
दुबईको अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटना भएको विमान युकेमा दर्ता भइ फ्लाइट क्यालिब्रेशन सर्भिसेस कम्पनीको स्वामित्वमा रहेको बताईएको छ ।
डीए–४२ नामक चार सिटे उक्त विमानमा सवार सबैको मृत्यु भएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् ।स्थानीय सञ्चारमाध्यमका अनुसार सो विमान बिहीवार साँझ ७ बजेर ३० मिनेटमा दुर्घटना भएको थियो।
दुर्घटनामा मृत्यु हुनेहरुमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएको यूएईका अधिकारीहरूले जनाएका छन्। दुर्घटनापछि यात्रुहरुको निकै चहलपहल हुने विश्वमै सर्वाधिक व्यस्त मानिएको उक्त विमानस्थल झण्डै ४५ मिनेट बन्द भएको थियो।
विमान दुर्घटनापछि अवतरण गर्ने तयारीमा रहेका विमान अन्तै मोडिएको थियो भने उडान भर्न लागेका विमान रोकिएका थिए । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

