
ब्राजिलको उत्तरी प्रान्त पारामा आइतबार अपराह्न एक समूहले गोली चलाउँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।
स्थानीय प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु एक जना गम्भीर घाइते भएका छन् ।स्थानीय समय अनुसार अपराह्न ४ बजे सात जना बन्दुकधारी बेलेम शहरको गुआमामा रहेको एक बारमा प्रवेश गरी गोली चलाएका थिए । हत्या भएकाहरुमा छ जना महिला र पाँच पुरुष छन् ।
प्रहरीले एक जना शंकास्पद बन्दुकधारीलाई पक्राउ गरेको छ । गोली चलाउने अरुहरु भने फरार छन् । घाइतेलाई प्रहरीले उद्धार गरी अस्पताल भर्ना गरेको छ । गोली चलाउनुको कारण भने अझै खुलेको छैन । प्रहरीले उक्त घटनाको छानबिन थालेको जनाएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

