर सफ्टवेयर, हार्डवेयर तथा मोबाइल रिपेयरिङ सम्बन्धी दक्ष प्राविधिक उत्पादन गर्न सफल भएको बताए । उनले हालसम्म आईआईएचटीमा ३ हजारभन्दा बढी विद्यार्थीले प्राविधिक तालिम लिएको बताए । ‘२०७५ मंसिरबाट आईआईएचटीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)बाट सम्बन्धन लिई दुई सय विद्यार्थीलाई तालिम प्रदान गरिसकिएको छ’, उनले भने, ‘विद्यार्थीलाई काम गर्न सक्ने…

Read More

भद्रपुर, ७ असार । झापाली वामपन्थी आन्दोलनका अग्रणी व्यक्तित्व स्वर्गीय द्रोणप्रसाद आचार्यको २६ औँ स्मृति दिवसको अवसर पारेर पूर्वमन्त्री तथा कांग्रेस नेता केशवकुमार बुढाथोकीसहित ४ जना राजनीतिक योद्धालाई सम्मान गरिएको छ । द्रोणाचार्य स्मृति प्रतिष्ठान झापाको आयोजनामा चन्द्रगढीमा आयोजित कार्यक्रममा जनपक्षीय उम्मेद्वार भइ पञ्चायतको निरङकुश शासन व्यवस्था ढालेर प्रजातन्त्र स्थापनामा योगदान दिएको भन्दै कांग्रेस नेता बुढाथोकी, किशान आन्दोलनका अग्रणी व्यक्तित्व भीम कुँवर, कानुन व्यवसायी लीला उदासी खनाल र हरिप्रसाद अधिकारीलाई सम्मान गरिएको हो । सम्मानित व्यक्तित्वलाई प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले दोषल्ला र सम्मान पत्रले सम्मान गरे । प्रतिष्ठानका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षता तथा प्रदेश सामाजिक…

Read More

द्रोण अधिकारीभद्रपुर, ७ झापा । झापामा धान सुपर‌जो‌नमार्फत कृषिमा आधुनिकीकर‌ण गदैर्‌ यान्त्रिकीकर‌णको‌ सफल प्रयो‌ग गर‌े‌पछि व्यावसायिक धान खे‌ती शतप्रतिशत बढ्यो‌ । तर‌, अवै‌ध रूपमा भार‌तबाट भित्रिने‌ धानका कार‌ण झापाको‌ धानले‌ मूल्य नपाउँदा किसान समस्यामा पर‌े‌का छन् । सर‌कार‌ले‌ धान नकिन्ने‌ र‌ व्यापार‌ीले‌ भाउ नदिने‌ गर‌े‌का कार‌ण सुपर‌जो‌न क्षे‌त्रका किसानले‌ फलाएको‌ धानले‌ मूल्य पाउन नसक्दा किसानले‌ लागत खर्च समे‌त उठाउन सके‌का छै‌नन् । सर‌कार‌ले‌ मूल्य निर्धार‌ण नगर‌े‌को‌ फाइदा उठाउँदै‌ व्यापार‌ीले‌ लागत नै‌ नउठ्ने‌ गर‌ी आपूmखुसी भाउ तो‌के‌का कार‌ण किसान उत्पादन गर‌े‌को‌ धान त्यसै‌ थन्क्याउन बाध्य भएका छन् । सर‌कार‌ले‌ धानमा ने‌पाललाई आत्मनिर्भर‌ बनाउने‌ घो‌षणा पटक–पटक गर‌े‌को‌ छ । तर‌, स्वदे‌शी धानले‌ मूल्य पाउन सके‌को‌ छै‌न । ने‌पालमा…

Read More

पथरी, ७ असार । पूर्वी मोरङको पथरी शनिश्चरे नगरका ३० जना महिलामा पाठेघरको मुखको क्यान्सरको संक्रमण भएको पाइएको छ । शुक्रबार सहारा नेपाल साकोस बिर्तामोड २ ले पथरीमा आयोजना गरेको पाठेघर तथा प्रसूति रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरमा जाँच गर्न आएका महिलामा यस्तो जटिल समस्या देखापरेको छ । ३४० जना महिलाले स्वास्थ्य परीक्षण गर्दा २२ जना महिलामा पाठेघरको मुख संक्रमणको क्यान्सर भएको पत्ता लागेको हो । २२ जनामा क्यान्सरको जीवाणु देखिएको हो । त्यस्तै, आठजना महिलाको आङ खसेको, पाँचजनाको परीक्षण यकिन नभएकाले बायस्पी गर्नुपर्ने देखिएको थियो । एकजनाको भने पाठेघरको मुखमा एैँजेरु पलाएकाले शल्यक्रिया गर्नुपर्ने देखिएको थियो । महिलाको स्वास्थ्य जाँचका…

Read More