
कश्मिरको पुलवामा आक्रमणपछि भारत र पाकिस्तानको सम्बन्ध झनै बिग्रिएको छ । दुबै देशको सत्तापक्षबीच केही समझदारी देखिए पनि जनताहरुमाझ भने एक अर्काका लागि घृणा कम भएको छैन ।
यसबीच जुन मा हुन लागिरहेको विश्वकपमा भारत र पाकिस्तानको बीचको खेललाई लिएर विभिन्न खाले चर्चा हुन थालेको छ । जुन १६ मा हुन लागिरहेको विश्वकप खेललाई लिएर कसले एक अर्कालाई धुलो चटाउँलान् भन्ने मात्र चर्चा छैन यो खेलमा सुरक्षा स्थितीलाई लिएर पनि गम्भीर प्रश्नहरु उठिरहेका छन् । भारत पाकिस्तानबीचको खेलमा आतंककारी हमला हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ ।
यस्ता चिन्ताहरुकाबीच विश्वकपका सुरक्षा निर्देशक जिल मैकक्रैकनले भने भारत पाकिस्तानको खेलमा सुरक्षा अवस्थालाई लिएर भएको टिप्पणीहरुको खण्डन गरेका छन् ।
उनले भारत पाकिस्तानबीच हुने खेलका लागि मात्र नभई सबै खेल हुने स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जनाएका छन् । उनले सुरक्षाकर्मीहरु इन्टेलिजेन्सहरुको सिधा सम्पर्कमा रहेको र कुनै पनि आतंककारी हमलाको खतरा नरहेको स्पष्ट पारेका छन् । त्यसैले यी दुई देशबीच हुने खेलमा सुरक्षालाई लिएर कुनै आशंका नगर्न उनले अनुरोध गरेका छन् ।
पुलवामा आक्रमणपछि भारत पाकिस्तान विश्वकपमा सातौ पटक एक अर्काबिरुद्ध खेल खेल्दैछन् । त्यसोत पुलवामा आक्रमणपछि भारतले पाकिस्तानसंग विश्वकप खेल्नै नहुने भन्दै आवाज उठेको थियो । उता खेलाडीहरुले भने पाकिस्तानलाई धुलो चटाउने मौका छोड्न नहुने भन्दै टिप्पणी गरेका थिए । कतिपयले खेलाडीहरुलाई देश भन्दा आफनो म्याच महत्वपुर्ण मानेको भन्दै आलोचना गरेका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

