झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पूर्णप्रसाद न्यौपानेओखलढुङ्गा, ९ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले स्रष्टाका सपनालाई सबै मिलेर साकार पार्नुपर्ने बताएकी छन्। युगकवि सिद्धिचरण श्रेष्ठको १०८ आँैं जन्मजयन्तीका अवसरमा सिद्धिचरण नगरपालिका –१२ मा स्थापित उनको पूर्णकदको शालिक अनावरण तथा स्रष्टा उद्यानको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले स्रष्टाको सिर्जनाले दशकौंँअघि देखाएका सपना साकार बनाउने दायित्व हामीमा रहेको बताइन् । राष्ट्रपति भण्डारीले भनिन्, “युगकवि सिद्धिचरणसहितका सर्जकको योगदानले नेपालको दिगो विकास र ठूलाठूला परिवर्तनमा भूमिका खेलेको छ । त्यो योगदानको हामीले सम्मान गर्नुपर्छ ।” राष्ट्रपति भण्डारीले कला, साहित्य र खेलकुदको विकासका लागि सरकारले नीतिगत पहल गर्नुपर्नेमा जोड दिइन् । उनले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा पुग्न सरकारले सबै क्षेत्र…

Read More

अशोक धिमिरे काठमाडौं, ९ जेठ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ। परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ। सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ। परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए। उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चार वटा परीक्षा केन्द्र तोकिएको छ। आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ। एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन…

Read More

दमक, ९ जेठ । विद्युत् चुहिएर गए राति झापाको दमक चोकमा रहेको एउटा किराना पसलमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । दमक–५ स्थित मनोज साहको किराना पसलमा बुधबार राति करीब ११ः३० बजे आगोलागी हुँदा पूर्ण रुपमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । सन्तबहादुर राईको पक्की घरमा भाडामा सञ्चालन हुँदै आएको साहको किराना पसलबाट अचानक निस्किएको आगोले सँगै रहेको राज अग्रवालको मोबाइल पसलमा समेत क्षति पुगेको थियो । आगो समयमै नियन्त्रणमा आएका कारण सोही घरमा रहेको बालकुमार राईको सगुन होटलमा भने क्षति हुन पाएन । साहको दैनिक उपभोग्य खाद्य सामग्री नष्ट हुँदा रु ३० लाख बढी मूल्यको…

Read More

भद्रपुर, ९ जेठ । झापाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा स्थानीय एक व्यक्तिको चिया बगानमा चार बयस्क हात्ती बसिरहेकाले स्थानीयवासिन्दालाई घरबाट बाहिर ननिस्कन प्रहरीले अनुरोध गरेको छ । बाहुनडाँगी चौकीदेखि करीब डेढ किलोमिटर पूर्व धिमालबस्ती नजिकै रहेको गोपाल निरौलाको चिया बगानमा बिहान ११ बजेतिर ती हात्ती देखापरेका थिए । हात्तीलाई चियाबारीबाट गाउँ पस्न नदिन र त्यहाँबाट भारततिर लखेट्नका लागि डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी र जनपथ प्रहरीले घेरा हालेको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेश थापाले बताउनुभयो । उहाँका अनुसार दिनभर हात्तीलाई बगानमै छेकेर राख्ने र साँझ परेपछि भारततिर लखेट्ने योजना भएकाले सो अवधिसम्म स्थानीयवासीलाई घरबाट बाहिर ननिस्कन र…

Read More

नयाँ दिल्ली, ९ जेठ । भारतमा भर्खरै सम्पन्न लोकसभा चुनावको प्रारम्भिक मतपरिणाम आउन सुरू भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ । भारतीय संचारमाध्यमका अनुसार, प्रारम्भिक मत गणनाअनुसार मध्ये ३ सय ४३ मा भाजपाको गठबन्धन अघि छ । कांग्रेसको गठबन्धनले भने ९१ सिटमा अग्रता लिइरहेको भने अन्य पार्टी र गठबन्धनले १०८ सिटमा अग्रता लिएका छ । अहिले ५ सय ४२ सिटकै मतगणना शुरु भएको छ । कुन प्रदेशमा कसको अग्रता छत्तिसगढका ११ सिटमा ८ वटामा भाजपा र ३ कंग्रेस अघि देखिएको छ । उत्तर प्रदेशका ८० सिटमा ७१ सिटको गणना चलिरहेको छ ।…

Read More

झापा, ९ जेठ । झापाको मेचीनगरपालिका – १० धुलाबारीमा गएराती मध्यरातमा सुतिरहेको बेला एक महिलामाथि धारिलो हतियार प्रहार भएको छ । धारिलो हतियार प्रहार हुँदा स्थानीय ४० वर्षीया आरती चौहान (बुढाथोकी) गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार राति बाहिरबाट घुसेको अज्ञात आक्रमणकारीले आमा र नाबालिका छोरीको हत्या प्रयास गरेका हुन् । बुधबार राति भएको उक्त आक्रमणमा ४३ वर्षीया आरती चौहान बुढाथोकी र उनकी आठ वर्षीया छोरी अर्पणा बुढाथोकी घाइते भएका छन् ।आक्रमणको घटना राति भएपनि आज बिहान ५ बजेतिर मात्र घाइते अवस्थाकी छोरी अर्पणाले गुहार मागेको सुनेर जाँदा घटनाबारे थाहा…

Read More

धादिङ, ९ जेठ । गंगाजमुना गाउँपालिका–२ लताबमा दुई झाँक्रीको हत्या गरेको आरोपमा धादिङ जिल्ला अदालतले २६ जनालाई कारागार सजाय सुनाएको छ। धादिङ जिल्ला अदालतका न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले बुधबार सो सजाय सुनाउँदै चारजना महिलालाई भने सफाइ दिइएको छ। ३४ वर्षीय जितबहादुर तामाङ, ४९ वर्षीय भीमबहादुर तामाङ, ३६ वर्षीय मेमबहादुर तामाङ, ४४ वर्षीय टाडोङ तामाङ, २५ वर्षीय मङ्गले तामाङ, ३४ वर्षीय बमबहादुर तामाङ, २७ वर्षीय विशाल तामाङ, ३८ वर्षीय रामबहादुर तामाङ, अर्का ३६ वर्षीय रामबहादुर तामाङ, १८ वर्षीय अमित तामाङ र अर्का २३ वर्षीय विशाल तामाङलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ ९३० बमोजिम जन्म कैद गर्ने फैसला गरिएको जिल्ला अदालतका श्रेस्तेदार…

Read More

पाँचथर, ९ जेठ । मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति भएको विभत्स हत्याकाण्डमा ज्यान गुमाएका ९ जनाको अन्त्येष्टि बिहिबार (आज) गरिँदैछ । हत्या गरिएका ९ जना र घटनास्थल नजिकै झुण्डिएर आत्महत्या गरेका भनिएका मानबहादुर माखिमको शव धरानमा पोष्टमार्टमपछि केही समयअघि घटनास्थल आरुबोटेमा ल्याइ पुर्‍याइएको छ । विभत्स हत्या गरिएका ९ जनाको आज दिउँसो अन्त्येष्टि गर्ने तयारी भइरहेको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले बताउनुभयो । हत्या गरिएका दुई परिवारमध्ये बमबहादुर फियाकको परिवारका ४ जनाको आरुबोटेमै अन्त्येष्टि गरिने बताइएको छ । विभत्स हत्याकाण्डमा ७५ वर्षीय बमबहादुर फियाकसँगै उनकी श्रीमती पुर्सिमायाँ फियाक, छोरीहरु २६ वर्षीया मनकुमारी फियाक र १२ वर्षीया श्रेया फियाकको ज्यान गएको…

Read More

पाँचथर, ९ जेठ । पाँचथरको हिलिहाङ गाउँपालिका–५ च्यानडाँडामा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । चट्याङ लागेर सोही स्थान बस्ने ७६ वर्षकी सावित्रा भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमरपुरले जनाएको छ । अपरान्ह ४ बजे घर नजिकै रहेको लप्सीको रुखमा चट्याङ खस्दा घरको कोठामा पुजा गरिरहेको अवस्थामा भण्डारीलाई चट्याङको झट्काले लागेर घटनास्थलमा नै मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी जोरपोखरी र इलाका प्रहरी कार्यालय अमरपुरबाट प्रहरी टोली खटिनगई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।

Read More

बिर्तामोड, ९ जेठ । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’ को टोली मोफसल यात्रामा निस्किएको छ । चलचित्र प्रचारका क्रममा निर्देशक सहित कलाकारको टोली पूर्वी नेपाल आएको हो । निर्देशक प्रदीप भट्टराई, चलचित्रका मुख्य अभिनेता विपीन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत लगायतको टोली बुधबार झापाको विर्तामोड र दमकका चारवटा हलमा पुगेर दर्शक सँगै केहि समय चलचित्र समेत हेरेका हुन् । बसधबार झापा आइर दर्शकसँग भेटघाट गरेको चलचित्र ‘जात्रै जात्रा’ को टोली विहिबार मोरङको विराटनगर र सुनसरीका धरान तथा इटहरीका सिनेमा घरमा पुग्नेछ । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन् । विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ…

Read More