
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जिमेल, युट्युब, गुगल म्यापजस्ता एप्सहरू नचल्ने भएको छ। ट्रम्प प्रशासनले चिनियाँ कम्पनीमाथि कडाइ गरेका कारण गुगलले हुवावेमाथि आफ्ना उत्पादन प्रयोग गर्न रोक लगाएको हो। हुवावेले व्यापारका लागि अमेरिकी अनुमति नपाएसम्म यो रोक कायम रहनेछ। यो निर्णयबाट हुवावेका प्रयोगकर्ताहरू मर्कामा पर्नेछन् भने हुवावले पश्चिमा देशहरूमा ठूलो व्यापार घाटा बेहोर्नुपर्नेछ। पुराना सेटहरूमा भने सबै सेवा यथावत रहने बताइएको छ। समाचार तयार पार्दासम्म हुवावेको प्रतिक्रिया आएको छैन। यद्यपि हुवावेका प्रमुख कार्यकारी रेन जेङफेइले गत शनिबार एक वक्तव्य दिँदै ुकठिन स्थिति आउनसक्नेबारे आफूहरू सचेत रहेकोु बताएका थिए। हुवावेले यसअघि टेलिफोन अपरेटिङ सिस्टमको कारोबारमा यस्तै समस्याको…
बिराटनगर, ६ जेठ । मोरङको बिराटनगर महानगरपालिका–१५ रानीबाट आईतवार दिउँसो प्रतिबन्धित लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर–१४ का १९ बर्षीय दिपेश सिंह ठकुरीलाई डाईजेल्याब ३ एम्पुल, फेनारगन ३ एम्पुल, एभिल ३ एम्पुल र लुपिजेसिक ३ एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका सिंहलाई ईलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी, ६ जेठ । सुनसरीको ईटहरी उप–महानगरपालिका–२ मा रहेको बौकाबौकी खोलामा डुबेर १ जनाको मृत्यु भएको छ । आईतवार राती ८ बजेको समयमा स्थानीय ४९ बर्षीय ध्रुब बि.क. उक्त खोलामा गई घुंगी मार्ने क्रममा पानीमा डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट प्रहरी टोली खटीनगई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि बि.पी.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
विश्वकै ठूलो र चर्चित फिल्म फेस्टिभलको रुपमा चिनिएको ुकान्स फिल्म फेस्टिभलु फ्रान्समा आयोजना भैरहेको छ । गएको मंगलबारदेखि सुरु भएको फिल्म फेस्टिभलमा विश्वभरबाट छानिएका उत्कृष्ट कलाकर्मीहरुले सहभागिता जनाइरहेका छन् । अब नेपालले पनि कान्समा प्रवेश गरेको छ ।‘कान्स फिल्म फेस्टिभल’ मा २०१९ देखि नेपालले पनि सहभागिता जनाउन पाउने भएको छ । नेपालको तर्फबाट अभिनेत्री प्रियंका कार्की कान्सको पहिलो ब्राण्ड एम्बेस्डर बनेकी छिन् । नेपालको तर्फबाट कान्समा सहभागिता जनाउने पहिलो अभिनेत्रीको सूचिमा प्रियंकाको नाम दर्ता भएको छ । कान्सको छनौट समितिले प्रियंकालाई गएको अप्रिलमै निम्ता पठाएको बताइएको छ । अभिनेत्री कार्कीले सामाजिक सञ्जालमार्फत केही दिनअघि मात्रै आफू कान्समा जाने जानकारी दिएकी…
काठमाण्डौ, ६ जेठ । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी सोमबारदेखि अनिलकुमार झाले सम्हाल्नु हुने भएको छ । राजपाको अध्यक्ष मण्डलको बैठकले नेता झालाई संयोजक बनाउने निर्णय गरेको अध्यक्षमण्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रिय प्रणालीअनुसार परिवर्तन हुने प्रावधानका सम्बन्धमा झाले जिम्मेवारी पाउनुभएको हो । संयोजक भण्डारी अवधि आइतबारबाट सकिएको छ । यसैबीच राजपाले पार्टीको विधान २०७४ को धारा २७ बमोजिम धारा उपधारामा संशोधन गरेको जनाएको छ । विधानमा २ वर्षभित्र महाधिवेशन गर्ने उल्लेख भएकामा त्यस अवधिभित्र महाधिवेशन गर्न नसकेपछि विधान संशोधन गरी ३ वर्षभित्र गर्न सकिने बनाइएको हो…
म्याग्दी, ६ जेठ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिए । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन । ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ । म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने…
इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो । बिस्फोटका कारण बसमा क्षति भएको छ ।बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना रहेको बताइएको छ । विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ । घटनाको जिम्मेवारी कसैले लिएको छैन ।गत डिसेम्बरमा इस्लामिक अतिवादी संगठनले पर्यटकलाई लक्षित गरी गराएको विस्फोटमा तीन जना भियतनामका पर्यटक र एक टुरिष्ट गाइड मारिएका थिए । एजेन्सी
रोल्पा, ६ जेठ । “दुई वर्षसम्म फोनबाट माया पिरती गाँसियो, जात भात पनि मिल्ने समाजले राम्रै ठान्ला भनेर वैवाहिक जीवनमा बाँधियो, मनले मन पराएर विवाह गरियो अहिले आएर धोका होला भन्ने के थाहा”, रोल्पा नगरपालिका–१ कालापानीकी गङ्गा कवरले रुँदै भन्नुभयो । सोही नगरपालिका–२ निवासी हुकुम कवर सँग २०७५ साल असारमा प्रेम विवाह गरेकी कवरले जीवनमा धोका खाइएला भन्ने कहिले सोच्नु भएन । “हामीले एक अर्कालाई औधि माया गर्दथ्यौँ, सबथोक उहाँलाई सुम्पे र विश्वास गरे, विवाह गरेको कुनै प्रमाणसमेत बनाइन”, कवरले भावुक हुँदै भन्नुभयो । विवाह गरेको चार महीनामै उक्त प्रेमजोडी अकल्पनीय रुपमै छुट्न पुग्यो । “श्रीमान्ले म कमाउन जान्छु भन्थे,…
उर्लाबारी, ६ जेठ । मोरङको उर्लाबारीमा आइतबार आयोजित नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानमा कार्यकर्ताले पार्टी नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका छन् । काङ्ग्रेस उर्लाबारी नगर समितिले यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी कार्यकर्ताले प्रदेश र सङ्घीय निर्वाचनको पराजय र त्यसपछि प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्दै कार्यकर्ताले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरेका हुन् । काङ्ग्रेसका पूर्व जिल्ला सदस्य राधाकृष्ण पोख्रेलले काङ्ग्रेसभित्र ६०÷४० को भागबण्डा के हो भन्दै नेता पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रश्न गर्नुभएको थियो । आक्रोशित रुपमा प्रस्तुत हुनुभएका उहाँले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता शेखर कोइराला, नेता कृष्णप्रसाद सिटौलाको फरक–फरक गुट रहेसम्म काङ्ग्रेसले आगामी निर्वाचनमा पनि…
बिर्तामोड, ६ जेठ । लियो क्लब अफ अनारमनीको वर्ष २०१९/२० को अध्यक्षमा समिरा शिवाकोटी चयन भएकी छिन् । शनिबार बिर्तामोडमा सम्पन्न क्लबको दोस्रो साधारणसभाले समिराको अध्यक्षतामा २८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा सुरेन्द्र गिरी, सचिबमा श्याम दुलाल (दीपक), सहसचिबमा सलिना खड्का, कोषाध्यक्षमा सिर्जना शिवाकोटी र सह–कोषाध्यक्षमा मन्जिला घिमिरे चयन भएका छन् । क्लबको जनसम्पर्क अधिकारीमा रुसिका सापकोटा, टेमरमा अंकित अग्रवाल, टेल ट्वीस्टरमा प्रज्ज्वल कडरिया छन् । साधारणसभाले नवगठित समितिको सल्लाहकारमा राजेश दाहाललाई चयन गरेको छ । क्लबका वर्ष २०१८÷१९ का अध्यक्ष सविन शिवाकोटीको अध्यक्षता तथा बोर्ड अफ डाइरेक्टर राजनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको थियो…