
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १५ जेठ । सरकारले बृद्धभत्ता एक हजार बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बृद्धभत्ता एक हजार बढाइएको जानकारी दिइएको हो । वृद्धभत्ता एक हजार बढेसँगै अब यो वापतको भत्ता अब तीन हजार पुगेको छ। १३ लाख जेष्ठ नागरिकलाई लाभ हुने गरि सरकारले बृद्ध भत्तालाई २ हजारबाट ३ हजार बनाएको हो । यस्तै सरकारले सामाजिक सुरक्षा भत्ता पनि एक हजारले नै बढाएको छ ।
काठमाडौँ, १५ जेठ । राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६÷७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई रु सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यस्तै सोही आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले अलपत्र पारेको सो आयोजनालाई सरकारले हालै मात्र नयाँ प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । निर्माण व्यवसायीले तोकिएको समयमा नै काम गरेको भए सो आयोजना हाल सञ्चालनमा आइसक्ने थियो । गत माघदेखि अलपत्र सो आयोजनालाई…
काठमाडौँ, १५ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ । नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उहाँले आगामी वर्षभित्र विद्युत् उत्पादन दोब्बर हुने बताउनुभयो । उक्त बजेट आजै दिउँसो सम्पन्न राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्को बैठकले पारित गरेका थिए ।
काठमाडौँ, १५ जेठ । पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय रेखा नेपाल प्रवेश गरेकाले अहिले हल्कादेखि मध्यम वर्षा सम्भावना रहेको मौसमविद् सुजन सुवेदीले बताउनुभयो । उहाँका अनुसार तत्काललाई भारी वर्षाको सम्भावना छैन । केही दिन निरन्तर वर्षा र केही दिन चर्को घाम तथा बेलुकीपख हल्का हावाहुरीसहित वर्षा भइरहने मौसमविद् सुवेदीले बताउनुभयो । उहाँका अनुसार मनसुन न्यून चापीय रेखा माथितिर (नेपालको भू–भागमा ) प्रवेश गर्दा मनसुन सक्रिय भई वर्षा हुने र मनसुन न्यून चापीय रेखा दक्षिणततर्फ (भारतको भू–भागमा) जाँदा…
नान्जिङ, १५ जेठ । चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब एक लाख ३० हजार अमेरिकी डलर बराबरको ठगी गरेको प्रहरीको आशंका छ । गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरी समक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजूरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए । ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा एक हजार चिनिया मुद्रा युआन पठाएको लिउले बताएका थिए । तर एक साता नपुग्दै उनलाई पाँच हजार युआन कमाएको भनिएको थियो । लिउलाई…
काठमाडौँ, १५ जेठ । लेकम गाउँपालिका–३ लालीमा निर्माण गरिएको नेपाल भारत जोड्ने झोलुङ्गे पुलमा पाँच महीनादेखि ताला लगाइएको छ । पुल निर्माण सकिए पनि भारतीय पक्षले पुलमा नियमित आवागमनका लागि स्वीकृत नदिँदा ताला लगाइएको हो । नेपालको तर्फबाट पुलको सबै प्रक्रिया पूरा गरिएको छ तर भारतको पिथौरागढ जिल्लाका जिल्ला अधिकारीले पुलका लागि स्वीकृत दिइएको छैन। पटक पटक पुलको अनुगमन तथा निरीक्षण गरिए पनि नियमित सञ्चालन गर्न अनुमति नदिँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ। गत पुसमा निर्माण व्यवसायीले पुल निर्माण सम्पन्न भएको जानकारी गराएको हो । “महाकाली नदीमा दिनहुँ पानी बढेको छ, अहिले ट्युबबाट वारपार गर्नसमेत जोखिम बढेको छ”, स्थानीय माधवप्रसाद…
काटमाडौं, १५ जेठ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले लोकतन्त्रमाथि हमला गर्न सुरु गरेको आरोप लगाएका छन्। सभापति देउवाले प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिन खोजेर सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सुरु गरेको उल्लेख गर्दै त्यसको रक्षाका लागि तयारी अवस्था रहन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान समेत गरे। गणतन्त्र दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्ति बाटिकामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उनले लोकतन्त्रको लागि लडेको काँग्रेसले नै यसको रक्षा गर्नुपर्ने पनि स्पष्ट पारे। ुजहाँ प्रेस स्वतन्त्रता हुँदैन, त्यहाँ लोकतन्त्रनै हुँदैन,’ सभापति देउवाको भनाई थियो,।प्रेस स्वतन्त्रता र मानव अधिकार आयोगलाई नियन्त्रणमा लिएर सरकारले…
पर्सा, १५ जेठ । बालकलाई अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले आज तीन जना युवकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–३ प्रगतिनगर निवासी शम्भु साह तुरहाका आठ वर्षीय छोरा करणको अपहरण गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीयसहित तीन युवकलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका भारत विहारको बेतिया घर भई हाल वीरगञ्जको प्रगतिनगरमा बस्दै आएका विकास शर्मा, बाराको कलैया उपमहानगरपालिका–११ निवासी सिकेन्द्र साह र बाराकै खपरताता बस्ने विनेश महतोलाई प्रहरीले आज पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको छ । घरअगाडि खेलिरहेको अवस्थामा जेठ १० गते करणलाई अपहरण गरी उनका पितासँग ३० लाख फिरौती माग्दै आएको र फिरौती पाउन ढिलो भएपछि बालकको…
डोटी, १५ जेठ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको समस्यालाई सरकारले वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्। मङ्गलबार नेपाली काङ्ग्रेस डोटीले आयोजना गरेको आमसभामा नेता पौडेलले देशमा हिसांत्मक घटना बढ्दै गएकाले ‘विप्लव’ समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्नुको विकल्प नरहेको सुझाव दिए। देश परिवर्तनका लागि गरेका सबै प्रयास असफल भइसकेकाले देशमा विकास र समृद्धिको यात्रा तय गर्नतर्फ सरकार गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए। उनले भने, ‘विप्लव कसरी जन्मियो ? कहाँबाट जन्मियो र किन जन्मियो यसका बारेमा सरकारले बुझेर समाधान गर्नतिर लाग्नुपर्छ।’ नेता पौडेलले सरकारले ‘विप्लव’ माओवादीमाथि नियन्त्रण गर्न प्रतिबन्धको कदम चालेर देशलाई द्वन्द्वमा फसाउन खोजेको आरोपसमेत…
कश्मिरको पुलवामा आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध झनै बिग्रिएको छ । दुबै देशको सत्तापक्षबीच केही समझदारी देखिए पनि जनताहरुमाझ भने एक अर्काका लागि घृणा कम भएको छैन । यसबीच जुन मा हुन लागिरहेको विश्वकपमा भारत र पाकिस्तानको बीचको खेललाई लिएर विभिन्न खाले चर्चा हुन थालेको छ । जुन १६ मा हुन लागिरहेको विश्वकप खेललाई लिएर कसले एक अर्कालाई धुलो चटाउँलान् भन्ने मात्र चर्चा छैन यो खेलमा सुरक्षा स्थितीलाई लिएर पनि गम्भीर प्रश्नहरु उठिरहेका छन् । भारत पाकिस्तानबीचको खेलमा आतंककारी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यस्ता चिन्ताहरुकाबीच विश्वकपका सुरक्षा निर्देशक जिल मैकक्रैकनले भने भारत पाकिस्तानको खेलमा सुरक्षा…