झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बनियानी, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी कचनकवल गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनले रवीचन्द्र ओझाको नेतृत्वमा २१ सदस्यीय गाउँ समिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यमा सत्यनारायण यादव, देवी दाहाल, ममता राजवंशी, चक्रबहादुर थापा, मानबहादुर भट्टराई, टोरुप कार्की, महालाल राजवंशी, लालबहादुर ढुंगाना, राधिका पौडेल, छलिमाया खनाल, हेमलाल गणेश, आशिन मिया, देवेन्द्र राजवंशी, अञ्जरा आलम, शंकरकुमार गणेश, महलदार राजवंशी, रुपा गौतम, निमसरी राजवंशी, डम्बर गिरी, मोतिखर ढुंगेल र रामबीर सिंह राजवंशी छन् । अन्य पदाधिकारी भने गाउँ समितिको पहिलो बैठकले चयन गर्ने बताइएको छ । सोही कार्यक्रममा विभिन्न पाटी परित्याग गरी ३ दर्जनभन्दा बढी कार्यकर्ता राप्रपामा प्रवेश गरे । तरुण दल…

Read More

रोहित काफ्लेभद्रपुर, १३ असार । आन्तरिक राजश्व कार्यालय भद्रपुरले बिहीबार झापाका उद्योगी–व्यवसायीसँग आर्थिक विधेयक २०७६ का प्रावधान सम्बन्धी छलफल गरेको छ । झापा उद्योग संघको आयोजनामा भद्रपुरमा आन्तरिक राजश्व कार्यालयले आर्थिक विधेयक २०७६, आयकर, मूल्य अभिबृद्धि कर र अन्तःशुल्क करसम्बन्धी वारी गरिएका नयाँ प्रावधानका विषयमा अन्तरक्रियात्मक छलफल गरेको हो । अन्तरक्रियामा उद्योगीहरुले विधेयकमा उल्लेखित कतिपय प्रावधान व्यावहारिक रुपमा कार्यान्वयन गर्न नसकिनेखालको भएकोले सच्याउनुपर्ने धारणा राखेका थिए । झापा उद्योग संघका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा अहिले पनि कतिपय ठूला करदाताले ठूलै परिमाणमा कर छली गरिरहेको समाचारले कर ठूलालाई चैन, सानालाई ऐनजस्तो बनेको उद्योगीहरुको गुनासो थियो भने विधेयकमा भएको सबै…

Read More

भद्रपुर, १३ असार । डेङ्गो रोगविरूद्ध विद्यालय स्तरीय एक दिने सचेतना कार्यक्रम भद्रपुरमा सम्पन्न गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाको संयोजनमा भद्रपुर–६ स्थित मोडर्न अंग्रेजी मावि र भद्रपुर ७ स्थित एमरल्ड एकाडमीमा डेङ्गो रोगविरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा–८ देखि १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाएका थिए ।

Read More

बिर्तामोड, १ ३ असार । प्लाष्टिक जन्य पदार्थको प्रदुषणबाट मुक्त गर्ने उद्देश्यले विर्तामोड–८ स्थित देउनियामा ३ महिने कपडाको झोला सिलाइ तालिम सम्पन्न गरिएको छ । विर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा गणेश सामुदायिक सिकाइ केन्द्र विर्तामोड–८ देउनियाको आयोजनामा प्लाष्टिकका झोला बिस्थापनका लागि कपडाका झोला सिलाइ तालिम सम्पन्न गरिएको हो । सिकाइ केन्द्रका अध्यक्ष हरिप्रसाद गौतमको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुब्र शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागी १९ जना महिलालाई प्रमाण पत्र प्रदान गरिएको थियो । उत्कृष्ट प्रशिक्षार्थीका रूपमा प्रमिला नेपाल र ज्वोति कोइलालालाई पुरस्कृत समेत गरिएको समापन कार्यक्रममा विर्तामोड ८ का कार्यवाहक वडाध्यक्ष दिपक भट्टराई लगायतले मन्तव्य राखेका थिए…

Read More

द्रोण अधिकारीभद्रपुर, १३ असार । गत असो‌ज १ गते‌बाट मूल भन्सार‌मा स्तर‌ो‌न्नति भएको‌ भद्रपुर‌ भन्सार‌ कर्मचार‌ी, सुर‌क्षाकर्मी र‌ व्यापार‌ीबीच त्रिपक्षीय चलखे‌को‌ के‌न्द्र बन्दै‌ गएको‌ छ । र‌ाजश्व संकलनको‌ जिम्मे‌वार‌ी लिएका निकायमा त्रिपक्षीय चलखे‌ल भएपछि भद्रपुर‌ नाका र‌ाजश्वछलीको‌ सहज नाका बन्दै‌ गएको‌ छ । भद्रपुर‌ भन्सार‌बाट ने‌पाली बजार‌मा कपडा, किटनासक विषादी, मे‌सिनर‌ी पार्टपूर्जा आयात हुने‌ प्रमुख सामग्री हुन् । यी सामग्रीबाट र‌ाजश्व चुहावट गर्न सके‌ सानो‌ परि‌णामका आयातकर्तालाई समे‌त मो‌टो‌ आम्दानी हुने‌ गर्दछ । जसको‌ फाइदा व्यापारि‌क गिर‌ो‌हबाट सुर‌क्षा निकाय र‌ कर्मचार‌ी कसले‌ बढी लिने‌ भन्ने‌ हो‌डबाजी चल्न थाले‌को‌ छ । भन्सार‌ कार्यालयका कर्मचार‌ी, सुर‌क्षाको‌ जिम्मा लिएका सीमा सुर‌क्षा बल र‌ ने‌पाल प्रहर‌ीको‌ प्रतिस्पर्धाले‌ र‌ाजश्व चुहावट…

Read More

काठमाडौं, १३ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीले जीवनमा धेरै दुःख पनि पाइन् र धेरै असन्तुष्टिको अनुभव गर्ने गरी राजनीतिक पदमा पनि पुग्नुभयो तर उनलाई सधैं एउटा पिरलोले सताइरहन्थ्यो– औपचारिक शिक्षा । पटकपटक संसद्मा पुगिसकेकी उनलाई कसैले ‘माननीयको शैक्षिक योग्यता कति’ भनेर प्रश्न गर्ने्बित्तिकै मन झसंग हुन्थ्यो र उनीसँग दिने जवाफ नै हुँदैन्थ्यो । तर, बिहीबारदेखि भने उनको यो अयोग्यता हटेको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेसँगै उनको शैक्षिक योग्यता पनि अब एसईई उत्तीर्ण भएको छ । यो बर्ष छोरी विणुसँगै एसईई दिएकी शान्ताले २।६५ जीपीएसहित ‘बी’ ग्रेडमा उत्तीर्ण गरेकी छिन् ।…

Read More

काठमाडौं, १३ असार । सरकारले २ सय रुपियाँ दरको भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपियाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो । नेपालमा यसअघि नै ५ सय र २ हजार दरका भारतीय रुपियाँका नोट प्रचलनमा छैनन् । त्यसैगरी बैठकले साना किसानहरुको ऋण मिनाहा गरेको छ । कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । यस्ता ऋण सरकारले तिरिदिने उनले बताए । आजको नेपाल समाचारपत्रमा खबर छ ।

Read More

काठमाडौं, १३ असार । गैरआवासीय नेपाली संघका कोषाध्यक्ष हिक्मत थापाले बिहीबार यस्तो ट्वीट गरे– ‘दशकदेखिको समस्या । केन्या र तान्जानियाका कैयन मुजरा डान्सबारमा निरन्तर सयभन्दा बढी नेपाली चेलीहरु नाचिरहेका छन् । यातना दिने, पुलिसले पक्रने यो पहिलो पटक होइन । सरकार, दूतावास सबैलाई बारम्बार जानकारी गराइएको छ । सरकारको नजर पुगोस्।’ उनले यो सन्देश परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र हेलो सरकारलाई मेन्सन गरेका छन् । त्यससँगै एउटा तस्बिर राखेका छन्, जुन केन्याको लोकप्रिय दैनिक ‘नेसन’ को गत शनिबारीय अंकको प्रथम पृष्ठ हो । त्यसको मुख्य खबर छ, ‘नेपालमा छोरी जन्मिन्छन्, केन्यामा दास बनाइन्छन् ।’ समाचारभित्र केही युवतीको अनुहार नखुल्ने तस्बिर छ,…

Read More

काठमाडौं, १३ असार । असार ३ गते प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पहिला बोल्ने कि प्रमुख प्रतिपक्षी दलका नेता भन्ने विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न पाएनन् । रोस्ट्रममा पुगेका उनी विपक्षी दलको विरोध र अवरोधका कारण केही नबोली फर्किए । संसद्मा बोल्न नपाएका प्रधानमन्त्री ओलीले तत्कालै आफ्नै कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरे । अघिल्लो दिन आफूले बोलेपछि मात्र प्रधानमन्त्रीले बोल्नुपर्ने माग राखेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले भोलिपल्ट ९४ गते० आफ्नो धारणा सदनमा राखे । अघिल्लो दिन बोल्न समय मागेका प्रधानमन्त्री ओली भोलिपल्ट भने संसद् बैठकमै गएनन् । प्रधानमन्त्रीसहित राजनीतिक दलका यस्ता गतिविधि र…

Read More

काठमाडौं, १३ असार । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूह मानवताविरोधि गतिविधिमा संलग्न भएको बताएका छन् । विप्लव समूहको गतिविधि समाजवादी र राजनीतिक चरित्रको नभएर फासिवादी अपराधिक भएकाले मानवताविरोधि भएको बताएका हुन् । सञ्चारमन्त्रालयमा आयोजित मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् । ‘मानिसको बाँच्न पाउने अधिकार शान्तिपूर्वक हिँड्डुल गर्न पाउने अधिकार स्वतन्त्रता पूर्वक आफ्ना व्यवशायहरु सञ्चालन गर्न पाउने अधिकारप्रति सो समूहले धावा बोलेका कारण प्रहरीले आफ्ना कारबाही अघि बढाएको हुनसक्छ, उनीहरू प्रतिक्रान्तिकारी उद्देश्य राखेर अघि बढेको र हिंसा र आतंकको सहारामा कस्को सेवा गर्न खोज्दैछन्,’ बाँस्कोटाले भने । सोही…

Read More