झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

सुनसरी, १४ बैशाख। सुनसरीको ईनरुवा नगरपालिका–२ महेन्द्र चौक नजिकै बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । आज बिहान ३ बजेको समयमा पूर्व–पश्चिम राजमार्गमा काठमान्डौ बाट काकडभिट्टा तर्फ आईरहेको ना ७ ख ७४४३ नम्बरको यात्रुबाहक बस लाई सोहि दिशा बाट आईरहेको (नारायणघाट–काकडभिट्टा) ना ८ ख २५४० नम्बरको यात्रुबाहक बसले पछाडी बाट कुदिरहेकै अबस्थामा ठक्कर दिएको थियो । ठक्कर दिने बसमा सवार सखुवासभाको चैनपुर घर भएका २६ बर्षिय रमला बराईली, नवलपरासी देउराली नगरपालिका–१६ बस्ने ४० बर्षिय केशब सिक्देल, पाँचथर थालुङगा गाउँपालिका–२ बस्ने ३० बर्षिय स्नीहा लिम्बु, मकवानपुर नारी गाउँपालिका–९ बस्ने ५० बर्षिय दिपक अधिकारी, निजगड नगरपालिका(५ बस्ने २५ बर्षिय रबि…

Read More

द्रोण अधिकारी भद्रपुर, १४ बैशाख । पैसाको बलमा भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापामा सकृय रहेको सार्वजनिक भएको छ । गृह मन्त्रालयले जन्मसिद्धका छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैर नेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई रकम खर्चेर किनेपछि कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको हो । पछिल्लो पटक कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ र उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भुपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रकृया पुर्याएर जिल्ला प्रशासन ल्याए पनि स्थानीय व्यक्तिले प्रहरीमा गोप्य उजुरी दिएपछि आर्थिक चलखेल हुने गरेको रहस्य छताछुल्ल भएको छ ।…

Read More

सामाजिक सञ्जालमा फुटबल रेफ्री र अफिसियलको बेइज्जत गरेपछि पेरिस सेन्ट जर्मेनका स्टार स्ट्राइकर नेयमारलाई च्याम्पियन्स लिगमा तीन खेलको प्रतिबन्ध लगाइएको छ । च्याम्पियन्स लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको अन्तिम १६ को खेलमा ब्राजिलियन रेफ्री दामीर स्कोमिनाले भिडियो एसिस्टेन्ट रेफ्रीको सहायताले दिएको अन्तिम समयको पेनाल्टीमा नेयमारले इन्स्टाग्राममा भद्दा कमेन्ट गरेपछि यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको हो । त्बेयसला उनी पैतालाको शल्यक्रियाबाट निको हुँदै थिए र मैदानबाहिर बसेर खेल हेरिरहेका थिए । जुन खेलमा युनाइटेडले दुई(शून्यले पछि परेको अवस्थामा ऐतिहासिक कमब्याक गरेको थियो । उनले अब अर्को सिजनको समूह चरणका सुरुवाति तीन खेल गुमाउने भएका छन । उनले सामाजिक सञ्जालमा मार्कुस रासफोर्डले पेनाल्टीबाट…

Read More

काठमाडौं, १४ वैशाख । सर्वोच्चले अदालतले यसअघि नै खारेजीमा परेका ३४ हजार ९० नागकिरता लिएका सन्तानहरुलाई जन्मसिद्ध अधिकारका आधारमा वंशजको नागरिकता नदिन अन्तरिम आदेश जारी गरेको छ । २०५४ सालमा जितेन्द्र नारायण देवको समितिले ३४ हजार ९० व्यक्तिलाई जन्मका आधारमा नगारिकता दिएको थियो। ती नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन लागिएको भन्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको हो। प्रधानन्यायाधीश चोलेन्द्र राणा र न्यायाधीश पुरूषोत्वम भण्डारीको इजलासले शुक्रबार जितेन्द्र देव समितिले वितरण गरेका नागरिकता सर्वोच्च अदालतले नै अमान्य गरेकाले उनीहरूका सन्तानलाई नागरिकता नदिन भनेको हो। यो आदेशले जन्मका आधारमा नगरिकता पाएकाका सन्तानलाई नागरिकता दिने गरि चैतमा गृहमन्त्रालयले गरेको परिपत्र…

Read More

दाङ, १४ वैशाख । क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले उनीहरुको साथबाट एक कार्टुन बाइबलल पैसा राखिएको खाम, दमका उपचार सामग्री, ल्यापटप पेनड्राइभलगायत सामग्री बरामद ग¥यो । बिनाअनुमति नेपालमा आएर धर्मको प्रचारमा खटिएकी सिनक्वान्टालाई प्रहरीले आफ्नै रोहवरमा काठमाडौं अध्यागमन कार्यालय पठायो ।आजको नागरिकमा खबर छ।

Read More

काठमाडौं, १४ वैशाख । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड ९पीआर० भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने र थाई श्रीमतीका खातामा राख्ने । आठ वर्षयता बैंककमा बसेर मानव तस्करीको जालो थाप्दै सयौंसँग करोडौं रुपैयाँ ठगी गर्ने पर्शुराम गुरुङ अन्ततः थाई प्रहरीको फन्दामा परेका छन् । गुरुङविरुद्ध नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा मात्रै ३४ पीडितले निवेदन दर्ता गराएका छन्…

Read More

जनकपुरधाम, १४ वैशाख । सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ लाखभन्दा बढीको सामान बरामद ग(यो । स्थानीय नवलकिशोर रायको घरमा तस्करी गरी भन्सार छली ल्याइएको कपडा, भाँडावर्तन, खाद्यसामग्रीसहितका ३२ वटा पोका बरामद भएको थियो । नजिकैको सशस्त्र प्रहरी पोस्ट अनभिज्ञ भयो । गत चैत १५ गते भन्सारका केही कर्मचारी हंसपुर नगरपालिका—८ मा…

Read More

म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै छ हजार कैदीलाई आम माफी दिने भएको छ । तेस्रो चरण अन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ बर्षको अवसरमा आम माफी दिन लागिएको राष्ट्रपति कार्यालयका प्रवक्ता उ जाव ह्तायले शुक्रबार जानकारी दिए । तेस्रो चरण अन्तर्गत आम माफी पाउने कैदीमा लागुऔषध दुव्र्यसनी, जातीय द्वन्द्व बढाउनेहरू र केही अन्य राजनीतिक बन्दी पनि रहेका छन् ।राष्ट्रपतिको आदेश अनुसार यसअघि पहिलो र दोस्रो चरणमा नौ हजार ५५१ जनालाई विना शर्त आम माफी दिइएको छ । त्यतिबेला आम माफी पाएका मध्ये १६ जना विदेशी रहेका छन् । त्यसैगरी अहिले तेस्रो चरणमा छ हजार ६४८ जनाले आम माफी पाएको अधिकारीहरुले…

Read More

काठमाडौं, १३ वैशाख । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको पहिलो महाधिवेशन कात्तिक २८, २९ र ३० गते हुने भएको छ । पार्टी संयोजक शरतसिंह भण्डारीको अध्क्षतामा बसेको अध्यक्ष मण्डलको बैठकले महाधिवेशन मिति तोकेको हो । यद्यपी महाधिवेशन स्थल भने तोकिएको छैन । पार्टी अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरको संयोजकतामा महाधिवेशन तयारी समितिसमेत गठन गरिएको छ । महाधिवेशन सम्बन्धि सम्पूर्ण निर्णय गर्ने अधिकारी ठाकुरलाई दिइएको राजपाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ठाकुरकै अध्यक्षतामा महाधिवेशन आयोजक मुल समिति पनि गठन गरिएको छ । यस्तै लक्ष्मणलाल कर्णको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ । समितिमा सर्वेन्द्रनाथ शुक्ल, मानधोज ब्लग तामाङ, मालामती…

Read More

मोरङ, १३ बैशाख । बोक्सीको आरोप लगाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले ४ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचा नगारपालिका–११ की ३२ बर्षीया शशीकला खवास, ६३ बर्षीया टुन्का खवास, ३५ बर्षीय श्यामलाल खवास र ३१ वर्षका राम कुमार खवास रहेका छन् । उनीहरु ४ जनाले नै स्थानीय २ जनालाई बोक्सीको आरोप लगाई कुटपीट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका ४ जनालाई नै बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम सम्मानित जिल्ला अदालत मोरङवाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Read More