झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १९ जेठ । ललितपुरको धोबीघाटमा भएको सडक दुर्घटनामा तत्कालीन प्रेस सेन्टर काठमाडौँका अध्यक्ष गोविन्द शर्माको मृत्यु भएको छ । उहाँसँगै मोटरसाइकल चालक चन्द्रमणि मुडभरीको पनि मृत्यु भएको छ । आज दिउँसो साढे ३ बजे स्कोरपियो र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । सातदोबाटोतर्फबाट बल्खु आउँदै गरेको स्कोरपियो र विपरीत दिशाबाट आएको मोटरसाइकल आपसमा ठोकिएका महानगरीय ट्राफिक प्रहरी प्रभाग सानेपाका प्रमुख (प्रहरी नायब निरीक्षक) हरिसिंह धामीले बताउनुभयो । उहाँका अनुसार मोटरसाइकल चालक मुडभरी र पछाडि बसेका शर्मा दुवैको टाउकामा चोट लागेको थियो । घाइते दुवैलाई पहिले मेघा अस्पताल लगिएको र अस्पतालले रिफर गरेर नर्भिक अस्पताल पठाएको…

Read More

दुल्लु, १९ जेठ । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो । न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले…

Read More

काठमाडौँ, १९ जेठ । नेपाल र मलेसिया बीचको मैत्रीपूर्ण खेल सुरु भएको छ। एसियाली राष्ट्रहरूबीचको वरीयतामा नेपाल र मलेसियाबीच एक स्थानको मात्र अन्तर छ। नेपाल ३४ औं स्थानमा छ भने मलेसिया ३५ औं स्थानमा छ। फिफा वरीयतामा भने नेपाल १ सय ६१ औं र मलेसिया १ सय ६८ औं स्थानमा छ। मलेसिया र नेपाल हालसम्म ६ पटक आमने भएका छन्। जसमा मलेसियाले ५ खेल जितेको छ भने १ खेल बराबरीमा टुङिगएको छ। नेपाली टोलीका कप्तान विराज मर्हजनले मलेसियाविरुद्धको उत्कृष्ट प्रर्दशन हुने बताए। उनले जित निकाल्ने रणनीतिका साथ खेलका लागी प्रयत्न हुने बताए।

Read More

काठमाडौँ, १९ जेठ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । बङ्गालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही दिनअगाडिको गतिविधि रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । देशभर पूर्वमनसुन शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी मङ्गलबारसम्म कायम रहन्छ । एक–दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन…

Read More

काठमाडौँ, १९ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा दुई तिहाईको सरकार भए पनि जनताको आकांक्षा बमोजिमको परिवर्तन नभएको जिकिर गर्नुभएको छ । मानव अधिकार तथा शान्ति समाजको २४औँ वर्ष गाँठका अवसरमा आज आयोजित अन्तरक्रियामा उहाँले गरीब तथा निमुखा दुःखी जनताले चाहेको आर्थिक समृद्धितिर सरकारको ध्यान नगएको बताउनुभयो । उहाँले जनताले दिएको मतको दुरुपयोग गर्दै वर्तमान सरकारले प्रेसलाई तर्साउने काम गरेको, मानव अधिकारमाथि अङ्कुश लगाएको तथा प्रजातन्त्रको मर्ममाथि कुल्चिएको आरोप लगाउनुभयो । उहाँले नेपाली जनताले अब हिंसा थाम्न नसक्ने भएकाले सबैले हिंसाको बाटो परित्याग गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माले) का महासचिव सीपी मैनालीले बहुधार्मिक मुलुकमा…

Read More

काठमाडौँ, १९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कार्यरत इञ्जिनीयर प्रदीपकुमार यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा मुद्दा दायर गरेको छ । इलेक्ट्रिसिटी सहायक पदमा नियुक्त भएका यादवले इञ्जिनीयर पदमा बढुवा हुने प्रयोजनका लागि पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रणको कार्यालय, कास्कीबाट जारी भएको स्नातक तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगले जनाएको छ । आरोपी यादवलाई कारवाहीको माग गर्दै आयोगले आज मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै आयोगले आजै युवक उच्च माध्यमिक विद्यालय, जोगीगाउँ, बर्दियामा कार्यरत उच्च माध्यमिकअन्तर्गत लेखा विषयका शिक्षक वीरबहादुर थारूको स्नातकोत्तर तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली…

Read More

काठमाडौँ, १९ जेठ । संवैधानिक कानून व्यवसायी मञ्चले महासचिव अधिवक्ता अनन्तराज लुइँटेललाई काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दाका पक्षको प्रतिनिधित्व गर्दा मुद्दाकै विपक्षले ज्यान मार्ने धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मञ्चका अध्यक्ष राजु चापागाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ ५ गते मुद्दाकै पक्षका विनोद मैनाली र शिवहरि मैनालीले ज्यान मार्ने धम्की दिएको हुँदा सो आपराधिक कार्यमा संलग्न व्यक्तिलाई दण्डित गर्न माग गरिएको छ । न्याय निरुपणको प्रक्रियामा प्रत्यक्ष वा परोक्ष रुपमा सहभागी हुने मुद्दाका पक्ष, कानून व्यवसायी, साक्षी, चिकित्सकलगायतका विशेषज्ञ एवं पत्रकारमाथि गरिने कुनै पनि प्रकृतिको ज्यादती, शक्ति प्रयोगको धम्की, अभद्र व्यवहार एवं गालीगलौजलगायतका गतिविधिप्रति शून्य…

Read More

काठमाडौँ, १९ जेठ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब सेमिफाइनल प्रवेश गरेको छ । पुलिस क्लबले प्रदेश नं २ लाई १५६ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा पुलिसले प्रदेश २ लाई पराजित गरी पुलिस समूह ‘बी’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २५३ रन बनायो । दुई सय ५४ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश २ ले २९ ओभरमा सवै विकेट गुमाउँदै ९७ रन मात्र बनायो । प्रदेश २ का लागि हरिशङ्कर साहले…

Read More

काठमाडौं, १९ जेठ । धुमुर्स–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे आर्टिकल लेख्ने पत्रकार विनोद ढकाललाई ज्यान मार्ने धम्की आएको छ । काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका ढकाललाई सो रंगशालाबारे लेखेको भन्दै विभिन्न व्यक्तिहरुले सामाजिक संजालमार्फत् ज्यान मार्ने धम्की दिएको ढकाललाई उधृत गर्दै फ्रिडम फोरमले जनाएको छ । ढकाल जनप्रहार साप्ताहिकका प्रधान सम्पादक हुन् । उनी लाहुरी टिभी तथा दैनिक नेपाल अनलाईनसँग आबद्ध छन् । धुर्मुस–सुन्तली फाउण्डेशनले भरतपुरमा बनाउन लागेको अन्तर्राष्ट्रिय रंगशाला क्षेत्रमा लगाइएको जस्तापाताको बारलाई केही दिनअघि स्थानीयहरुले डोजर चलाएर भत्काएपछि विनोद पत्रकार ढकालले विभिन्न कोणबाट त्यसको समीक्षा गरी दैनिक नेपाल अनलाईनमा प्रकाशन गरेका थिए ।…

Read More

काठमाडौं, १९ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि संसद्मा पेश गर्ने नीति तथा कार्यक्रमको तयारीमा जुटेको बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सञ्चार क्षेत्रमा क्रियाशील विभिन्न सङ्गठनका प्रतिनिधि, अगुवा पत्रकार तथा सञ्चारगृहका प्रतिनिधिहरुसँग रायसुझाव माग गर्दै उनले बजेटलाई सर्वपक्षीय बनाउन र कार्यान्वयनको दिशामा सफलता प्राप्त गर्न विभिन्न क्षेत्र र वर्गसँग सुझाव लिइरहेको जानकारी दिए। मुख्यमन्त्री राईले प्राप्त असल सुझावले सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रमले मूतरुप लिने र सार्वजनिक हुने बजेटबाट सबै क्षेत्र लाभान्वित हुने आशय व्यक्त गरे। उनले चालू आर्थिक वर्षमा अहिलेसम्ममा पूँजीगत खर्च २५ प्रतिशत भए पनि आर्थिक…

Read More