
नयाँ दिल्ली, ९ जेठ । भारतमा भर्खरै सम्पन्न लोकसभा चुनावको प्रारम्भिक मतपरिणाम आउन सुरू भएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार भारतीय जनता पार्टी (भाजपा)को गठबन्धनले अग्रता लिएको छ ।
भारतीय संचारमाध्यमका अनुसार, प्रारम्भिक मत गणनाअनुसार मध्ये ३ सय ४३ मा भाजपाको गठबन्धन अघि छ । कांग्रेसको गठबन्धनले भने ९१ सिटमा अग्रता लिइरहेको भने अन्य पार्टी र गठबन्धनले १०८ सिटमा अग्रता लिएका छ । अहिले ५ सय ४२ सिटकै मतगणना शुरु भएको छ ।
कुन प्रदेशमा कसको अग्रता
छत्तिसगढका ११ सिटमा ८ वटामा भाजपा र ३ कंग्रेस अघि देखिएको छ ।
उत्तर प्रदेशका ८० सिटमा ७१ सिटको गणना चलिरहेको छ । ४२ सिटमा भाजपाको गठबन्धन, महागठबन्धनमा २७, कांग्रेस गठबन्धनले २ सिटमा अग्रता लिएका छन्।
महाराष्ट्रका ४८ सिटमा ४७ वटाको गणना चलिरहेको छ। भाजपा ३५, कांग्रेस १२ मा अग्रता लिएका छन्।
दिल्लीको ७ सिटमध्ये सातवटैमा भाजपागठबन्धन अघि छ।
पश्चिम बंगालका ४२ सिट मध्धे मुख्य मन्त्री ममता बेनर्जीको पार्टी तृणमूल कंग्रेस २०, भाजपा गठबन्धन १९ र कांग्रेस २ सिटमा अग्रता लिएका छन्।
बिहारका ४० सिटमध्ये ३५ मा भाजपा र ५ वटामा कंग्रेस गठबन्धनको अग्रता।
गुजरातका २६ सिट मध्ये २५को मतगणना चलेको छ । २१ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ ।
हरियाणाका १० सिटमा १० वटैमा भारतीय जनता पार्टीको अग्रता
झारखण्डका १४ मध्ये भाजपा १०, कंग्रेस २ र अन्यको २ सिटमा अग्रता
मध्यप्रदेशका २९ सिटमा २६ वटाको मतगणना चलिरहेको छ। २२ मा भाजपा र ४ सिटमा कंग्रेसको अग्रता छ ।
राजस्थानका २५ मध्ये भाजपा २२ र कंग्रेस ३ सिटमा अग्रता लिइरहेको छ।
कर्नाटकका २८ मध्ये भाजपा १४ र कंग्रेस गठबन्धन ९ र अन्य ५मा अग्रस्थानमा छन्।
केरलाका २० मध्ये १६ सिटको मतगणना चलिरहेको छ ती १६ वटैमा कंग्रेस गठबन्धनले अग्रता लिएको छ।
तमिलनाडुका ३९ सिट मध्ये १६ सिटको मतगणनमा चलिरहेको छ। १५ मा कंग्रेको अग्रता छ भने एउटामा भाजपा गठबन्धन अघि छ।
महाराष्ट्रका ४८ सिटमा ३६मा भाजपा गठबन्धन अघि र १२ सिटमा कंग्रेस गठबन्धन अघि छन्।
असामका १४ मध्ये ११ मा भाजपा, २ मा कंग्रेस र १ वटा सिटमा अन्य दलको अग्रता छ। एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

