
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काडमाडौँ, १० जेठ । मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाको एकाधिकार तोड्ने सम्बन्धमा मलेसिया सरकार समेत सकारात्मक देखिएको छ । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे र मलेसियाका मानव संशाधनमन्त्री एम.कुलासेगरनबीच बिहीबार भएको छलफलमा मलेसिया सरकार नयाँ स्वास्थ्य संस्था छनोट गरी सिन्डीकेट हटाउने सम्बन्धमा सकारात्मक देखिएको हो । नेपालमा मलेसियाको स्वास्थ्य परीक्षण गर्ने संस्थाको सूचीकरण र छनोट प्रक्रिया भइरहेका बेला मलेसिया सरकारले समेत नेपाल सरकारले गरिरहेको नयाँ संस्था छनोट प्रक्रियालाई सकारात्मक रुपमा लिएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
वीरगन्ज, १० जेठ । भारतको लोकसभा चुनावमा सत्तारूढ पार्टी भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहासिक सफलता पाएको भन्दै नेपालको वीरगन्जमा अलग अलग समूहले खुसीयाली मनाएका छन् । ती समूहले मोदीको तस्बिरसहितको ब्यानर बोकेर सहर परिक्रमा गरे भने दीप प्रज्ज्वल र मिठाइ पनि बाँडेका छन् । मोदीको जीतको खुसियालीम विश्व हिन्दू संगठन नामका युवाले वीरगन्जको घन्टाघरबाट मोटरसाइकल र्याली निकालेका हुन् । ओईसही नागरिक समाज पर्साले घण्टाघरमा मोदी नेतृत्वको पार्टीको विजयको खुसियालीमा मिठाई वितरण गरेको छ । मिठाई वितरणपछि त्यही स्थानमा बिहीबार साँझ मैनबत्ती पनि बालिएको छ । यसअघि मोटरसाइकल र्याली घण्टाघरबा गरेर हर हर मोदी, घर घर मोदी आउ…
काठमाडौं, १० जेठ । प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता,कार्यकर्ता,मतदाता,शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने सो ठाउँमा प्रधानमन्त्रीले आफ्नो जन्मस्थानको चर्चा र बाल्यकालका साथीसंगीलाई सम्झना गरे । चुहानडाँडा विमानस्थलका लागि रकम माग गर्नका लागि आठराई गाउँपालिकाबाट एउटा समूह प्रधानमन्त्री निवासमा आएको थियो । त्यहाँ अधिकांश उतै आठराई मै बसोबास गरेकाहरु र केही झापा र राजधानीमा बसोबास गरिरहेका तर आठराईलाई माया गर्नेहरु थिए । आठराईमा…
काठमाडौँ, १० जेठ । भारतमा सम्पन्न लोकसभा चुनावमा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) भारी मतका साथ विजयी भएको छ । योसँगै भाजपा नेता नरेन्द्र मोदी पुनः प्रधानमन्त्री बन्ने निश्चित भएको छ । भाजपाले मोदीलाई नै प्रधानमन्त्री बनाउने नारा लिएर चुनावमा भाग लिएको थियो । मतगणनाको शुक्रबार बिहान ६ बजे सम्मको मत परिणाम अनुसार भाजपा ३५२ स्थानमा अग्रता लिएको छ भने प्रमुख प्रतिपक्षी कङ्ग्रेस आईले ८६ स्थानमा मात्र अग्रता कायम गरेको छ । १०४ सिटमा क्षेत्रीय दलहरुले अग्रता लिएका छन् । १६ औँ लोकसभा चुनाव, सन् २०१४ मा भाजपाले नरेन्द्र मोदीको अगुवाईमा एक्लै २८२ सिट जितेर बहुमत प्राप्त गरेको थियो ।…
काठमाडौं, १० जेठ । सरकारले मेलम्ची खानेपानी आयोजनाको बाँकी कामको लागि ठेक्का लगाउने निर्णय गरेको छ । राज्यलाई थप दुई अर्ब ५२ करोड रुपैयाँ भार पर्ने गरी ठेक्का लगाउन लागिएको हो । अघिल्लो ठेकेदारलाई ३६ करोड रुपैयाँ भुक्तानी नदिएर भगाएको सरकारले बाँकी तीन प्रतिशत कामका लागि यति धेरै रकम खर्चन लागेको हो । मन्त्रिपरिषद्ले निर्णय गरेको तीन दिनपछि बिहीबार सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मेलम्चीमा नयाँ ठेक्कासम्बन्धी प्रस्ताव पारित भएको जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ।
काठमाडौं, १० जेठ । चीनबाट हिमाल छेडेर रेल ल्याउन सजिलो छैन । तर काठमाडौँमा आजभोलि नै रेल आउन लागेजसरी बहस सुरु हुन थालेको छ । केरुङ–काठमाडौँ रेलमार्गबारे बृहत् अध्ययन नै सुरु नभएको अवस्थामा यस्तो बहसले चीन आश्चर्यमा परेको छ । चिनियाँ राजदूत होऊ यान्छीले पत्रकारसँग भनिन् ,‘यस्तो भूगोल छ, चिनियाँ रेल आज कुरा गरेर भोलि नै आउने विषय आफैँमा जटिल हो । म पनि यहाँ भइरहेको बहस सुनेर अचम्मित छु ।’ राजदूतका रुपमा जिम्मेवारी लिएर आएपछि यो पहिलोे पत्रकार सम्मेलन हो । उनले भनिन्, ‘रेललाई हल्का रुपमा हेरिएको छ । साँच्चै भन्नुपर्दा यो संसारकै अप्ठेरो ठाउँमा रेल निर्माण गर्ने प्रसंग…
काठमाडौं, ९ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिष्टलाई एकताबद्ध बनाउने ‘मिसन’ अझै पूरा नभएको बताएका छन् । तत्कालीन नयाँ शक्ति पार्टी नेपालको विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई आज नेकपा प्रवेश गराउँदै उनले नेपाली जनताको विकास र समृद्धिको चाहना पूरा गर्ने ऐतिहासिक आवश्यकतालाई मध्यनजर गरेर कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने पहलको थालनी गरिएको बताए । दुई ठूला कम्युनिष्ट पार्टीको एकताबाट नेपालका सम्पूर्ण कम्युनिष्ट र जनताले ठूलो आशा गरेको उल्लेख गर्दै प्रचण्डले गएको निर्वाचनमा जनताले ठूलो भरोसाका साथ कम्युनिष्ट पार्टीलाई झण्डै दुई तिहाइ मत दिएको बताए । सम्पूर्ण कम्युनिष्टलाई एकै ठाउँमा एकताबद्ध गराउनु चुनौतीपूर्ण रहेको उल्लेख…
आज बिहान ९ः१५ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको को १ ख ४३५५ नम्बरको टिपरले बिपरीत दिशाबाट जाँदै गरेको को ५ प ५५०० नम्बरको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक केरावारी गाउँपालिका–९ का ४८ बर्षीय बम बाहदुर बस्नेत गम्भीर घाईते भएका थिए । मोरङ, ९ जेठ । मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने केरावारी सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । घाईतेलाई उपचारको लागि बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठाईएकोमा उपचारकै क्रममा बिहान १०ः४० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय वेलवारीले जनाएको छ । टिपर र टिपर चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
काठमाडौं, ९ जेठ । एसीसी इमर्जिङ एशिया कप क्रिकेट बंगलादेशमा आयोजना हुने भएको छ । बंगलादेश क्रिकेट बोर्डले एसीसी इमिर्जिङ एशिया कप आयोजना गर्न तयार रहेको बताएको छ । प्रतियोगिताको आयोजना गर्ने निर्णय बंगलादेशले गरे पनि प्रतियोगिता कहाँ गर्ने भन्ने निर्णय गरेको छैन्। १२–२५ नोभेम्बर सम्म चल्ने प्रतियोगितामा ८ देशको सहभागिता हुने भएको छ । प्रतियोगितामा टेस्ट खेल्ने देशका यू–२३ खेलाडीले सहभागिता जनाउने छन् भने अन्य देशको नेशनल टिमले खेल्ने छन् । ५० ओभरको प्रतियोगितामा बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकाको यू –२३ को टिम खेल्ने छ । टिममा यू –२३ माथिको सिनियर ४ जना खेलाडी राख्न पाइने भए पनि प्लेइङ…
भद्रपुर ९ जेठ । उभौली (साकेला) पर्वको अवसर पारेर किराँत राई यायोक्खा पृथीवीनगर भद्रपुरले विविध कार्यक्रम सम्पन्न गरेको छ । यायोक्खा संयुक्त प्रारम्भिक समितिले भद्रपुर २ स्थित संयुक्त धार्मिक स्थल कमलधापमा जेष्ठ नागरिक सम्मान, साकेला नाच, उत्कृष्ट विद्यार्थी पुरस्कृत लगायत कार्यक्रम सम्पन्न गरेको हो । समितिले जेष्ठ नागरिक सम्मानबाट ९२ वर्षीय शेरबहादुर राई ,८६ बर्षकी चन्द्रकला राई , ८२ वर्र्षीय कर्णबहादुर राई र एसईई २०७४ मा प्रथम हुने आशिका राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी भद्रपुर, चन्द्रगढी, हल्दिवारी, विर्तामोड ,वुट्टाबारी, अजर्नुधारा ,गोलधाप , पृथीवीनगर लगायत स्थानबाट साकेला नाच प्रतियोगितामा पहिलो ,दोस्रो र तेस्रो हुने वुट्टाबारी, अर्जुनधारा र गोलधापलाई…