
इजिप्टमा पर्यटक चढेको बसलाई लक्षित गरी गराइएको विस्फोटमा कम्तीमा १६ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । ग्रान्ड इजिप्टसियन संग्रहालय नजिकबाट अघि बढेको बसलाई लक्षित गरी विस्फोट गराइएको हो ।
बिस्फोटका कारण बसमा क्षति भएको छ ।बसमा दक्षिण अफ्रिकाका २५ र इजिप्टका ३ गरी २८ जना रहेको बताइएको छ । विस्फोटले घटनास्थल नजिक रहेको कारमा पनि क्षति पुगेको छ ।
घटनाको जिम्मेवारी कसैले लिएको छैन ।गत डिसेम्बरमा इस्लामिक अतिवादी संगठनले पर्यटकलाई लक्षित गरी गराएको विस्फोटमा तीन जना भियतनामका पर्यटक र एक टुरिष्ट गाइड मारिएका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

