
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १३ असार । पार्टीमाथिको प्रतिबन्ध र नेता–कार्यकर्ताको रिहाइ नगरेसम्म नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारसँग वार्तामा नबस्ने बताएको छ । पछिल्लो समय सरकारले कार्यकर्ताको हत्या गर्न थालेको आरोप लगाउँदै चन्द समूहले तत्कालका लागि वार्ताको कुनै पनि सम्भावना नरहेको जनाएको छ । ‘विभिन्न सम्पर्क सूत्रबाट वार्ताका लागि सरकारले पहल गरिराखेको छ,’ पार्टीका एक पोलिटब्युरो सदस्यले कान्तिपुरसँग भने, ‘अब सम्भावना टर्यो, यता वार्तामा आउन भन्ने, उता हाम्रा साथीहरुको हत्या गर्ने । हामीलाई यो कदापि स्वीकार्य छैन ।’ नेकपा अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी शर्मा ओलीले आआफ्ना तर्फबाट वार्ताको पहल गरिरहेको ती नेताको भनाइ छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
बिराटनगर, १२ असार । १ नम्बर प्रदेशका ४ छुट्टाछुट्टै स्थानमा चट्याङले लागेर बुधवार ४ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । दिउँसो पौने ३ बजे मोरङको रङ्गेली नगरपालिका–९ दोहमना बजार छेउमा चट्याङ लागेर सोही स्थानका १४ बर्षीय अभत ऋषिदेव र १५ बर्षीय अनिल ऋषिदेव गम्भीर घाइते भएका थिए । घाइतेहरुलाई उपचारको लागि रङ्गेली अस्पताल पठाइएकोमा उपचारको क्रममा पौने ४ बजे दुवै जनाको मृत्यु भएको थियो । त्यस्तै झापाको बाह्रदशी गाउँपालिका–५ का स्थानीय ५२ बर्षीय दुर्गा प्रसाद ओली र ६० बर्षीय पर्शुराम पाठक ओलीकै घरमा बसिरहेको अवस्थामा चट्याङ लागि दुबै जना घाईते भएका थिए । घाईतेलाई तत्काल…
काठमाडौं, १२ असार । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।
झापा, १२ असार । २०७५ सालको माध्यमिक शिक्षा (एसईई) परीक्षाको नतिजा आज दिउँसो सार्वजनिक गर्ने तयारी भइरहेको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले परीक्षाको नतिजो सार्वजनिक गर्न बिहीबार दिउँसो २ बजे बोर्ड बैठक बोलाइएको छ । गत चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए । नतिजाकाे लागि नेपाल टेलिकमका ग्राहकले १६०० मा डायल गरी प्राप्त निर्देशन अनुसार जानकारी लिन सक्नेछन्। यस्तै, टेलिकम तथा एनसेलको मोबाइल प्रयोगकर्ताले १६०० मा म्यासेज गरेर पनि नतिजाबारे जानकारी लिन सक्नेछन्।…
दैलेख, १२ असार । दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा प्रचूर मात्रामा पेट्रोलियम पदार्थ रहेको देखिएको छ । अब त्यस क्षेत्रमा खानी तथा भूगर्भ विभागको व्यापक अन्वेषणका लागि तीनवर्षे कार्यक्रम कार्यान्वयनमा आएपछि आयातीत इन्धन पेट्रोलियमका लागि वैकल्पिक आयाम खुल्ने सम्भावना बढेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक डा। सोमनाथ सापकोटाले अहिलेसम्मको खोज, अन्वेषणले दैलेख क्षेत्रमा पाइएको कच्चा तेल र विभिन्न ठाउँमा निरन्तर बलिरहेको ग्यासले त्यस क्षेत्रमा व्यापक कच्चा पेट्रोलियम रहेको हुनसक्ने बताए । अहिले नेपालको पेट्रोलियम कार्यक्रम अन्वेषणको चरणमा रहेको बताउँदै उनले पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल र चीनबीच भएको सम्झौताअनुसार अहिले चिनियाँ टोली…
दीपक चापागाईं / केही समय अगाडि नेपाल सरकारले गुठी विधेयक संसदमा टेवल ग¥यो तर चौतर्फी विरोधका बाबजुत अन्ततगत्वा विधेयक फिर्ता लिन पुग्यो यो कसरी यस्तो हुन गयो ? सरकारले गम्भीर भएर सोच्न जरुरी छ । किनभने सरकारका कदम एक पछि अकोर् यसरी नै इँटा झदैर् जाने हो भने भर्खर बन्न लागेको विकासको पर्खाल ढल्न केही वेर लाग्दैन त्यसैले सरकार गम्भीर हुनु जरुरी छ । अब उप्रान्त जुनसुकै विधेयक, योजना, कार्यक्रम, कार्ययोजना ल्याउँदा पर्याप्त मात्रमा छलफल गरेर मात्र ल्याउनु पर्छ नत्र छेस्काले घोच्दा फुटेको बेलुन जसरी फुट्छ त्यसरी नै योजनाहरु फुट्ने छन् र सरकार निकम्मा बन्ने छ । लेखक चापागाईं केही समय अगाडि नेपाल…
भोजपुर, ११ असार । भोजपुर नगरपालिका–११ आम्तेकमा मंगलवार दिउँसो सवा ३ बजे करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । सोही स्थानमा रहेको लक्ष्मी आधारभुत विद्यालयको निर्माणाधिन भवनमा काम गरिरहेका स्थानीय ३५ बर्षीय शम्भु बिशुङखेले उक्त भवनको माथी रहेको बिजुलीको नाङगो तारमा छुँदा करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल भोजपुर पठाएको छ भने अन्य थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
मोरङ, ११ असार । मोरङको रतुवामाई नगरपालिका–५ मलाहा टोल बस्ने २३ बर्षीय जुगेर मियाको चट्याङले लागेर मृत्यु भएको छ । मंगलवार दिउँसो सवा ३ बजेको समयमा रतुवा खोलामा बाँसको अस्थायी पूल बनाईरहेको अवस्थामा अचानक चट्याङको झट्काले लागि मिया गम्भीर घाइते भएका थिए । घाइतेलाई तत्काल उपचारको लागि अरनिको अस्पताल उर्लावारी पठाइएकोमा उपचारकै क्रममा अपरान्ह सवा ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।
अनिल वाग्लेबुधबारे, ११ असार । तीनतले सामुदायिक वन उपभोक्ता समिति बुद्धशान्तिले बुद्धशान्ति–१ मा तीनतले पर्यापर्यटन क्षेत्रको विकास गर्ने भएको छ । सो वन समितिले बुद्धशान्ति–१ को दामा–अँधेरी खोला दक्षिण पूर्वमा पर्यापर्यटन क्षेत्रको विकास गर्ने गरी गुरुयोजना तयार गरेको छ । गुरु योजना अनुसार कार्य सम्पन्न गर्न दुईकरोड ९४ लाख लाग्ने तीनतले सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष नन्दकुमार राईले जनाएका छन् । उनले सो क्षेत्रमा भौगोलिक हिसाबले सम्भावना देखेर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न लागिएको जनाएका छन् । ‘यस क्षेत्रलाई दीर्घकालीन फाइदा पुग्ने गरी पर्यापर्यटन क्षेत्रका रुपमा विकास गर्न सक्ने सम्भावना छ’– राईले भने ‘यस भेगमा रहेका उपभोक्ताको आर्थिक अवस्था कमजोर…
बिर्तामोड, ११ असार । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीले मन्त्रीपरिषदले आफ्नो नाममा निकासा गरेको ३० लाख रुपैयाँ आर्थिक सहायता नलिने घोषणा गरेका छन् । घरमा क्षति पुग्दा मेयर सिवाकोटीले सरकारबाट ३० लाख रुपैयाँ आर्थिक सहायता लिन लागेको सार्वजनिक भएको थियो । १० कात्तिक २०७४ मा बिर्तामोडमा आन्दोलन हुँदा मेयरको घर र गाडीमा क्षति पुगेको थियो । गाडी र घरको क्षतिको रकम बिमाले बेहोरेपछि समेत मेयरका नाममा सरकारले ३० लाख रुपैयाँ निकासा गरेको हो । मेयर शिवाकोटीले मंगलबार साँझ आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेर सरकारबाट आर्थिक सहायता नलिने बताएका हुन् । ‘मन्त्रीपरिषद्बाट वैशाखमै निर्णय भएको रहेछ, त्यसयता म २÷३ पटक काठमाडौँ…