
दीपक चापागाईं / केही समय अगाडि नेपाल सरकारले गुठी विधेयक संसदमा टेवल ग¥यो तर चौतर्फी विरोधका बाबजुत अन्ततगत्वा विधेयक फिर्ता लिन पुग्यो यो कसरी यस्तो हुन गयो ? सरकारले गम्भीर भएर सोच्न जरुरी छ । किनभने सरकारका कदम एक पछि अकोर् यसरी नै इँटा झदैर् जाने हो भने भर्खर बन्न लागेको विकासको पर्खाल ढल्न केही वेर लाग्दैन त्यसैले सरकार गम्भीर हुनु जरुरी छ । अब उप्रान्त जुनसुकै विधेयक, योजना, कार्यक्रम, कार्ययोजना ल्याउँदा पर्याप्त मात्रमा छलफल गरेर मात्र ल्याउनु पर्छ नत्र छेस्काले घोच्दा फुटेको बेलुन जसरी फुट्छ त्यसरी नै योजनाहरु फुट्ने छन् र सरकार निकम्मा बन्ने छ ।

केही समय अगाडि नेपाल सरकारले गुठी विधेयक संसदमा टेवल ग¥यो तर चौतर्फी विरोधका बाबजुत अन्ततगत्वा विधेयक फिर्ता लिन पुग्यो यो कसरी यस्तो हुन गयो ? सरकारले गम्भीर भएर सोच्न जरुरी छ । किनभने सरकारका कदम एक पछि अकोर् यसरी नै इँटा झदैर् जाने हो भने भर्खर बन्न लागेको विकासको पर्खाल ढल्न केही वेर लाग्दैन त्यसैले सरकार गम्भीर हुनु जरुरी छ । अब उप्रान्त जुनसुकै विधेयक, योजना, कार्यक्रम, कार्ययोजना ल्याउँदा पर्याप्त मात्रमा छलफल गरेर मात्र ल्याउनु पर्छ नत्र छेस्काले घोच्दा फुटेको बेलुन जसरी फुट्छ त्यसरी नै योजनाहरु फुट्ने छन् र सरकार निकम्मा बन्ने छ ।

गुठी विधेयक ल्याउँदा सरकारले पहिले पार्टीको केन्द्रीय कमिटी पोलिटब्यूरो, स्थायी समितिमा छलफल गरेर सबै केन्द्रीय नेताहरुलाई तल्लो तहका स्थानीय कमिटीसम्म बुझाएर ल्याउँदा उपयुक्त हुने थियो र अहिले यो विधेयकको पक्षमा सिङ्गो नेकपालाई बुझाउनु पथ्योर्, यहा“ सरकार चुकेको छ । सरकार चलाउने केही १÷२ जानाको कोठरीबाट सल्लाकार होइन, सिङ्गो पार्टीले आफ्नो अपनत्व लिने गरी छलफल गराएको भए, यो विधेयकलाई लाजले मुख छोप्दै फिर्ता लिनु पनेर् थिएन ।
गुठी विधेयकमा ल्याएका कुराहरु अत्यन्तै समय सान्दर्भिक थियो तर केाही दुधमा विष हाल्न पल्केका र धमिला पानीमा माछा मार्न पल्केका बिचौलिया, दलाल र माफियाहरुको गलत हल्लालाई सरकारले तोड्न सकेन । गुठीका नाममा झापाको गैरीगञ्ज गापा वडा नं.१ को माहाभारामा चतरा गुठीका नाममा करिब १,००० बिगाह जग्गा छ । उक्त जग्गाका मोहीहरुले गुठीकै नाममा मालपोत बुझाउन वषैर्ंदेखि जोतभोग गदैर् आएका किसानले ट्याक्टर खरिद गर्न व्यावसाय सञ्चालन गर्न बैंकबाट ऋण लिन पाएका हँुदैनन् र उनीहरु लालपूर्जाबाट बञ्चित हुन जमिन जोत्नेको हुनु पर्दछ ।
भू–माफिया, बिचौलिय र दलाल पुँजीपतिको हुनु हुँदैन । हामीले पैसठी वर्षदेखि यसैको लागि रगत र पसिना बगाएर ल्याएको गणतन्त्रले यी कुरा सम्बोधन गर्नु पयोर् । अकोर् कुरा काठमाडौँको गौशालामा पशुपति क्षेत्र विकास कोषको नाममा करिब १५० रोपनी जग्गा छ । सरकारले यो जग्गा खोसेर जनतालाई बाँड्न भनेकै होइन, यो जग्गामा क्रिसियनहरुको चर्च बनाउन दिने भनेको छैन । सरकारले ल्याएको विधेकले ४० वर्ष पहिलादेखि अत्यान्तै न्यून भाडामा लिएका गौशाला चोकका घरका सटर र कोठाहरु एक व्यक्तिले ५०० मा भाडा लिने त्यसले दोस्रोलाई २,००० मा बेच्ने र तेस्रो ले ५,००० मा बेच्ने चौथोले १०,००० मा र पाचौँले २०,००० मा बेचेर बिचौलिया, दलाल र समान्तीहरुले जनतालाई चुसिचहेका छन् । र, सरकारलाई २० हजारप्रति महिना भाडामा लगाएका कोठाहरु ५००मा लगाएको बनाएर गुठीहरुलाई बुझाइरहेका छन् । यसरी जुकोजस्तो ढाडिएका बिचौलीमाहरुले गलत हल्ला चलाएर गुठी विधेयक अगाडि बढाउन दिएनन् । किनभने वषैर्ंदेखि आफूले हलिमुहाल गरिरहेका काठमाडौँका केही विचौलिया दलाल र भू–माफिया सामन्तिका अगाडि सरकार झुक्नु पनेर् कुनै कारण छैन ।
झापा लगायत नेपालका विभिन्न ठाउ“हरुमा हजारौँ बिगाह जग्गा विभिन्न सामुदायिक विद्यालयहरुका नाममा जग्गाह किसानले वषैर्ं जोतभोग गरी आएका छन् । जोताह किसान मार्कामा परिरहेका छुन् । तिनलाई पेल्न पल्केका सामान्तीहरु यस्ता विधेयकका विपक्षमा जहिले पनि हुन्छन् किनकि उनीहरु रगत र पसिना चुसेर खान पाउँदा रमाइरहन्छन् । यो समस्या देख्न्न उनीहरुका आ“खामा धनको घमण्डको बादल लागेको हुन्छ ।
मैले यी केही उदाहरण मात्र दिएको हो । यस्तो गुठीका नाममा परापूर्वकालदेखि नै धेरै धार्मिक संस्थाका नाममा जग्गा हुन्थे र तिनै जग्गाको आम्दानीले ती धार्मिक संस्था, गुरुकुल, सामुदायिक विद्यालय, विद्यालय हरुको खर्च धान्थ्यो । तर, हाल यो समस्या छैन । विद्यालयहरुलाई राज्यले पर्याप्त लगानी गरेको छ । र, मठमन्दिरको पनि आम्दानीको स्रोत फेरिएको छ । र, राज्य यसको संरक्षण मा जुटेको छ र जुट्नु पर्छ ।
सरकारले विधेयकमार्फत सबै गुठी खोजी हुनुपर्छ÷छैन र गुठीबाट जग्गा लिएर आफ्ना कार्यकर्तालाई बाड्न खोजेको छैन । नेपाली जनता सबैका साझा हुन् वषैर् देखी चुसिएका हेपिएका पेलिएका पिल्सिएका जोताह गरीब जनताको पक्षमा उभिँदा विचोलिया दलालहरुको सामान्ती अवसेस ध्वस्त हुने डरले गोली लागेको घाइते बाघजस्तै भएर सडकमा उत्रिएका हुन्, सरकार बलियो भएर उभिनु पर्छ । सरकारलाई ती वषैर्ंदेखि आवाजविहीन भएकाहरुको सहयोग रहने छ । त्यसैले यो विधेयक शोषित, पीडित, गरिब, निमुखा जनताको पक्षमा थियो जनतालाई बुझाउनु पर्छ ।
यसो भनिरहँदा सरकार यदि गलत नियतले गुठीलाई चलाएर केही पश्चिमा विदेशी शक्तिको डिजाइनमा धार्मिक साम्रादायिक दङ्गा फैलाउने उद्देश्यका साथ धार्मिक सहिष्णुता खल्बल्याउने र हिन्दुधर्मलाई आक्रमण गरी सांस्कृति मास्न उद्दत भएको हो भने धेरै नेपाली जनता यसको विपक्षमा उभिने छन् । र, केही पश्चिमा विदेशीहरुको यो सपना हो भने पानीको फोका फुटेझै नेपाली जनताले फुटाइदिने छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
