
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, ११ वैशाख । अख्तियारी दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले इलामबाट घुस रकमसहित २ जना कर्मचारीलाई पक्राउ गरेको छ। एक व्यक्तिको राहदानीको प्रतिलिपि निकाल्ने क्रममा ६ हजार रुपैयाँ घुससहित जिल्ला प्रशासन कार्यालय इलामका नायव सुब्बा बिनोद बिसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई उक्त टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेको दुवैजनालाई इटहरी पुर्याई अनुसन्धानको काम अगाडी बढाइएको स्रोतले जानकारी दिएको छ ।
काठमाडौ, ११ वैशाख । धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो पराकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा पराकम्प गएका थिए । परकम्पको धक्का धादिङसहित उपत्यकामा पनि महसुस गरिएको थियो । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर भूकम्प गएको ४ वर्ष पूरा हुन लाग्दा ठूलो पराकम्प गएको हो । ठूलो भूकम्पपछि…
काठमाडौं, ११ वैशाख । नेपाल थाइल्याण्डमा जारी १६ वर्ष मुनिको एसिसी पूर्व क्षेत्रीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको खेलमा साबिक विजेता नेपालले मलेसियालाई ३९ रनले पराजित गरेको हो। नेपालले दिएको १ सय ४२ रनको लक्ष्य पछ्याएको मलेसिया ३३ दशमलब २ ओभरमा १ सय २ रनमा समेटियो। उसका लागि सर्भिन सुरेन्द्रनले नटआउट ४६ रनको योगदान गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अहमद अस्यारफले १७ र किसनकुमारले ११ रन बनाउनुबाहेक उसका कुनै पनि खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका प्रशान्त महत, रमेश कुर्मी र तिलकराज भण्डारीले समान २र२ विकेट लिए भने प्रशान्त सिंह र निखिल कुमार सिंहले एक एक…
काठमाडौं, ११ वैशाख । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो। विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुनः माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ। सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन गरेको थियो ।
ज्याक खड्का टोकियो, ११ वैशाख । जापानको सार्वजनिक पार्कमा एक नेपाली युवाले झुन्डिएर आत्महत्या गरेका छन् । जापानको राजधानी टोकियोमा परिवारका साथमा बस्दै आएका २४ वर्षीय युवा विनय खड्काले आत्महत्या गरेका हुन् । यहाँको प्रहरीले खड्काले राजधानी टोकियोको निशिगाहारा रेल स्टेसन नजिकै रहेको पार्कमा मङ्गलबार बिहान आफैंले लगाएको कपडाले पासो लगाएर आत्महत्या गरेको पुष्टि गरेको छ । पार्कमा रहेको सिसिटिभी क्यामेरामा कैद भएको भिडियो हेर्दा खड्काले आफैँले लगाएको कपडा फुकालेर पार्कमा रहेको रुखमा झुन्डिएर आत्महत्या गरेको पाइएको प्रहरीले जानकारी दिएको दिनेश गुरुङले जानकारी दिए। मृतक बिनय खड्काका पिता महेन्द्र खड्काका साथी गुरुगंले दिएको जानकारी अनुसार आत्महत्याको बास्तविक कारण खुल्न सकेको…
साउदी अरबले आतंकवादमा संलग्न भएको आरोपमा आफ्ना ३७ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको छ । साउदी अरबको सरकारी सामाचार संस्थाका अनुसार, उनीहरुलाई रियाद, मक्का–मदीना, मध्य कासिम प्रान्त र शिया अल्पसंख्यकहरुको गढ इस्टर्न प्रान्तमा मृत्युदण्ड दिइने छ । साउदी प्रेस एजेन्सीले भनेको छ, ‘आतंकवादी र चरमपन्थी विचारधारा अपनाएको र देशको सुरक्षा अस्थिर बनाउनका लागि आतंकवादी गतिविधिमा संलग्न रहेको अरोपमा उनीहरुलाई मृत्युदण्डको सजाय दिइएको हो ।’ एसपीएले जारी गरेको आँकडा अनुसार, साउदी अरबमा यो वर्षको सुरुवातदेखि अहिलेसम्म कम्तीमा सय जनालाई मृत्युदण्डको सजाय दिइसकिएको छ । सन् २०१६ पछि यो नै यति ठूलो संख्यामा सामूहिक मृत्युदण्डको सजाय दिइएको हो । यसअघि पनि ४७ जनालाई…
काठमाडौं, ११ वैशाख । आजबाट शुरु गर्ने भनिएको नेपाली कांग्रेससको हिमाल, पहाड, तराई–मधेश अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ । पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले आजदेखि शुरु गर्ने भनिएको अभियान वैशाख २५ गतेदेखि शुरु लागिएको कांग्रेसले जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले काङ्ग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार आकस्मिक बैठकले पहिलो चरणमा हुन लागेको जागरण अभियान पार्टीका नेताको निधनका कारण वैशाख २५ गतेदेखि गर्ने निर्णय गरेको जानकारी दिए । अब काङ्ग्रेसको जागरण अभियान वैशाख २५ देखि जेठ २५ गतेसम्म हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
काठमाडौं, ११ बैशाख । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्ट्रिय खेलकुद भने प्रदेश नम्बर पाँचमा आज समापन हुँदैछ । सोही समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई सुम्पिने तय भएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको छ । राखेपका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेपछि गण्डकी प्रदेशलाई दिने तय भएको हो । राष्ट्रिय खेलकुद हरेक २ वर्षमा हुने गरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले आठौंको समापन गरेसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठलाई हस्तान्तरण गरिनेछ ।
पथरी, ११ वैशाख । मोरङको पथरीमा भएको रिना बस्नेतको हत्याको बारेमा ३ दिनभित्र सत्यतथ्य पत्ता लगाउने शर्तमा तत्कालका लागी आन्दोलन स्थगित भएको छ। मंगलबार बेलुका प्रशासन र संघर्ष समितिका बिचमा भएको छलफलमा सो सहमति भएपछि तत्कालका लागी आन्दोलन फिर्ता लिएको र सडकको अबरोध हटेको हो। घटनामा संलग्न भएको आरोपमा रिनाका प्रेमी भनिएका कमल नेपाल सोमबार साँझ नै पक्राउ गरिसकेको छ। प्रहरी र स्थानीय बासिन्दाबीच मंगलबार दिउँसो भएको झडपमा ५ जना स्थानीय घाईते भएका छन । सोही घटनामा टाउकोमा चोट लागी गम्भिर घाईते भएका स्थानीय गोपाल विक र सुदीप राई लाई विराटनगर लगिएको छ भने मन्जु पौडेल,जीतबहादुर लावती र ज्ञानेन्द्र विष्टको…
दमौली, १० वैशाख । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ बर्षिय सन्दीप कुँवरको निधन भएको हो । दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार आए अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।