झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

कनकाई, १८ फागुन । झापाको कनकाई–२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजा खुवाउने कार्य एक साता पुगेको छ । स्थानीय समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै सो सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क खानाको व्यवस्था गरिदिएका हुन् । विद्यालयका माध्यमिक शिक्षा परीक्षा (एसइइ) को तयारीमा रहेका २२ जना विद्यार्थीलाई ओलीले निःशुल्क खाना र खाजा को व्यवस्था गरिदिएका हुन् । विद्यालयको एक कोठामा विद्यार्थीलाई खाना खुवाउने कामको सुरुवात गरिएको ओलीले जानकारी दिए । २२ जना विद्यार्थी र केही शिक्षकलाई एसइइ परीक्षासम्म खानाको व्यवस्थापन गरिएको उनले बताए । एसइइको तयारीमा रहेका विद्यार्थीहरु बिहान ६ बजे नै विद्यालय आउने…

Read More

झापा, १७ फागुन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रशासनले अनुमति दिएको भक्तपुरका एसपी सूर्य खड्काले बताए । आइतबार बिहान पक्राउ गरेर प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उपस्थित गराएको थियो । उनी विरुद्ध प्रहरीले सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ । यसअघि सर्वोच्च अदालतको आदेशमा उनी फागुन १३ मा रिहा भएका थिए । पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने…

Read More

झापा, १७ पुस । सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिन तत्कालका लागि स्थगित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले मध्यपूर्वमा उत्पन्न पछिल्लो विषम परिस्थितिका कारण जोखिम बढेकाले ती देशहरूमा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति हाललाई स्थगित गरिएको जानकारी दिए । यसअघि वैदेशिक रोजगार विभागले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्दै आएको थियो । परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुख (सहसचिव) रामकाजी खड्काले दिएको जानकारी अनुसार हाल मध्यपूर्वका विभिन्न देशमा गरी करिब १७ लाख २९ हजार २ सय ८८ जना नेपाली नागरिकहरू रहेका छन् । परराष्ट्र मन्त्रालयका…

Read More

बिर्तामोड, १७ फागुन । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नम्बर–२ का उम्मेद्वार सरिता प्रसाईले देश बनाउने भविष्यका योजना हेरेर सुझबुझका साथ मतदान गर्न आम मतदाता समक्ष अपिल गर्नुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं–२ निर्वाचन परिचालन समितिको आयोजनामा यहाँ आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य प्रसाईले सुझबुझका साथ कांग्रेसलाई मतदान गर्न अपिल गर्नुभएको हो । उहाँले राजनीतिक योगदान, नीति, सिद्धान्त, विचार र देश बनाउने खाका प्रस्तुत गरेर विचारको राजनीति गर्न सुझाव दिनुभयो । जेन–जी विद्रोहको पृष्ठभूमि, जेन–जी पुस्तालाई बद्नाम बनाउन आन्दोलनमा भएको घुसपैठ र त्यसयता देखिएका राजनीतिक संकेतले नेपाल भू–राजनीतिक संकटमा फस्ने जोखिम रहेकोतर्फ सचेत रहन…

Read More

अर्जुनधारा, १७ फागुन । गणतन्त्रलाई संस्थागत गर्दै समाजवादबाट राष्ट्रलाई समृद्ध बनाउन नेपाली कम्युनिष्ट पार्टी (नेकपा) तयार भएको झापा क्षेत्र नम्बर २ की उम्मेद्वार धर्मशीला चापागाईंले बताएकी छिन् । झापा क्षेत्र नम्बर २ ‘ख’ अन्तर्गत गरिएको मोटरसाइकल र्यालीमा सहभागी चापागाईंले सम्बोधन गर्दै भनिन्– ‘०७२ को संविधान हुँदै गणतन्त्र स्थापित गर्यौं । त्यसमा अन्य फूलहरु फूले, मौका पाए । पूर्ण समानुपातिक, समाजवाद उन्मुख नीतिबाट जनतालाई स्वास्थ्य, शिक्षा निःशुल्क गर्नुपर्ने, अव्यवस्थित बसोबासलाई पूर्णता दिनुपर्ने महिला, दलित, उत्पीडित वर्गलाई समानतामा उभ्याउनुपर्ने दिन आएको हुँदा संस्थागत गर्ने पार्टी नेकपालाई थप जिम्मेवारी आएको छ ।’ ‘घरदैलोमा हिँड्दै गर्दा, मुद्दा र विचार सही भएको हुँदा तपाईंको विजय…

Read More

ओखर प्रोटिनको सबैभन्दा राम्रो श्रोत हो । यसले शरीरका हानिकारक कोलेस्ट्रोल निकाल्नमा पनि मद्धत गर्दछ । यसमा ओमेगा थ्री फ्याट्टी अम्ल भरपूर मात्रमा पाइन्छ जसको एन्टी इन्फ्लामेटरी गुणवत्ताका कारण उच्च रक्तचापको खतरा पनि कम गर्न मद्दत मिल्दछ । नियमित रुपमा ओखरको सेवन गर्ने महिलामा शारीरिक समस्याहरुको सम्भावना निकै कम हुन्छ । एक दिनमा ४ – ५ वटा ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ । ओखरमा एन्टी अक्सिडेन्ट नामक तत्व हुन्छ जसले कपाल तथा त्वचा सम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै बढ्दो उमेरमा हुने चाउरीपनाबाट छुटकारा पाउन सकिन्छ । ओखरको सेवनले मानसिक समस्या कम…

Read More

मुम्बई, १७ फागुन । दक्षिण भारतीय चलचित्रका चर्चित जोडी विजय देवरकोन्डा र रश्मिका मन्डानाले गत फेब्रुअरी २६ मा राजस्थानको उदयपुरमा परम्परागत रीतिरिवाजअनुसार विवाह गरेका छन् । उनीहरुलाई फ्यान तथा बिभिन्न सेलिब्रेटीले बधाई तथा सफल दाम्पत्य जीवनको शुभकामना दिइरहेका छन् । विवाहको खुसीयालीमा यो जोडीले फ्यानहरूको मुख मिठो गराउने भएको छ । उनीहरुले विवाहको मिठाई तेलंगानादेखि बिहारसम्मका १४ राज्यका विभिन्न सहरहरूमा पठाउने भएका हुन् । जसमा दिल्ली, चण्डीगढ, उत्तर प्रदेश, गुजरात, मध्य प्रदेश, राजस्थान र आन्ध्र प्रदेशलगायतका राज्यहरू समावेश छन् । यसका साथै, यो जोडीले विभिन्न मन्दिरहरूमा ‘अन्नदानम्’ ९भोज० को आयोजना समेत गर्नेछन् । आफ्नो विवाहको खुसीमा फ्यानहरूलाई यसरी सहभागी गराएर…

Read More

काठमाण्डौ, १७ फागुन । अमेरिका र इजरायलले इरानमा आक्रमण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ । कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् । हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाण्डौबाट खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरू प्रभावित भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार साउदीको दमाम र रियाध, यूएईको दुबई, शारजाह र आबुधाबीमा आजका लागि तय उडान रद्द भएका छन् । कतार एयरवेज र इतिहाद एयरलाईन्सले अर्को सूचना नभएसम्मका…

Read More

झापा, १७ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु पाँच हजार ६०० र चाँदी प्रतितोला रु दुई सय ४५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख २० हजार ५०० कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु तीन लाख १४ हजार ९०० मा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य प्रतितोला रु पाँच ९८५ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला रु पाँच हजार ७४० मा कारोबार भएको थियो ।

Read More

शशिधर पराजुलीविराटनगर, १७ फागुन । मोरङको सुनवर्षी नगरपालिकामा मतदातालाई प्रभावित पार्ने उद्देश्यले पैसा बाँड्न हिँडेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । गएराति सुनवर्षी नगरपालिकाबाट उनीहरूलाई चार लाख ४९ हजार रुपियाँ नगदसहित नियन्त्रणमा लिइएको हो । मोरङका प्रहरी उपरीक्षक ९एसपी० कवित कटवालका अनुसार राति ९ बजेको समयमा शङ्कास्पद गतिविधि भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले गाडी खानतलासी गरेको थियो । सो क्रममा स्रोत नखुलेको उक्त नगद फेला परेको हो । खानतलासी गरिएको गाडीमा नगदका साथै नेपाली कांग्रेसको निर्वाचन प्रचारप्रसारका सामग्रीहरू समेत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय लेखनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर…

Read More