झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३ जेठ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्वीकारेर सहकार्य नहुँदासम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको हो । “पार्टीको आन्तरिक कारणमात्र नभएर दुई कम्युनिष्ट पार्टी एकीकरण हुँदा पार्टीले निर्वाचनमा पराजय भोगेको हो”, उहाँले भन्नुभयो । मुलुकमा कम्युनिष्ट विचार बोक्नेको जित र प्रजातान्त्रिक विचारधारा बोक्ने दल काङ्ग्रेसको हारको जिम्मा प्रजातान्त्रिक विचार समाजले समेत लिनुपर्ने उहाँको भनाइ थियो । “आगामी निर्वाचनमा विजयी हुने गरी देशभर लोकतान्त्रिक विचार प्रवाह गर्न समाज लाग्नुपर्छ”,…

Read More

काठमाडौं, ३ जेठ । गृहमन्त्री रामबहादुर थापा बादलले मदन भण्डारी र जीवराज आश्रितको हत्या भएको र उनीहरूका हत्यारालाई पक्राउ गरेर कानुनी कठघरामा ल्याइने बताएका छन्। मदन र जीवराजको आजभन्दा २६ वर्ष पहिले जेठ ३ गते चितवनको दासढुंगामा ुजिप दुर्घटनाुमा निधन भएको थियो। मदन–आश्रितको २६ औँ स्मृति दिवसमा काठमाडौं कोटेश्वरमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले भने, ुकम्युनिस्ट आन्दोलनका शत्रुहरूले उहाँहरू (मदन–जीवराज)को महाअभियान र सफलतालाई रोक्नका लागि षडयत्न गरे, हत्या गरे। हत्यारा को हुन् र उनीहरूलाई सजाय दिन कस्तो काम भइरहेको हो भन्ने स्पष्ट नपारे पनि गृहमन्त्री थापाले सरकारले मदन–आश्रितका हत्यारालाई सजाय दिने काम अगाडि बढाएको बताए। उनले भने, मदन–आश्रितका हत्याराहरूलाई कानुनको…

Read More

काठमाडौं, ३ जेठ । भारतमा जारी लोकसभा निर्वाचनको सुरक्षा अवस्थालाई लिएर पश्चिम नवलपरासीको नेपाल–भारत सीमाअन्तर्गतका विभिन्न नाका आज राति १२ बजेबाट बन्द गरिने भएको छ। भारतको महाराजगञ्ज जिल्लामा लोकसभा निर्वाचन २०१९ लाई लक्षित गरी पश्चिम नवलपरासीको सीमा नाका राति १२ बजेबाट बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ। जिल्लाको सीमावर्ती नाका ठुठीबारी, गुठीप्रसौनी, विष्णपुरा र भुजहवा नाका बन्द हुनेछन्। प्रशासनद्वारा जारी सूचनामा आज राति १२ बजेबाट बन्द हुने नाका जेठ पाँच गते साँझ छ बजेपछि सञ्चालन हुने उल्लेख गरिएको छ। भारतको उत्तर प्रदेशमा जेठ पाँच गते निर्वाचन हुँदैछ। नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा भारतीय…

Read More

दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटना भएको विमान युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको बताईएको छ । डीए–४२ नामक चार सिटे उक्त विमानमा सवार सबैको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो। दुर्घटनामा मृत्यु हुनेहरुमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन्। दुर्घटनापछि यात्रुहरुको निकै चहलपहल हुने विश्वमै सर्वाधिक व्यस्त मानिएको उक्त विमानस्थल झण्डै ४५ मिनेट बन्द भएको थियो। विमान दुर्घटनापछि अवतरण गर्ने तयारीमा रहेका विमान अन्तै मोडिएको थियो भने उडान भर्न…

Read More

काठमाडौं, ३ जेठ । नेपालस्थित अमेरिकी दूतावासले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति ९रासस०मा दलाई लामाको समाचार छापिएको विषयमा पत्रकारमाथि सुरु भएको छानबिनको विषयमा आपत्ति जनाएको छ । अमेरिकी दूतावासका प्रवक्ताले नेपाल सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । ‘नेपाल सरकारले नेपाली नागरिकले सूचना प्राप्त गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजेकोप्रति हामी आश्चर्यमा परेका छौँ,’ दूतावासका प्रवक्ताले भने । नेपाल सरकारले अर्को मुलुकको सरकारको संवेदनशीलता भन्दै स्वतन्त्र मिडियाको अधिकारीमाथि प्रतिबन्ध लगाउन खोजेको दूतावासको आरोप छ । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

द्रोण अधिकारी भद्रपुर, ३ जेठ । भद्रपुर नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम बनाउँदा नगर नेतृत्वले कार्यपालिका सदस्यका रूपमा रहने वडाध्यक्षलाई जानकारी नै नदिएको पाइएको छ । आर्थिक वर्ष २०७६÷०७७ का लागि वार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतले एकलौटी तरिकाले तयार गरेर नगरको सन्तुलित विकासमा झारो टार्ने काम भएको भन्दै वडाध्यक्षले आपत्ति जनाएका छन् । नगरकार्यपालिकाले कार्यालयमा आयोजना गरेको आर्थिक वर्ष ०७६।७७ का लागि बजेट नीति तथा कार्यक्रम तयारीका लागि पूर्व योजना तर्जुमा गोष्ठीमा चारजना वडाध्यक्षले असहमति जनाएका हुन् । दश वटा वडा रहेको भद्रपुर नगरपालिकाका नगर प्रमुखसित असहमति राख्ने प्रभावशाली ४ जना वडाध्यक्षले जनताका पक्षमा…

Read More

काठमाडौँ, ३ जेठ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउन परामर्शदाता माग गरेको छ । नेपालमा ब्रोडब्यान्ड कनेक्सन प्रभावकारी बनाउन प्राधिकरणले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्याउने भएको हो । यसका लागि प्राधिकरणले बिहीबार दोस्रोपटक परामर्शदाता माग गरेको छ । पहिलोपटक भएको मागमा कुनै पनि योग्न परामर्शदाता कम्पनी नभेटेपछि प्राधिकरणले त्यसलाई खारेज गरी नयाँ प्रक्रिया सुरु गरेको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौं, ३ जेठ । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल०को सहयोगमा नेपाल ल्याउने पहल अघि बढाइएको नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसएसपी उमेशराज जोशीले बताए । हालै स्थापना भएको मानव बेचबिखन अनुसन्धान ब्युरोले यो घटनामा अनुसन्धान अघि बढाएको छ । आजको नयाँ पत्रिकामा प्रकाशित छ ।

Read More

काठमाडौं, ३ जेठ । भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा. चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ । उनले करिब एक सातामा विभागको टोलीले त्यहाँ आइपुग्ने जानकारी दिए । उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ । रुखको अवशेष १२ फिट लामो र ८ फिट चौडा छ । आजको अन्नपूर्ण पोष्टमा खबर…

Read More

काठमाडौँ, ३ जेठ । सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । श्रम मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा तहलाई परिपत्र गर्दै बेरोजगारको सूचीमा दर्ता भएका बेरोजगारलाई न्यूनतम ३० दिनको रोजगारी दिन पत्राचार गरेको र त्यसका लागि आवश्यक रकम स्थानीय तहमा पठाइएको छ । सरकारले चालू वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाँच लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था…

Read More