
चीनमा पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिईदा १० जनाको मृत्यु भएको छ । सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोकेको पानीजहाजबाट ग्यास चुहिदा १० जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । घाईते भएकाहरुको यतिबेला उपचार चलिरहेको छ । यता प्रहरी ग्यास चुहिएको सम्बन्धमा केही व्यक्तिहरुलाई अनुसन्धानका लागि प्रक्राउ गरेको छ । एजेन्सी
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

