झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, १० वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले २२ बुँदे माग राख्दै आन्दोलन गरिरहेकामा सरकारले उक्त पार्टीलाई यही वैशाख १० गते वार्तामा बोलाएकामा पार्टीले त्यसको स्वागत गरेको छ। कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारकोतर्फबाट आइतबार पत्र पठाएका थिए। सरकारको पहलकदमीलाई पार्टीले सकारात्मकरुपमा लिएको जनाएको छ। गत फागुन ७ गते सरकारसमक्ष पेश गरेको हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्रका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे जनमतसङ्ग्रहलगायत मागका विषयमा छलफल गर्न यही वैशाख १० गतेका लागि वार्तामा आमन्त्रण गरिएको छ। सरकारसँग वार्ता गर्न पार्टीले नेता दीपक बोहराको संयोजकत्वमा महामन्त्री राजेन्द्र लिङ्देन र नेता नीरञ्जन थापासहित तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।

Read More

काठमाडौं, १० वैशाख । विभिन्न जिल्लाबाट मागअनुसार प्रहरी कार्यालय स्थापनाका लागि नेपाल प्रहरीले २२ हजारभन्दा धेरै दरबन्दी माग गरेको छ । सात सय ५० नयाँ कार्यालय स्थापना र चार सय ४२ कार्यालय स्तरोन्नतिका लाथि थप जनशक्ति आवश्यक भएको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार तत्कालका लागि २२ हजार ४ सय १८ दरबन्दी आवश्यक छ । ‘यसमध्ये केही दरबन्दी थप हुने क्रममा छ,’ सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने । नयाँ दरबन्दीसँगै त्यसका लागि आवश्यक ब्यारेक, सञ्चार सेट तथा सवारीसाधनसमेत आवश्यकता रहेको उनको भनाइ छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Read More

काठमाडौँ, १० वैशाख । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) सञ्चालनको तयारी पनि गरेको छ । विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर (युद्धकला), मुस्ताङमा माउण्टेन वारफेयर, काठमाडौँको शिवपुरीमा कमाण्ड तथा स्टाफ कलेज र भक्तपुरको खरिपाटीमा अधिकृत क्याडेट तालिम सञ्चालन गर्दै आएको छ । तीमध्ये प्यारा जम्प, रेञ्जर (कमाण्डो), विपद् व्यवस्थापन तथा प्रतिआतङ्कवादसँग सम्बन्धित् सैनिक अभ्यसमा चीन, भारत र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डसँग संयुक्त…

Read More

ललितपुर, १० वैशाख । कार्यलय समय बिहान १० देखि अपराह्न पाँच बजेसम्म हो । सेवाग्राहीको भीडभाड हुने कतिपय कार्यालयमा समय थपेर पनि काम हुन्छ । तर तपाई ललितपुर एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुग्नु भयो भने अवस्था फरक पाउनुहुन्छ । त्यहाँ तीन नबज्दै कर्मचारी हिँडिसक्छन् । सेवाग्राहीको बढी भीड हुने ठाउँ हो यातायात कार्यालय । चालक अनुमतिपत्र लिनेदेखि नवीकरण गर्ने र सवारी जाँचपास गर्ने ठाउँ यही छ । दुई बजेसम्म राजस्व बुझाउने समय तोकिएको छ । मेडिकल लागि दस्तुर बुझाउने ठाउँ पनि दुई बजे बन्द हुन्छ । कर्मचारी बाहिरिने क्रम सुरु हुन्छ । आजको अन्नपूर्णमा खबर छ ।

Read More

ताप्लेजुङ, ९ बैशाख । जिल्ला समन्वय समिति ताप्लेजुङले तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सरकारको ध्यानाकर्षण गर्ने पनि बैठकले निर्णय गरेको छ । प्रदेश १ का १४ मध्ये ११ जिल्लाका समन्वय समिति प्रमुख, उपप्रमुख र प्रदेश कमिटीमा रहेका पदाधिकारीको तथा सदस्यको भेला तीन महत्वपूर्ण निर्णय गर्दै सकिएको जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख घनेन्द्र मादेनले जानकारी दिए । मादेनका अनुसार बैठकले पाथीभरा मार्गको सुकेटारदेखि काफ्ले पाटीसम्मको कच्ची सडक कालोपत्रे तथा काफ्ले पाटीदेखि पाथीभरा मन्दिर सम्मको पदमार्ग स्तरोन्नति गर्न सङ्घीय तथा प्रदेश सरकारलाई बिशेष अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले पाथीभरामा बन्ने योजनामा…

Read More

काठमाडौं, ९ वैशाख । देशका बिभिन्न भागमा बुधबारसम्म चट्याङ्ग र हुरीबताससहित सामान्य वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । देशका पहाडी भू९भागमा दिउँसो र रातिको समयमा मेघ गर्जनका साथै केही स्थानमा चट्याङ र हुरीबताससहित हल्का वर्षा हुने अनुमान मौसम विद्हरुको छ ।सोमबार, मंगलबार र बुधबार तीनै दिन मौसमको अवस्था उस्तै रहेने अनुमान गरिएको छ । सोमबार देशको पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानीसमेत पर्ने अनुमान गरिएको छ भने मंगलबार पूर्वी तथा मध्य क्षेत्रलगायत पश्चिमी पहाडी भू९भागका केही स्थानमा पानी पर्ने मौसमविद्को अनुमान छ । बुधबार पनि पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली हुने, केही स्थानमा मेघ…

Read More

युक्रेनमा हास्यकलाकार भोलोडिमर जेलेन्स्की भारी बहुमतले राष्ट्रपतीय चुनावमा विजयी भएका छन् । एक्जिट पोलको रिपोर्ट अनुसार, दोस्रो चरणमा भएको निर्वाचनमा हास्यकलाकार जेलेन्स्कीले ७३ः१७ प्रतिशत मत प्राप्त गर्दा उनका विपक्षी प्रतिद्वन्द्वी तथा बहालवाला राष्ट्रपति पेट्रो पारोशोन्कोले २४।४९ मत प्राप्त गरे । ‘म तपाईँहरुलाई कहिले पनि निराश पार्ने छैन’, जितपछि जेलेन्स्कीले भने । पहिलो एक्जिट पोलको रिपोर्ट प्रकाशित भएपछि पारोशोन्कोले हार स्वीकार गरे पनि राजनीति नछोड्ने बताएका छन् । राजनीतिमा नव आगन्तुक ४१ वर्षीय जेलेन्स्की एक व्यङ्ग्यात्मक टेलिभिजन श्रृङ्खला ‘सर्भेन्ट अफ द पिपल’ मा गर्ने अभिनयलाई लिएर चिनिन्थे, जसमा उनको चरित्र गल्तीवश युक्रेनको राष्ट्रपति बन्छन् । ‘कुनै पनि विषयमा हामी शान्ति वार्ताको…

Read More

काठमाडौं, ९ वैशाख । पार्टी एकीकरणको एक वर्षपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले ७७ वटै जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको छ। आइतबार साँझ बसेको सचिवालय बैठकले नाम टुंगो लगाएको हो। एक वर्षअघि एमाले र माओवादीबीच पार्टी एकीकरण घोषणा भएको थियो। नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालीन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ। तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ। ७७ जिल्ला मध्ये तत्कालीन एमालेतर्फबाट ४४ र तत्कालीन माओवादी केन्द्रतर्फबाट ३३ जिल्लामा मुख्य नेतृत्व हुने गरी तय गरिएको छ।

Read More

विराटनगर, ९ बैशाख । नेपाल सरकारको २०७५ साल चैत्र १ गतेको निर्णय अनुसार १ नम्बर प्रदेशका बिभिन्न जिल्लाहरुबाट २०५ नाल हतियार संकलन गरिएको छ । नेपाल प्रहरीले संकलन गरेका हातहतियार मध्ये १३० नाल सर्वसाधारणहरुले प्रहरीलाई बुझाएका हुन् भने ७५ नाल बिभिन्न स्थानहरुबाट बरामद गरिएको हो । नेपाल सरकारको मन्त्री परिषदको चैत्र १ गतेको निर्णयले ३५ दिन भित्र आफुसंग भएका सबै प्रकारका हातहतियार नजिकको सुरक्षा निकायमा बुझाउन आव्हान गरिएको थियो । सर्वसाधारणहरुले बुझाएका हातहतियार मध्ये अधिकांश भरुवा बन्दुक रहेका छन् । बुझाएका हातहतियार मध्ये ९५ नाल बैध हतियार रहेका छन् भने बाकी ३५ नाल नविकरण तथा दर्ता नगरेका अबैध हतियार रहेका…

Read More

द्रोण अधिकारी भद्रपुर, ९ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसलाई भोट नहाल्नेहरूले कमजोर प्रतिपक्ष भनेर हल्ला फैलाएको आरोप लगाएका छन् । झापाको दमकमा क्षेत्र नम्बर ५ को कार्यालय भवन उद्घाटन गर्ने क्रममा चन्द्रगढी विमानस्थलमा आइपुगेका देउवाले नेपाल प्रेस युनियन झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरूसित संक्षिप्त कुराकानी गर्दै भोट कम्युनिष्टलाई हाल्ने अनि काँग्रेस कमजोर भयो भनेर हल्ला गर्ने भन्दै आक्रोस पोखेका हुन् । सभापति देउवाले भोट दिने बेला काँग्रेस नचाहने अनि संसदमा प्रतिपक्षले बलियो उपस्थिति नदेखाएको भन्दै कांग्रेसको बदनाम मात्र गर्न खोजेको आरोप लगाए । उनले कांग्रेसको प्रतिपक्षीय भूमिका कमजोर नभएको दाबी समेत गरे । सभापति देउवाले कांग्रेसलाई…

Read More