
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चीनमा पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिईदा १० जनाको मृत्यु भएको छ । सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोकेको पानीजहाजबाट ग्यास चुहिदा १० जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका छन् । स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । घाईते भएकाहरुको यतिबेला उपचार चलिरहेको छ । यता प्रहरी ग्यास चुहिएको सम्बन्धमा केही व्यक्तिहरुलाई अनुसन्धानका लागि प्रक्राउ गरेको छ । एजेन्सी
काठमाडौं, १५ जेठ । प्रतिनिधिसभाका सासंदले संघीय निजामती सेवासम्बन्धी विद्येयकमा मुख्यसचिव र सचिवको नियुक्ति करारबाट पनि गर्न सक्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा समितिका अधिकांश सदस्यले यस्तो धारणा राखेका हुन् । समिति सदस्य जनार्दन शर्माले सचिव र मुख्यसचिवको नियुक्ति मन्त्रीले गर्ने व्यवस्था नभई करारमा नियुक्त गर्नुपर्ने प्रस्ताव गरे । उनले प्रदेश सचिवलाई २÷३ लाख तलब सुविधा दिएर कामप्रति आकर्षित गर्नुपर्ने तर्क गरे । आजको नेपाल समाचारपत्रमा खबर छ ।
काठमाडौं, १५ जेठ । तपाई जथाभावी बीउ विजन वितरण तथा बिक्री त गरिरहनुभएको छैन ? कतै सम्बन्धित निकायको सिफारिस नै नलिई गुणस्तर जाँच गर्दै त हुनुहुन्न ? हो त्यसैले अब ख्याल गर्नुहोला, सरकारले यस्तो कार्य गर्ने कडा कानुनी कारवाही हुने विधेयक तयार पारेको छ । बीउ विजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद सचिवालयमा दर्ता भइसकेको छ । उक्त ऐन सोही साल कार्तिक १० गते तत्कालीन राजा बीरेन्द्रले जारी गरेका थिए । उक्त ऐन २०६४ साल माघ १० गते पहिलोपटक संशोधन भएको उक्त ऐनमा गलत काम गर्नेलाई जरीवानाको व्यवस्था भए पनि कैद राख्ने भन्ने थिएन तर अहिलेको…
काठमाडौँ, १५ जेठ । लोकसेवा आयोगले आज बुधबार झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो। आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गर्न थालिएको जानकारी गराए। सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो। सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन् ।…
काठमाडौं, १५ जेठ । सरकारले आर्थिक वर्ष २०७६–७७ का लागि आज बजेट प्रस्तुत गर्दैछ। अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा बुधबार अपरान्ह चार बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सरकारले आज बजेट ल्याउन लागेको हो। सरकारले आगामी आर्थिक वर्षका निम्ति करिब पौने १६ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्ने बताइएको छ। यसअघि राष्ट्रिय योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपैयाँको बजेट सिलिङ तोकेको थियो। तर, योजनाको माग उच्च रहेको र त्यसलाई सम्बोधन गर्न दवाब बढेका कारण सिलिङभन्दा बजेटको आकार ठूलो हुने बताइएको छ। अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको यो दोस्रो बजेट हो। उनउले…
सन्तोष शर्मा बनियानी, १५ जेठ । ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ…’ देशप्रेमको भावले ओप्रोत र युग परिवर्तन गर्न सक्ने ताकत राख्ने रामेश श्रेष्ठको यो गीतले जोकोहीको मन–मथिंगलमा क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन भने जोकोहीले सक्दैन, ल्याकत राख्दैन । तर, झापा मेचीनगर–१० धुलाबारीका हरि थापा (४६)–ले देशको मुहार फेर्न विद्रोहको विगुल फुके र जनयुद्धमा होमिनुभयो । ‘२०५६ साल तिरको कुरा हो, साथीहरु घरमा आउनुभयो’, माओवादीको सशस्त्र युद्धमा सामेल हुँदा क्षण सम्झँदै थापाले भन्नुभयो, ‘मुलुक र जनजीविका परिवर्तन ल्याउन बन्दुक समाएँ ।’ अहिले उहाँको दाहिने पाता राम्ररी चल्दैन । दाहिने हातले राम्ररी काम गर्दैन…
बुधबारे, १४ जेठ । जतिवेला उनको प्रेम सम्बन्ध चल्दै थियो त्यतिवेला उनले आप्mना प्रेमीलाई पटक–पटक भनिन् ‘तपाईं ठूलो जातको हुनुहुन्छ, म सानो जातको, हामीलाई परिवार–समाजले स्विकार गर्न सक्दैन ।’ उनले जति पटक जातकै आधारमा हामी विवाह गर्न सक्दैनौं भनिन् त्यति नै पटक ‘समाजलाई हामीले हो देखाउने, जातभातको पछि लाग्नुहुन्न, हामी मिलेर बस्ने हो हामी बिचको प्रेम खस्किुनु हुँदैन तब जसले जे भनेपनि केहि हुनेवाला छैन ।’– भनेर उनका प्रेमीले विवाह पूर्व गरेका बाचा सम्झँदै झापा बुद्धशान्ति–३ मा वस्दै आएकी ३७ वर्षिया पवित्रा शिवा पुरीले मलिन स्वरमा भनिन् ‘हामी १० बर्ष सँगै बस्यौं, वितेको ६ बर्षदेखि उहाँ हामीलाई छाडेर जानुभयो ।’…
सुनसरी, १४ जेठ । सुनसरीको ईटहरी उप-महानगरपालिका-९ हस्पिटल चोकबाट प्रहरीले लागूऔषध सहित सोमवार १ जनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित सोही नगरपालिका बस्ने बर्ष २८ को सुरज सापकोटालाई पक्राउ गरेको हो । दिउँसो २ बजे शंकास्पद अवस्थामा हिडिरहेका सापकोटालाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागूऔषध नाईट्रोसन ट्याब्लेट(१ सय ३६ चक्की र डाईलेक्स डि।सी। ४ बोतल बरामद गरेको थियो । लागऔषध सहित पक्राउ परेका सापकोटालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
पाँचथर, १४ जेठ । पाँचथरको कुम्मायक गाउँपालिका(५ तमोर नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर १ जना विद्यार्थी बेपत्ता भएका छन् । सोमबार दिउँसो ३ बजेको समयमा पृथ्वी उच्च माध्यामिक विद्यालय यासोकबाट ७ जना शिक्षक र १ जना विद्यार्थी सहित ८ जना तमोर नदिको लमुघाटमा पौडी खेल्न गएकोमा पौडी खेल्ने क्रममा सोही गाउँपालिका–१ गैरीगाँउ वस्ने वर्ष २० को डिल्लिहाङ नेम्वाङ (विद्यार्थी) बेपत्ता भएका थिए । घटना पश्चात सोही स्कुलका शिक्षकले अपरान्ह सवा ५ बजे इलाका प्रहरी कार्यालय यासोकमा जानकारी गराउनासाथ तत्काल खटिएको प्रहरी टोली र जिल्ला प्रहरी पाँचथरबाट समेत थप प्रहरी टोली खटि गई बेपत्ता भएका नेम्बाङको खोजीकार्य भईरहेको उक्त कार्यालयले…
बिर्तामोड, १४ जेठ । बिर्तामोडको ग्यालेक्सी फिटनेसले प्रदेश नं. १ स्तरीय दोस्रो मिस्टर ग्यालेक्सी शारिरिक सुगठन प्रतियोगिता गर्ने भएको छ । फिटनेसले सोमबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी भदौ २० र २१ गते बिर्तामोडमा प्रतियोगिताको आयोजना गरेको जानकारी दिएको हो । ५५, ६०, ६५, ७० र ७५ केजी तौल समुहका खेलाडी बीच प्रतिस्पर्धा हुने प्रतियोगिता आयोजक समितिका अध्यक्ष आशिष वनले जानकारी दिए । ‘१४ जिल्लाबाट ७० देखि ८० खेलाडी प्रतियोगितामा सहभागी हुनेछन्’, उनले भने ‘झापाबाट मात्र ३५ देखि ४० जना खेलाडी सहभागी हुन्छन् ।’ प्रतियोगिता सम्पन्न गर्नका लागि १४ लाख ८० हजार अनुमानित खर्च हुने आयोजकले जानकारी दिएको छ । प्रत्येक…