झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ जेठ । झापाको बिर्तामोड नगरपालिका–२ रामचोकमा भएको मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान १० बजेको समयमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको को १ च ६२१९ नम्बरको कारलाई सोही दिशाबाट आउँदै गरेको को ११ प ६३३७ नम्बरको मोटरसाईकलले ओभरटेक गर्ने क्रममा बिपरीत दिशाबाट आउँदै गरेको मे १० प ५१९९ नम्बरको मोटरसाईकलसंग ठोक्किदा दुवै मोटरसाईकलमा सवार ४ जना गम्भीर घाईते भएका थिए । घाईतेहरुलाई उपचारको लागि तत्काल बिर्तामोडकै बि.एण्ड.सी. अस्पताल लगिएकोमा उपचारकै क्रममा ६३३७ नम्बरको मोटरसाईकल चालक गौरादह नगरपालिका–५ का ३० बर्षीय टेकनाथ घिमिरेको बिहान ११ः५० मा मृत्यु भएको ईलाका…

Read More

विर्तामोड, २५ जेठ । झण्डै सय करोड लगानीमा झापामा सौर्य उर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी कम्पनीले एक वर्षभित्र १० मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिइएको जनाएको छ । झापाको विर्तामोडमा शनिबार आयोजित कम्पनीको प्रथम साधारणसभामा सञ्चालक समितिका अध्यक्ष लालप्रसाद साँवाले एक वर्षभित्र उत्पादन शुरु गर्ने गरी कामलाई तीव्रता दिइएको बताए । सौर्य उर्जा उत्पादनसम्बन्धी लामो अध्ययन–अनुसन्धानपछि झापाको शिवसताक्षी नगरपालिकाको वडा नं ३ र ४ मा आयोजना सञ्चालनका लागि आवश्यक जग्गा खरिद प्रक्रिया अघि बढाइएको अध्यक्ष साँवाले जानकारी दिए । २६ जना संस्थापक शेयर सदस्य रहेको कम्पनीको दर्ता प्रक्रिया र विभिन्न निकायबाट लिनुपर्ने अनुमतिको कागजी प्रक्रिया…

Read More

काठमाडौँ, २५ जेठ । प्रधानमन्त्री एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोतामा त्रिभुवन आर्मी क्लबले नेपाल प्रहरी क्लबलाई जितको लागि १२६ रनको सामान्य लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको आर्मी ३३ दशमल तीन ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । आर्मीका लागि सोमपाल कामीले सर्वाधिक ३५ रन बनाए । चालीस बल प्रहार गरेका उनले दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका हुन् । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । आर्मीलाई सहजै समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार÷चार विकेट…

Read More

दुबई, २५ जेठ । दुबईको शेख मोहम्मद बिन जाएन रोडमा एक यात्रुबाहक बस दुर्घटना हुदाँ कम्तीमा १७ व्यक्तिको मृत्यु भएको छ । कुल ३१ यात्रु सवार रहेको सो बस सङ्केतचिह्नमा ठोक्किएर दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । सो बस दुर्घटनामा परी विभिन्न देशका नागरिकहरुको ज्यान गएको बताइएको छ । अधिकारीहरूका अनुसार यस दुर्घटनामा परी आठ भारतीय नागरिकको मृत्यु भएको छ । करिब ५० वर्षीया चालक घाइते भएका र उनको उपचार भईरहेको अधिकारीहरुको भनाई छ । दुबई प्रहरीले सामाजिक सञ्जाल ट्विटरमार्फत् दुर्घटनामा परेर मृत्यु भएका व्यक्तिका परिवारलाई समवेदना व्यक्त गरेको र दुर्घटनाबारे अनुसन्धान सुरु भएको जानकारी दिएको छ । दुबई प्रहरीका…

Read More

बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको हत्या भएको बताइएको छ । जेठ ६ गते हत्या गरिएको भए पनि चन्दलाई उडियारी जङ्गलमा लगेर गाडेको र शुक्रबार स्थानीय महिलाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । चन्दको हत्या गरेको आरोपमा पिथौरागढका नीरज कुमारलाई पक्राउ गरी भारतीय प्रहरीले अनुसन्धान थालेको छ । चन्द भारतमा मजदूरी गर्दै आउनुभएको थियो । हत्याको आरोपमा पक्राउ परेका नीरज कुमार जीपका सहचालक रहेको बुझिएको छ । मादक पदार्थ…

Read More

इलाम, २५ जेठ । इलामको सुर्योदय नगरपालिका–१ स्थित श्रीखोला नजिक नगरपालिकाले ठेक्का लगाएको निमार्णधिन कुलोमा डुबेर एकजना कामदारको मृत्यु भएको छ । शुक्रबार दिउँसो साढे १२ बजेको समयमा बिर्तामोड नगरपालिका–१० सैनिक मोड बस्ने ४७ वर्षका मान बहादुर नेम्वाङ श्रीखोलामा डुबि मृत अवस्थामा फेला परेका थिए । घटनाबारे जानकारी हुनासाथ सिमा प्रहरी चौकी मानेभन्ज्याङ र प्रहरी चौकी गोर्खे बाट तत्काल प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राख्नुका साथै ईलाका प्रहरी कार्यालय पशुपतिनगर बाट खटिएको अनुसन्धान टोलिले कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

झापा, २५ जेठ । झापाको दमक नगरपालिका–१ हिमालय माध्यमिक विधालय अगाडी कारको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार राती ८ बजेको समयमा भित्री सडक खण्ड स्थित दक्षिण बाट उत्तर तर्फ जादै गरेको बा ५ च ६८०९ नम्बरको कारले दमक नगरपालिका–२ बस्ने १८ वर्षका बल बहादुर धिमाल लाई ठक्कर दिई गम्भिर घाइते बनाएको थियो । घटनाबारे जानकारी पाउनासाथ तत्काल ईलाका प्रहरी कार्यालय दमक बाट प्रहरीको टोलि खटी घाइतेलाई उपचारको लागि आम्दा अस्पताल दमक पुर्यााएको थियो । कार र कार चालक झापाको दमक नगरपालिका–२ बस्ने ३७ वर्षका बद्री प्रसाद दाहाललाई नियन्त्रणमा लिएको समेत उक्त कार्यालयले जनाएको छ ।

Read More

काठमाडौँ, २५ जेठ । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले दुई हजार ४४९ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको हालसम्म नाप्ने तथा तौलने यन्त्र जाँच तथा नवीकरण नगराएको भन्दै ती व्यापारीलाई कारवाही गरेको हो । कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले तौलमा घटी बढी गरेर सामान बिक्री वितरण गर्ने तथा समयमा नाप्ने तौलने यन्त्र परीक्षण नगर्ने व्यापारीलाई कारवाही गरेको जानकारी दिनुभयो । “नापतौल कार्यालयको मापदण्ड विपरीत काम गर्ने व्यापारीलाई कारवाही गरेका हौँ”, उहाँले भन्नुभयो । चालू आवमा एक हजार ४३ व्यापारीले नाप्ने तथा तौलने यन्त्रका लागि अनुमतिपत्र प्राप्त गरेका छन् भने ४५ व्यापारीको इजाजतपत्र नवीकरण गरिएको छ…

Read More

बिर्तामोड, २५ जेठ । जननायक विश्वेश्वरप्रसाद कोइराला (वीपी)ले झापाको बिर्तामोडमा उद्घाटन गर्नुभएको एकमात्र ऐतिहासिक ‘वीरता स्तम्भ’ संरक्षणको पखाईमा छ । सन्त नेता कृष्णप्रसाद भट्टराईले शिलान्यास गर्नुभएको उक्त स्तम्भको २०३३ सालमा विपी कोइरालाले उद्घाटन गर्नुभएको थियो । २०३३ साल विपीले उद्घाटन गरेको एउटै मात्र ऐतिहासिक चिज बिर्तामोडमा रहेको कांग्रेस नेता सुधीर शिवाकोटीले बताउनुभयो । ‘वीरता स्तम्भको उद्घाटन विपीले गर्नु भएको हो’, शिवाकोटीले भन्नुभयो, ‘यो प्रजातान्त्रिक आन्दोलनको एउटा धरोहर हो, यसको संरक्षणमा हरेक लोकतन्त्रवादीले लाग्नु पर्छ ।’ अलपत्रजस्तै अवस्थामा रहेको वीरता स्तम्भको संरक्षण हुन सकेको छैन । लोकतान्त्रिक आन्दोलनको एक मात्र स्मरण योग्य वीरता स्तम्भ भएको स्थानमा हाल घर निर्माण थालिएको छ…

Read More

सन् २०११ मा भारतीय क्रिकेट टिमले विश्वकप जिते नग्न हुने बचन दिएर सनसनी मच्चाउने पुनम पाण्डेले एकपटक पुनः विश्वकपको नाममा अत्यधिक बोल्ड फोटो सेयर गरेकी छिन् । पुनमले बेलायतमा चलिरहेको विश्वकप सन् २०१९ को समर्थनमा एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् जसमा उनी अर्धनग्न अवस्थामा देखिएकी छिन् । पुनम पाण्डेले इन्स्टाग्राममा हट फोटो सेयर गर्दै लेखेकी छिन्, ‘अब यो सुरु भयो #CRICKETWORLDCUP2019 !’ पुनम पाण्डेको यो तस्बिरले सोसल मिडियामा निकै चर्चा बटुलेको छ । यद्यपी, उनी धेरैजसो आफ्नो बोल्ड अवतारसहित सोसल मिडियामा उपस्थित हुन्छिन् । एजेन्सी

Read More