
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकता प्राप्त आयोजनाहरू लामो समयदेखि अल्झाइरहने ठेकेदारलाई ‘अयोग्य’ घोषणा गर्नुपर्ने बताएका छन् । त्यस्ता आयोजनाहरूको प्रगति सन्तोषजनक हुन नसकेको भन्दै उनले निश्चित समय दिएर आयोजना पूरा गर्न लगाउनुपर्ने र त्यसपछि सम्बन्धित ठेकेदारलाई अयोग्य घोषणा गर्नुपर्ने धारणा व्यक्त गरेका हुन् । बुधबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४५औँ बैठकका क्रममा उहाँले आयोजना ढिला हुँदा लागत पनि दुई गुणा बढ्ने र त्यसको प्रतिफलको लाभ पनि पर्याप्त नहुने बताए । “राज्यलाई दोहोरो गम्भीर हानि पु¥याउने कम्पनीलाई काम दिन सकिन्न”, उनले भने, “आयोजना पूरा गरेपछि त्यस्ता ठेकेदारलाई ‘डिसक्वालिफाई’ गर्नुपर्छ ।” आजको गोरखापत्र दैनिकमा खबर छ ।
काठमाडौं, ५ असार । सत्तारूढ दल नेकपाले पार्टी एकताको १३ महिनापछि अन्तरिम राजनीतिक प्रतिवेदन प्रकाशित गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच ‘एक्ला–एक्लै’ भएको छलफलमा राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने समझदारी जुटेको दाहाल निकट स्रोतले बतायो । ‘दुई अध्यक्षबीच राजनीतिक प्रतिवेदन प्रकाशन गरेर जाने समझदारी भएको छ’, स्रोतले अन्नपूर्णसँग भन्यो, ‘प्रतिवेदन प्रकाशनमा आएपछि कार्य्दिशामा देखिन थालेको अन्योल हटेर जान्छ ।’ प्रतिवेदन प्रकाशनमा नआउँदा नेकपाको अन्तरिम राजनीतिक कार्य्दिशाबारे नेताहरूबीच असमझदारी देखिएको छ । नेकपाले पार्टी एकतापछि अन्तरिम कालका लागि ‘जनताको जनवाद’ लाई कार्यनीति बनाएर अगाडि बढ्ने निर्णय गरेको थियो । रणनीतिक लक्ष्य समाजवाद र कार्यनीतिक…
काठमाडौँ, ५ असार । कानुनतः यौन हिंसाजस्ता फौजदारी घटनामा मिलापत्र गर्न–गराउन निषेध छ । खासगरी बालिकामाथि भएको यौनहिंसालाई त शून्य सहिष्णुताको श्रेणीमा राखिएको छ । तर, व्यवहारमा बालिकालाई यौन दुव्र्यवहार गर्नेलाई मिलापत्र गरेर उन्मुक्ति दिनेहरु पनि स्वतन्त्र घुमिरहेका छन् । काभ्रेको महाभारत गाउँपालिकाकी एक बालिकालाई यौन दुव्र्यवहार गर्ने अभियुक्तलाई शिक्षक, सामुदायिक मेलमिलापकर्ता आफैले मिलापत्र गराएका थिए । गोकुलेस्थित स्थानीय स्वास्थ्य चौकीमा कार्यरत अहेव बुद्धिदास श्रेष्ठले २०७६ जेठ १२ गते दिउँसो १३ वर्षीया बालिकालाई सार्वजनिक सवारी साधनभित्रै यौनाङ्गमा चोट पुग्नेगरी दुव्र्यवहार गरेका थिए । पीडकले पीडितलाई एक लाख रुपैयाँ दिने र पीडितले कतै मुद्दा नदिने शर्तमा जेठ १४ गते कागज गराएर…
काठमाडौं, ५ असार । रोजगारीको सिलसिलामा विभिन्न मुलुक पुगेका नेपालीमध्ये पाँच सय ३२ जना जेल परेका छन् । आर्थिक जोहोका लागि वैदेशिक रोजगारीमा गएका व्यक्तिहरु सम्बद्ध मुलुकको कानुन विपरीत काम गरेपछि जेल परेका हुन् । कतिपय परिबन्दले पनि जेल पुगेका छन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए । उनका अनुसार रोजगारीको क्रममा परदेशमा रहेका नेपालीमध्ये पाँच सय ३२ जना विभिन्न आरोपमा जेलमा छन् । आजको नागरिक दैनिकमा खबर छ ।
झापा, ५ असार । एक नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयले बिर्तामोडबाट ‘स्वस्थ जीवन’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । आगामी आर्थिक वर्षसम्ममा प्रदेशका १४ वटै जिल्लामा सञ्चालन हुने यो कार्यक्रम बिर्तामोडबाट थालनी गर्न लागिएको हो । शुक्रबार प्रदेशका मुख्यमन्त्री शेरधन राईले अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । प्रदेश सरकारले यस कार्यक्रमका लागि गत माघमा ‘धुर्मुस–सुन्तली’लाई सद्भावना दूत नियुक्त गरेको छ । सर्वसाधारणलाई प्राकृतिक जीवनशैलीमा फर्काउने लक्ष्यका साथ अभियान सुरु गर्न लागिएको स्वस्थ जीवन कार्यक्रमका संयोजक तीर्थ आचार्यले बताए । उनका अनुसार सुरुवाती चरणमा झापा र मोरङमा यो अभियान सञ्चालन हुने छ । ‘अहिले ८० प्रतिशत मृत्यु नसर्ने रोगका कारण भइरहेको…
झापा, ५ असार । झापा, शिवसताक्षी नगरपालिका–७ ब्याङ्डाँडामा गत आइतबार ११ वर्षीया एक बालिका ३८ वर्षीय बाबुबाट बलात्कृत भइन् । छोरीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले बाबुलाई नियन्त्रणमा लियो । पक्राउ परेका बाबु मजदुर हुन् । आइतबार दिउँसो उनी काम सकेर बेलैमा घर आएका थिए । अपरान्ह ४ बजेसम्म घरै बसेका उनी त्यसपछि ब्याङ्डाँडा बजार गएर मदिरा पिएर घर फर्किएका थिए । बालिकाकी आमाले प्रहरीलाई बताएअनुसार साँझ ६ बजेतिर उनले छोरीलाई करणी गरेका हुन् । घटना हुँदा बालिका चिच्याउन थालेपछि आमाले सुनेकी थिइन् । तर, उनले छोरी किन रोइ भन्ने थाहा पाइनन् । ‘उनले प्रहरीसँग भनेकी छिन्, ‘रातभरि छोरी पीडाले रोइरही,…
शिवसताक्षी, ५ असार । शिवसताक्षी नगरपालिका–७ ब्याङ्डाँडामा गत आइतबार ६० वर्षीय बृद्धले गाईलाई करणी गरे । तर, गाई करणी गर्ने बृद्धको मुद्दा भने गाउँमै मिलाइएको छ । एक बृद्धले गाई करणी गर्दै गरेको भिडियो एक स्थानीयले खिचेकी थिइन् । स्थानीय भन्छन्, ‘गम्भीर प्रकृतिका दुई घटनामध्ये गाई करणी गरेको घटना गाउँमै मिलाइयो ।’ गाउँका अगुवा आफैँ घटना मिलाउने कार्यमा सक्रिय देखिएको उनीहरु बताउँछन् । तर, घटना सामसुम पार्नमा को संलग्न थिए भन्ने विषय उनीहरुले खुलाउन चाहेनन् । गाई करणीको घटना प्रहरीलाई समेत जानकारी गराइएन । यस विषयमा जाहेरी नपरेको प्रहरीले जनाएको छ । आजको विवेचना दैनिकमा खबर छ ।
बिर्तामोड, ५ जेठ । आगामी वर्षको बजेटको नीति तथा कार्यक्रमबारे सुझाव लिने उद्देश्यले बुधबार बिर्तामोड नगरपालिकाले सञ्चारगृहका सम्पादकसँग छलफल गरेको छ । बजेट ल्याउने तयारीमा रहेको बिर्तामोड नगरपालिकाले सञ्चार क्षेत्रका कस्ता विषय समेट्नु पर्छ भन्ने विषयमा सुझाव लिन छलफल आयोजना गरेको हो । नगरपालिकाले यसअघि बिर्तामोड क्षेत्रका अस्पताल, निजी विधालय र सहकारी लगायतका क्षेत्रसँग छलफल गरि सुझाव लिने काम गरिसकेको छ । छलफलमा नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पबित्रा महतरा प्र साईं , प्रमुख प्रशासकीय अधिकृत पशुपती खतिवडा, प्रवक्ता अग्नि पाण्डे, देवराज कार्की लगायतको उपस्थितिमा सम्पादकहरुले राय सल्लाह दिएका थिए । बजेट नीति तथा कार्यक्रम बनाउँदा सबै क्षेत्रको अपनत्व हुने…
भद्रपुर, ५ असार । नेपाली कांग्रेस भद्रपुर ७ नम्बर वडा समितिले वडाको विकासमा नगर नेतृत्वबाट बेवास्ता गरिएको भन्दै नगरपालिकालाई ज्ञापनपत्र पठाएको छ । विकास समिति संयोजक तथा महिला संघ क्षेत्रीय सभापति उर्मिला गौतमको नेतृत्वमा गएको ४८ जनाको टोलीले वडाध्यक्ष विनोदप्रसाद पोखरेल मार्फत नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई वडाको विकासमा विभेद नगर्न अनुरोध गर्दै ज्ञापन पत्र पठाइएको हो । सो वडामा सघन सहरी विकास अन्र्तगत भइरहेका सडक स्तरीकरणको कामको गुणस्तरमाथि प्रश्न उठेपनि वडाले रोक्न नसकेको, ग्रामिण बस्तीका सडक, बत्ती, कल्र्भट जस्ता आधारभूत काम नहुँदा स्थानीयमा समस्या बढेको लगायत अघिल्ला सरकारका पालामा सुरू भएर अलपत्र परेका दर्जनौ योजनाका काम निरन्तर अगाडि बढाउन दबाव…
द्रोण अधिकारीभद्रपुर, ५ असार । झापाको सदरमुका भद्रपुर नगरपालिका क्षेत्रमा केही महिनायता दिउँसै घर फोरेर डकैती गर्ने गिरोह सक्रिय भए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । पछिल्लो पटक भद्रपुर–१० स्थित देउनिया खोला किनारमा रहेको वरपिपल टोलका उत्तम सुवेदीको घर मध्यान्न १ वजे डकैती गर्न पसेका दुई जना भारतीय डाकालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएपछि झापा प्रहरीले भारतीय डाकाहरू समूह बनाएरै डकैत गर्न नेपाल छिरेको जानकारी दिएको छ । सोमबार दिउँसो स्थानीय घर फोडेर गरगहना र पैसा लिएर भागिरहेका दुई जना भारतीय नागरिक पक्राउ परेपछि नेपाली बस्तीमा डकैत र चोरी गर्न १० देखि १२ जनाको समूह बनाएर नेपाली बस्तीमा…