झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २१ बैशाख । बेलायतमा बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका ४ उम्मेदवार विजयी भएका छन् । स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा। जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेदवार भने पराजित भए । बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेदवार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । यसअघि लेबरले जित्दै…

Read More

काठमाडौं, २१ बैशाख । बंगालको खाडीमा आएको चक्रवात ‘फानी’को असर भारतको उडिसा राज्यसँगै नेपालमा पनि परेको छ । फानीका कारण नेपालको तराई तथा पहाडी क्षेत्रमा हावाहुरीसँगै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले फानीको प्रभावले आइतबारसम्म वर्षा र हिमपात हुने जनाएको छ । शनिबार पूर्वीसँगै मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने मौसमविद् मीनकुमार अर्यालले बताए । यस्तै, मध्यदेखि पश्चिमका केही स्थानमा मेघ गर्जनसहित हावाहुरी र वर्षाको सम्भावना रहेको उनले बताए । उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात हुन सक्ने अनुमान छ । यस्तै, आइतबार पनि देशका अधिकांश भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने…

Read More

काठमाडौं, २१ बैशाख । पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ । यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ । हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ । अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा। मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै । यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ ।’ मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो । यसको आधारमा मस्तिष्कले काम गर्छ । खानाबाट प्राप्त हुने ग्लुकोज…

Read More

विर्तामोड, २० बैशाख । लाली गुराँस टोल विकास संस्था विर्तामोड–४ ले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ओमसाई हस्पिटल भद्रपुरको सहयोगमा सञ्चालित विशेषज्ञसहितको शिविरमा १८१ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो अवसरमा एक लाख ७५ हजार मूल्य बराबरको निःशुल्क औषधी समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए । विर्तामोड नगरपालिका–४ नम्बर वडाका वडाध्यक्ष कुलप्रसाद संग्रौलाले उद्घाटन गरेको शिविरमा कार्यक्रमको औचित्य माथि प्रकाश तथा स्वागत अम्बिकाप्रसाद न्यौपानेले गर्नुभएको थियो भने प्रेमा भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन गोपी अधिकारीले गर्नु भएको थियो । शिविरमा फिजिसियन, स्त्री रोग, नाक, कान, घाँटी लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य…

Read More

झापा, २० बैशाख । बहुउद्देश्यीय लक्ष्य राखेर नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष बृद्धिका लागि विर्तामोड नगरपालिका वडा नंम्बर–९ की वडाध्यक्ष पवित्रा पाठकले १० हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् । नारी सञ्चारगृहले काँकरभिट्टामा आयोजना गरेको तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालिमका क्रममा निर्वाचित महिला जनप्रतिनिधीले भोग्नु परेका समस्या र चुनौति विषयक अन्तरक्रियामा वडाध्यक्ष पाठकले नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीलाई उक्त रकम हस्तान्तरण गरेकी हुन् । रकम ग्रहण गदै अध्यक्ष भण्डारीले संस्थाको अभियानमा सहयोग गर्ने पाठक पहिलो जनप्रतिनिधी भएको जानकारी दिंदै पाठकको सहयोगले संस्थाको अभियानमा ईँटा थपिएको बताउँदै धन्यवाद दिइन् ।

Read More

विर्तामोड, २० बैशाख । झापाको काँकरभिट्टामा आयोजित प्रेस स्वतन्त्रता र सरकार विषयक अन्तरक्रियाले निर्वाचित सत्ता निरंकुश हुने निष्कर्ष निकालेको छ । नारी सञ्चारगृहको आयोजना तथा मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तीनदिने अन्तरक्रिया तथा पत्रकारिता तालिमको अन्तिम दिन विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित अन्तरक्रियाबाट यस्तो निष्कर्ष निकालिएको हो । अन्तरक्रियाका प्रमुख अतिथि तथा सहजकर्ता खोज पत्रकारिता केन्द्रका अध्यक्ष शिव गाउँलेले निर्वाचित सत्ता निरंकुश बन्ने क्रम विश्वभरमै देखिएको उल्लेख गर्दै नेपालमा पनि त्यही संकेत देखिएका बताए । सरकार सत्ता र पत्रकारको सम्बन्ध लुकाउने र खोस्नेको कुस्ता कुस्ती भएको बताउँदै नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका गाउँलेले अदालतको निष्पक्षता ढलपल नभएसम्म…

Read More

दिपक चापागाईं म श्रमिक हूँ मेरो सपनाहरु समुद्रको छालहरु झैं निरन्तर छछल्किँदै पसिना र रगत मिसिएर नदीको पानीसरि अविरल बगिरहेको छ । मालिक बन्ने सपना बोकेर दिन–रात पसिना बगाउँदा धाँजा फाटेका खेत झैँ मेरा हातका औंलाहरुले मेरी प्रेमिकाको यौवन र जवानी मुसारी रहँदा, उसको खिस्स हाँसो मेरो यौवन र जवानीको निम्ति उकालीमा भारी बिसाएर बस्ने चौतारी बनेर आइदिन्छ मुस्ताङका स्याउ झैं उनका गाला चन्द्रमुखी उनको अनुहारमा यौवनको बहाव आएको जब देख्छु अनि म भित्तामा झुण्डिएको ऐनामा महुरीले रस चुसेको फुल झैं मालिकले श्रम चुसेको मेरो अनुहार जुधाएर हेर्दा म झसंग हुन्छु मेरो आमाले चुसेका ती भुक्के मेरा गालाहरु सम्पन्नता खोज्दा…

Read More

विराटनगर, २० बैशाख । मोरङको बिराटनगर महानगरपालिका–१२ मंगलबारेमा ट्याक्टरको ठक्करबाट १ बालिकाको मृत्यु भएको छ । भित्रि सडक खण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को २ त २१२४ नम्बरको ट्याक्टरले सोही स्थान बस्ने दिप नारायण राजवंशीको छोरी अरूणोदय आधारभूत बिद्यालयमा कक्षा–४ मा अध्ययनरत वर्ष १० की चन्द्रकला राजवंशीलाई बिहान साढे ९ बजे स्कुल जाने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा पौने १ बजे मृत्यु भएको प्रहरी चौकी बखरीले जनाएको छ । ठक्कर दिने ट्याक्टरलाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने चालक फरार रहेकोले खोजी भइरहेको उक्त कार्यालयले जनाएको…

Read More

बिर्तामोड, २० बैशाख । झापाको बुद्धशान्ति गाउँपालिका–४ जोरलाभरमा आज स्कुलबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । आज बिहान सवा ९ बजे भित्री सडक खण्डमा कर्णाली उच्च माध्यमिक बोर्डिङ स्कूलको मे १ ख १८१९ नम्बरको स्कुल बसको ठक्करबाट सोही स्थानका पैदलयात्री ४१ वर्षीय राजेन्द्र जबेगुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनापछि प्रहरीले बस र चालक सोही बुद्धशान्ति–१ का ४६ वर्षीय गोपाल बराइलीलाई नियन्त्रण लिएको छ भने मृतकको शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमको लागि मेची अञ्चल अस्पताल भद्रपुर पठाएको जिप्रका झापाले जनाएको छ ।

Read More

उर्लाबारी, २० बैशाख । अपरिचित व्यक्तिहरुले बिहीबार मोरङको उर्लाबारी–१ मा रहेका क्रसर हटाउन माग राख्दै धर्नामा बसेका स्थानीय बासिन्दालाई धम्क्याउँदै ब्यानर च्यातेका छन् । चार जनाको संख्यामा मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरुले धम्क्याउँदै ब्यानर च्यातेको क्रसर हटाउ अभियान संघर्ष समितिका पदाधिकारीले सञ्चारकर्मीहरुलाई बताएका छन् । तर, यसरी धम्क्याउने व्यक्तिहरुलाई आफूहरुले नचिनेको संघर्ष समितिका पदाधिकारीले जनाएका छन् । पाँच सातादेखि क्रसर हटाउन माग राख्दै सो स्थानमा स्थानीय बासिन्दाहरु धर्नामा बसिरहेका छन् । मापदण्ड विपरीत क्रसर उद्योगहरु धमाधम स्थापना गरिएको भन्दै त्यस क्षेत्रका बासिन्दाले आन्दोलन सुरु गरेका हुन् । त्यस विषयमा क्रसर उद्योग सञ्चालक र स्थानीय वासिन्दाबीच मंगलबार छलफल भए पनि विवाद अन्त्य…

Read More