
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ६ जेठ । हल्दिवारी गाउँपालिकामा वडा स्तरीय नकाउट फुटबल प्रतियोगिता सरु गरिएको छ । गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा स्थानीय स्तरबाट खेलकुदमा अब्बल खेलाडी जन्माउने उदेश्यले प्रतियोगिता सुरु गरिएको हो । गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष महेशलाल मेचेको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनको प्रमुख आतिथ्यमा भएको उद्घाटन खेलमा जनप्रतिनिधि ११ लाई कर्मचारी ११ ले २—० अन्तरमा हराएको थियो । कार्यक्रमको औपचारिक प्रतियोगितात्मक खेल भने हल्दिवारी १ ए र २ बी बीच भएको थियो । सो खेलमा हल्दिवारी १ ए र २ बी ले १—१ गोल गरेका थिए ।
अनिल वाग्लेबुधबारे, ६ जेठ । प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्की झापाको बुद्धशान्तिमा सोमबार अभिनन्दित भएका छन् । उनलाई जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र बुद्धशान्तिले अभिनन्दन गरेको हो । केन्द्रका अध्यक्ष लीलाशरण भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा चतारामा सम्पन्न कुम्भ मेलामा सरकारका तर्फबाट कुम्भ मेलाको संयोजकको भूमिका निर्वाह गरेर मेला सम्पन्न गर्न महत्वपूर्ण योगदान गरेको, राजनितिक तथा सामाजिक क्रियाकलापमा देखाएको सकृयताको उच्च मूल्याङ्कन गर्दै उनलाई अभिनन्दन गरिएको हो । अभिनन्दन कार्यक्रममा अनन्त श्री विभूषित जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको पनि गरिमामय उपस्थिति रहेको थियो । अभिनन्दन कार्यक्रममा बालसन्त मोहनशरणले कुम्भमेला सम्पन्न गर्न प्रदेश कानुनमन्त्री कार्कीको…
सन्तोष शर्माबनियानी, ६ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)–का बरिष्ठ नेता झलनाथ खनालले संविधानप्रदत्त प्रेस स्वतन्त्रता कुनै पनि हालत कटौती नहुने बताउनुभएको छ । प्रेस संगठत झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले त्यस्तो बताउनुभएको हो । ‘संविधानले दिएको अधिकारलाई कसैले कटौती गर्न सक्दैन’, पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले भन्नुभयो, ‘प्रेस ऐनमा देखिएका केही विवाद परिस्कार गर्ने प्रक्रियामा रहेको छ, यसलाई अझ समुन्नत बनाइनेछ ।’ पत्रकारहरुको आन्दोलनमा आफ्नो समर्थन रहेको बताउँदै नेता खनालले प्रेस स्वतन्त्रसँगै मर्यादित हुनुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारको आन्दोलनले मिडिया काउन्सिल विधेयकलाई अझ राम्रो बनाउन सहयोग पुग्नेछ’, उहाँले भन्नुभयो, ‘मैले आन्दोलनलाई सकारात्मक रुपमा लिएको छु…
ककनी, ६ जेठ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भूमिको खण्डीकरण गर्न नदिई व्यावसायिक कृषिलाई महत्व दिएर किसानलाई सहुलियत दिइने र स्वदेशमा आवश्यक हुने उत्पादन यहीँ उत्पादन गर्ने नीतिमा जानुपर्नेमा जोड दिएका छन्। पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेलाको तेस्रो दिन आज प्रदर्शनीस्थल नुवाकोटको ककनी गाउँपालिका ४, रानीपौवामा आयोजित सभामा उपप्रधानमन्त्री पोखरेलले कोदो र फापर पनि किनेर ल्याउनुपर्ने र खेतबारी बाँझै राख्ने स्थिति रहनुनहुने बताए। उनले भने, “आफ्ना विचारका आधारमा जनतामा गएर विश्वास जितेर राज्यसत्ता सञ्चालनको जिम्मेवारीमा आउने बाटो सबैलाई खुला छ। विचारका आधारमा कोही दण्डित हुनुपर्ने छैन। त्यसैले अब आर्थिक समृद्धि, पर्यटन विकास र उत्पादनका क्षेत्रमा सबै दल, नागरिक समाज र…
काठमाडौँ, ६ जेठ । ट्राफिक प्रहरीले सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था ल्याउन लागेको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी नियम उल्लङ्घन गरेवापत कारवाहीमा परेका सवारी चालकलाई सजिलोका लागि अनलाइनमार्फत राजश्व तिर्ने व्यवस्था गर्न लागेको हो ।महाशाखाका प्रमुख, प्रहरी वरीष्ठ उपरीक्षक वसन्तकुमार पन्तले कारवाहीमा परेका चालकको सहजताका लागि साउनदेखि अनलाइनमार्फत राजश्व तिर्न पाउने व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।उहाँले उपत्यकाको ट्राफिक व्यवस्थापन गर्दै नमूना राजधानी निर्माण गर्न समयसापेक्ष कानून, प्रविधिको प्रयोग, सडक सञ्जालको व्यवस्थित विस्तार, जनचेतना अभिवृद्धिमा महाशाखाले काम गर्ने बताए। “हामी सबैको चाहना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सुधार गर्दै नमूना राजधानी निर्माण गर्नु हो, सोहीअनुसार महाशाखाले…
मोरङ, ६ जेठ। मोरङको विराटनगर महानगरपालिका–११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषधसहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित ईटहरी उप–महानगरपालिका–४ बस्ने ३४ वर्षका सुवाष घिमिरे र २५ वर्षका अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले प्रतिबन्धित लागूऔषध फेनारगन–१० एम्पुल, लुपिजेसिक–१० एम्पुल, एभिल–१० एम्पुल र डाईजेल्याव–१० एम्पुल बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई वडा प्रहरी कार्यालय विराटनगरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
ताप्लेजुङ, ६ जेठ । ताप्लेजुङको मोक्वाखोला गाउँपालिका–२ खोक्लिङ बस्ने पूर्ण बहादुर राईको घरमा आज आगलागी हुँदा अन्दाजी ७ लाख ३५ हजार मूल्य बराबरको क्षति भएको छ । बिहान साढे ७ बजे राईको घरमा चुल्होमा बालेको आगोबाट अचानक आगलागी हुँदा घरसहित घर भित्र रहेको सम्पूर्ण सर–सामान नगद २५ हजार जलेर नष्ट भएको हो । आगलागी भएको जानकारी पाउनासाथ तत्काल अस्थायी प्रहरी चौकी खोक्लिङबाट प्रहरी टोली खटि गई स्थानीयवासीको सहयोगमा बिहान साढे ९ बजे पुर्ण रुपमा नियन्त्रणमा नियन्त्रणमा लिईएको हो ।
काठमाडौँ, ६ जेठ। सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी (राजपा) सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो । सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो । सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान…
ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ । स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् । प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् । घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ…
ओखलढुङ्गा, ६ जेठ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अब नेपाली जनताका दुःखका दिन समाप्त हुँदै गएको बताउनुभएको छ । रुम्जाटारबाट राजधानी फर्कनेक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले विकासको अभावमा नेपाली जनताले भोग्नुपर्ने दुःख अब सकिएको बताउनुभएको हो । केन्द्र, प्रदेश र स्थानीय सरकारले समृद्धिको साझा अभियानमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियान चलाएकाले नागरिकको चाहनाअनुसारको विकास हुनेमा जोड दिँदै मुख्यमन्त्री राईले भन्नुभयो, “घरघरमा उज्यालो, गाउँगाउँमा सुविधायुक्त सडक, स्वच्छ पिउने पानी, शिक्षा, स्वास्थ्य र सिँचाइको सुविधा नागरिकको चाहनाबमोजिम हामी उपलब्ध गराउने अभियानमा छौँ । समय केही लाग्ला तर सबै प्रकारका गरीबी र बेरोजगारी हटाउने अभियानमा हाम्रो ध्यान केन्द्रित छ…