झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भुवनेश्वर, २१ वैशाख । शक्तिशाली सामूद्रिम आँधी ‘फानी’ का कारण भारतको पूर्वी तटवर्ती राज्य उडिसामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । प्रतिघण्टा २०० किलोमिटरको गतिमा शुक्रबार आएको आँधी र बर्षामा परी अरु १६० जना घाइते भएका अधिकारीहरुले जनाएका छन् । आँधी र बर्षाले रुख र विजुलीका पोलहरु ढलाएको छ भने थुप्रै भौतिक संरचनाहरुमा पनि क्षति पु¥याएको समाचारमा जनाइएको छ । विषेशगरेर भुवनेश्वर, कत्ताक, पुरी र खोर्धा जिल्लामा आँधी र बर्षाले धेरै असर पारेको उडिसा सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै आँधीबाट प्रभावित भएकाहरुलाई राहतको घोषणा गर्नुभएको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी…

Read More

काठमाडौं, २१ बैशाख । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीचको एकीकरण हुने भएका छन् । नयाँ शक्ति पार्टीको सूचना तथा सञ्चार विभागका प्रमुख विश्वदीप पाण्डेका अनुसार नयाँ शक्ति पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा शनिबार दुई पक्षबीच पार्टी एकीकरण गर्ने सहमति भएको हो । फोरमका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्ति पार्टीका अध्यक्ष बाबुराम भट्टराईले शनिबार संयुक्त प्रेस विज्ञप्ति निकाल्दै पार्टी एकीकरणको घोषणा एक विशेष कार्यक्रमका बीच बैशाख २३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने जनाएका छन्। नयाँ पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ। विज्ञप्तिमा समाजवादी पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता,…

Read More

काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीले ठमेल क्षेत्रबाट २० बालबालिकालाई उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको नेतृत्वमा सञ्चालन भइरहेको ‘अप्रेसन रेस्क्यु अन्डरएज’ अभियानअन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले मादक पदार्थ सेवन गरेर ठमेलभित्र विभिन्न क्लब तथा डान्सबारमा प्रवेश गर्न खोज्ने २० बालबालिकालाई आज बिहान तीन बजे उद्धार गरिएको हो । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गौतमकुमार केसीले अपराधजन्य घटनामा जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकालाई उद्धार गरिएको जानकारी दिनुभयो । “ठमेलभित्र हुने अपराधजन्य घटनाको जोखिमबाट जोगाउन ती बालबालिकालाई नियन्त्रणमा लिएका हौँ”, उहाँले भन्नुभयो । उद्धार गरिएका बालबालिकालाई उनीहरुका अभिभावकलाई आवश्यक परामर्श गरेर जिम्मा लगाउने वृत्तले जनाएको छ । महानगरीय…

Read More

द्रोण अधिकारी भद्रपुर, २१ बैशाख । भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन कागजी प्रक्रिया मिलाइदिने जनप्रतिनिधि, कर्मचारीसहित स्थानीयको नाममा झापा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरे पनि राजनीतिक संरक्षणका कारण प्रहरीले आरोपीलाई पक्राउ गरी कारवाही गर्न सफलता पाएको छैन । भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई नागरिकता बनाउन आर्थिक प्रलोभवनमा परी सर्जिमिनमा बस्ने स्थानीय, जन्मदर्ता बनाइ सिफारिस दिने जनप्रतिनिधि र कर्मचारीको नाममा पक्राउ पूर्जी जारी भएको एक हप्ता बिते पनि आरोपीलाई राजनीतिक संरक्षण रहँदा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउन नसकेको हो । भुपाललाई नेपाली नागरिकता बनाउन सहयोग पुर्याउने कार्यमा फेला परेको कागजातको प्रमाण अनुसार वडाध्यक्ष, वडा…

Read More

भद्रपुर, २१ बैशाख । झापा जिल्लामा पहिलो पटक वातावरण मैत्री सिएलसी इटा उद्योगले भद्रपुरबाट उत्पादन सुरू गरेको छ । लक्ष्य बृक एण्ड मेटल इण्डष्ट्रिज भद्रपुर ७ ले जर्मनी रसायन सहित स्तरीय पर्यावरणमैत्री मेसिनबाट सिएलसी इटा उत्पादन सुरू गरेको हो । युवा व्यवसायी दीपबहादुर श्रेष्ठ, सञ्जय श्रेष्ठ, दिपेन्द्रकुमार कार्की र अनुसा बानियाँले २ करोड ५० लाख लगानीमा सुरू गरेको सो उद्योगबाट पेवरब्लक, सिएलसी ब्लक उत्पादन गर्ने गरिरहेको सञ्चालक सञ्जय श्रेष्ठले जानकारी दिए । उनका अनुसार वातावरण मैत्री, उच्च तापवान क्षमता, कम खर्चिलो इटा रहेको छ । सञ्चालन समितिका अध्यक्ष दीपबहादुर श्रेष्ठका अनुसार घर, अस्पताल, विद्यालय लगायत संरचना निर्माणमा किफायती र दरिलो…

Read More

दिपक चापागाईआमा, मैले तिम्रो मुहारमाकहिले खुसी छाउन सकिन ।तिम्रो दशधारा दुध खाएरयस धर्तीमा पाईला टेक्दातिम्रो अनुहारमा आएकोजुन चमक थियोनि आमा ।अनि तिम्रो काखमा रमाएरतिम्रा दुधका लाम्टाहरु चुस्तातिमीले मन मनै गरेका असंख्यकल्पनाका महलहरु आजकरकलाको पानी सरी भए ।मेरो अनुहार हेरेर पनिकयौं दुखःहरु र्विसिएरकयौं पिडा र्ददहरु कुल्चिएरधेरै ननिदाएका रातहरुअनि तिमी निदाएका बेलातिम्रो शरिर भरी मैलेदिसा पिसाव गरेको गन्धलाईकमल फुलको वास्ता सम्झेरसधैं मुस्कुराउदैं तोते बोलीलेमेरो पुन्टुरे काले भनेर बोलाउदाम खिस्स हासेर तिम्रो काखमापिसाव फेरेर रोइदिन्थे । तिम्रा मन मनै गरेका कल्पनाहरु खुसी अनी सुखका सपनाहरु निगुराका डुकु जस्तै भएर भटमास टुसाएर उम्रेएझैं जब म बढ्दै हुर्कदै गएर तिम्रा ति सपनाहरुमा भुसमा आगो सल्कीए…

Read More

झापा, २१ बैशाख । मेची नेत्रालय मेचीनगर गोल्डकपको उपाधि भिडन्तलाई नेपाल पुलिस र त्रिभुवन आर्मीले ‘बेस्ट अफ थ्री’को रिजल्टको रुपमा लिएको बताएका छन् । सहिद स्मारक लिगमा १–० गोलले पुलिस हाबी भएको थियो भने आठौँ राष्टिय खेलकुद प्रतियोगितामा समान गोलअन्तरमा आर्मीले उपाधि जितेको थियो । शनिबार हुने मेची नेत्रालय मेचीनगर गोल्डकप दुवै टिमका लागि फाइनल भिडन्त हुने भएको छ । शुक्रबार आयोजित प्रि म्याच कन्फरेन्समा बोल्दै पुलिसका कप्तान भरत शाहले तेस्रो भेटमा आर्मीमाथि जीत निकाल्ने दाबी गरे । टिमको कमजोरीमा सुधार ल्याउने बताएका उनले मिस पास र फिनिसिङमा सुधार गर्नुपर्ने अवस्था रहेको पनि बताए । पुलिसका डिफेन्डर सुमन सुवेदीले मेचीनगर…

Read More

राजेन्द्र गौतमबिर्तामोड, २१ बैशाख । उनलाई विफर रोगले च्याप्यो । अनुहार नै बिगारेको विफरले उनको आँखाको ज्योति पनि लुट्यो । त्यसबेलासम्म आँखाभरी संसार देखेकी धामोसरी राजवंशीको जीन्दगी नै विफरले विरामी बनाएको छ, उनको जिन्दगी नै विरामी भएर चलिरहेको छ । उनलाई रोग मात्र लागेन । श्रीमान्को मृत्यु र छोरीलाई गुमाउनुको पीडा पनि धामोसरीसँग गडेर बसेको छ । ५५ वर्षीया धामोसरीले दुई दशक अघि श्रीमान् खगेन्द्रलाई गुमाइन् । खगेन्द्रको मृत्यु हुँदा उनकी छोरी सुमित्रा डेढ वर्षकी थिइन् । उनको लालनपालन गरिन् र हुर्काइन् । तर, चार वर्ष अघि छोरी सुमित्राको कारुणिक निधन भयो । सुत्केरी व्याथाले जब सुमित्रालाई मृत्युको मुखमा धकेल्यो,धामोसरीको…

Read More

काठमाडौं, २१ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । गत चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैटी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि निलम्बनमा परेका हुन् । श्रेष्ठसहितको समुहले लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौं, २१ बैशाख । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय भएको छ । २१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो । गगन थापा, डा। मीनेन्द्र रिजाल, ज्ञानेन्द्रबहादुर कार्की, डा। नारायण खड्का, मानबहादुर विश्वकर्मा, बन्दी पाण्डेलगायत नेता प्रस्तावित मन्त्रीको सूचीमा छन् । सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि छाया सरकार घोषणा गर्ने तयारी छ । ‘हामीले सरकारका कामलाई नजिकबाट निगरानी गर्न छाया सरकार गठन गर्ने पूर्वघोषणाअनुसार सम्बन्धित मन्त्रालय हेर्ने संयोजकको लगभग टुंगो लगाएका छौँ,’ कांग्रेस स्रोतले भन्यो, ‘घोषणा हुँदासम्म तोकिएका नाममा मन्त्रालयको हेरफेर हुन सक्छ, तर नाम…

Read More