
म्यानमार सरकारले नयाँ बर्षको अवसरमा झण्डै छ हजार कैदीलाई आम माफी दिने भएको छ ।
तेस्रो चरण अन्तर्गत उनीहरूलाई देशको परम्परागत नयाँ बर्षको अवसरमा आम माफी दिन लागिएको राष्ट्रपति कार्यालयका प्रवक्ता उ जाव ह्तायले शुक्रबार जानकारी दिए ।
तेस्रो चरण अन्तर्गत आम माफी पाउने कैदीमा लागुऔषध दुव्र्यसनी, जातीय द्वन्द्व बढाउनेहरू र केही अन्य राजनीतिक बन्दी पनि रहेका छन् ।राष्ट्रपतिको आदेश अनुसार यसअघि पहिलो र दोस्रो चरणमा नौ हजार ५५१ जनालाई विना शर्त आम माफी दिइएको छ । त्यतिबेला आम माफी पाएका मध्ये १६ जना विदेशी रहेका छन् ।
त्यसैगरी अहिले तेस्रो चरणमा छ हजार ६४८ जनाले आम माफी पाएको अधिकारीहरुले जनाएका छन् । सवै गरेर अहिले सम्म आम माफी पाउनेको संख्या १६ हजार ४९९ पुगेको समाचारमा जनाइएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

